Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप-३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आन्ताल्यामा

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप-३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आन्ताल्यामा
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तुर्कीएको आन्ताल्यामा पुगेका छन् । नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने उक्त सम्मेलनको उद्घाटन सत्रलाई परराष्ट्रमन्त्री खनालले नोभेम्बर ९ मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी, उनले नोभेम्बर ११ र १२ मा आयोजना हुने नेताहरूको शिखर सम्मेलनमा समेत सहभागिता जनाउनेछन् । सम्मेलनका क्रममा परराष्ट्रमन्त्री खनालले नेपाल, ताजिकिस्तान, किर्गिजस्तान, भुटान र पाकिस्तानको संयुक्त आयोजनामा हुने ‘एड्भान्सिङ द माउन्टेन एजेन्डाः ग्लेसियर, क्रायोस्फियर एन्ड रिसिलियन्स अन्डर ओभरसुट, सियर्ड रेस्पोन्सिबिलिटी एन्ड सस्टेनेबल फाइनान्सिङ’ विषयक उच्चस्तरीय कार्यक्रममा पनि सहभागिता जनाउनेछन् । यसका अतिरिक्त परराष्ट्रमन्त्री खनालले सम्मेलनका विभिन्न उच्चस्तरीय तथा साइड इभेन्टहरूमा सहभागी हुनुका साथै समकक्षी मन्त्रीहरू र अन्य विशिष्ट व्यक्तित्वहरूसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्रमन्त्री खनाल आगामी नोभेम्बर १४ मा स्वदेश फर्कने कार्यक्रम रहेको छ। The post नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप-३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आन्ताल्यामा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मादलको व्यापार सङ्कटमा
Latest NewsJust now

मादलको व्यापार सङ्कटमा

नवीन गुरुङ सङ्खुवासभा, कात्तिक २२ गते । पूर्वी पहाडी जिल्ला सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा लाग्ने बुधबारे र शनिबारे साप्ताहिक हाटबजारमा मादलको आवाज निकै बाक्लो सुनिन थालेको छ । त... ...

गोरखापत्र
सहारा मरुभूमिमा भेटिएको उल्कापिण्डले ४ अर्ब १० करोड वर्षअघिको मंगल ग्रहको अवस्था उजागर गर्‍यो
Latest NewsJust now

सहारा मरुभूमिमा भेटिएको उल्कापिण्डले ४ अर्ब १० करोड वर्षअघिको मंगल ग्रहको अवस्था उजागर गर्‍यो

पृथ्वीमा अहिलेसम्म फेला परेका सबैभन्दा पुराना मंगलग्रहका चट्टानमध्ये एकको पहिचान गरिएको छ । अफ्रिकाको सहारा मरुभूमिमा भेटिएको उक्त उल्कापिण्डले रातो ग्रह मंगलको प्रारम्भिक इतिहासबारे नयाँ तथ्य उजागर गरेको वैज्ञानिक निष्कर्ष... ...

रातोपाटी
हङकङ र दुबईमा सयपत्री फूल निर्यात
Latest NewsJust now

हङकङ र दुबईमा सयपत्री फूल निर्यात

शालिग्राम नेपाल चितवन, कात्तिक २२ गते । पूर्वी चितवनको पदमपुरका गोविन्द बाँस्तोलाको परिवारले व्यावसायिक रूपमा सयपत्री फूल खेती गर्न थालेको सात वर्ष भयो । कोरोना महामारीका कारण रोजग... ...

गोरखापत्र
पोल्यान्डको व्यस्त बजारमा अन्धाधुन्ध गोली प्रहार, ६ जनाको मृत्यु, १६ घाइते
Latest NewsJust now

पोल्यान्डको व्यस्त बजारमा अन्धाधुन्ध गोली प्रहार, ६ जनाको मृत्यु, १६ घाइते

काठमाडौं । पोल्यान्डको दोस्रो ठूलो सहर क्राकोमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा बेलायती नागरिकसहित कम्तीमा ६ जनाको मृत्यु भएको छ । घटनामा १६ जना घाइते भएका छन् । आक्रमणकारीको सम्बन्ध दक्षिणपन्थी अतिवादी समूहसँग रहेको आशंका गरिएको छ । प्रहरीका अनुसार २५ वर्षीय पोलिस नागरिकले क्राकोको व्यस्त पर्यटकीय क्षेत्र मेन मार्केट स्क्वायरमा कारबाटै गोली चलाएका थिए । घटनामा चार महिला र दुई ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play