Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

पोल्यान्डको व्यस्त बजारमा अन्धाधुन्ध गोली प्रहार, ६ जनाको मृत्यु, १६ घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
पोल्यान्डको व्यस्त बजारमा अन्धाधुन्ध गोली प्रहार, ६ जनाको मृत्यु, १६ घाइते
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । पोल्यान्डको दोस्रो ठूलो सहर क्राकोमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा बेलायती नागरिकसहित कम्तीमा ६ जनाको मृत्यु भएको छ । घटनामा १६ जना घाइते भएका छन् । आक्रमणकारीको सम्बन्ध दक्षिणपन्थी अतिवादी समूहसँग रहेको आशंका गरिएको छ । प्रहरीका अनुसार २५ वर्षीय पोलिस नागरिकले क्राकोको व्यस्त पर्यटकीय क्षेत्र मेन मार्केट स्क्वायरमा कारबाटै गोली चलाएका थिए । घटनामा चार महिला र दुई पुरुष गरी ६ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । युरोपकै ठूलो मध्ययुगीन खुला बजार क्षेत्रमध्ये एक मानिने क्राको पर्यटकहरूको प्रमुख आकर्षण मानिन्छ । स्थानीय समयअनुसार दिउँसो करिब ३ बजेतिर आक्रमण सुरु हुँदा उक्त क्षेत्रमा ठूलो संख्यामा मानिसहरूको आवतजावत थियो । प्रत्यक्षदर्शीका अनुसार गोली चलेपछि मानिसहरू ज्यान जोगाउन भागाभाग गरेका थिए । सूचना पाएलगत्तै सशस्त्र प्रहरी घटनास्थल पुगेको थियो । प्रहरी र आक्रमणकारीबीच पनि गोली हानाहान भएको थियो । आक्रमण सुरु भएको तीन मिनेटभित्रै प्रहरीले उनलाई गोली हानेर नियन्त्रणमा लिएको अधिकारीहरूले बताएका छन् । घटनामा संलग्न ती युवकलाई गोली लागेकाले उपचारका लागि अस्पताल भर्ना गरिएको छ । घटनास्थलको एक भिडियोमा प्रहरी–ती युवकबीच पटकपटक गोली हानाहान भएको देखिन्छ । त्यसपछि एक प्रहरी पनि घाइते भएर भुइँमा ढलेको पनि देखिन्छ ।आक्रमणका क्रममा एउटा सार्वजनिक गाडीमा समेत गोली लागेको थियो । गोली लागेर सो गाडीका सिसा फुटे पनि त्यसमा सवार यात्रुहरूलाई भने केही नभएको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार आक्रमणकारीलाई पक्राउ गर्ने क्रममा एक प्रहरी अधिकारीलाई तीनवटा गोली लागेको छ । उनको अवस्था अत्यन्तै गम्भीर रहेको छ ।गोली प्रहारबाट आसपासका पसलका सिसा फुटेका छन् भने सडकमा सिसाका टुक्रा छरिएका छन् । घटनापछि नगर प्रशासनले स्थानीय बासिन्दा र पर्यटकलाई उक्त क्षेत्रमा नजान आग्रह गरेको छ । बेलायती नागरिकसहित ६ जनाको मृत्यु पोल्यान्डका अधिकारीका अनुसार घटनामा चार महिला र दुई पुरुष गरी ६ जनाको मृत्यु भएको छ । मृतकमध्ये एक जना बेलायती नागरिक हुन् भने तीन जना पोल्यान्डका नागरिक रहेको पुष्टि भए पनि अन्य दुई जनाको पहिचान खुलाइएको छैन । घटनामा घाइते भएका १६ जनालाई अस्पताल लगिएको छ । घाइतेमध्ये पाँच जना विदेशी नागरिक, दुई जना प्रहरी अधिकारी र आक्रमणकारीसमेत रहेका छन् । घाइतेहरू अस्ट्रिया, बेलायत, जर्मनी, पोर्चुगल र रुसका नागरिक रहेको पोल्यान्डको गृह मन्त्रालयले जनाएको छ । बीबीसीका अनुसार आक्रमणकारीलाई पक्राउ गर्ने क्रममा एक प्रहरी अधिकारीलाई तीनवटा गोली लागेको छ । उनको अवस्था अत्यन्तै गम्भीर रहेको छ । आक्रमणकारीको घर खानतलासी गर्दा भेटिए तीन शव यसैबीच, घटनास्थलबाट करिब दुई सय किलोमिटर टाढा रहेको ती युवकको घरमा खानतलासी गर्दा थप तीन जनाको शव फेला पारेको प्रधानमन्त्री डोनाल्ड टस्कले बताएका छन् । ती शव दुई महिला र एक पुरुषका हुन् । उनीहरूको मृत्युको घटनासँगको सम्बन्धबारे थप विवरण सार्वजनिक भएको छैन । प्रहरीले आक्रमणकारी २५ वर्षीय पोलिस नागरिक रहेको पुष्टि गरे पनि उनको नाम सार्वजनिक गरेको छैन । प्रहरीका एक प्रवक्ताका अनुसार आक्रमणका बेला उनी सैनिक शैलीको पोसाकमा थिए र सैन्यस्तरको हतियार बोकेका थिए । तर उनी सैनिक नभएको प्रहरीले स्पष्ट पारेको छ । उनले प्रयोग गरेको गाडीबाट ठूलो संख्यामा हतियार र गोलीगट्ठा बरामद भएको प्रहरीको भनाइ छ । पोल्याण्डका सञ्चारमाध्यमहरूले भने उनीसँग बन्दुक राख्ने अनुमति रहेको र परिवारको घरबाट हतियार प्राप्त गरेको हुन सक्ने समाचार प्रकाशित गरेका छन् । प्रारम्भिक अनुसन्धानले आक्रमणकारी दक्षिणपन्थी अतिवादी विचारधाराबाट प्रभावित भएको देखाएको एक मन्त्रीले बताएका छन् । ती मन्त्रीले उनलाई ‘उग्र राष्ट्रवादी’समेत भनेका छन् । यद्यपि उनको आक्रमणको वास्तविक उद्देश्यबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सार्वजनिक खरिदमा आबद्ध श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध गर्नुपर्ने
Latest NewsJust now

सार्वजनिक खरिदमा आबद्ध श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध गर्नुपर्ने

सरकारले व्यहोर्ने १० र रोजगारदाताले १० प्रतिशत योगदान, श्रमिकको ज्याला बैंक खातामा अनिवार्य जम्मा गर्नुपर्ने ...

कान्तिपुर
अपाङ्गताबारे बोल्दा कतै सुनुवाइ हुँदैन : गंगा छन्त्याल
Latest NewsJust now

अपाङ्गताबारे बोल्दा कतै सुनुवाइ हुँदैन : गंगा छन्त्याल

गंगा छन्त्याल अपाङ्गताका विषयवस्तुमा संसदमा आवाज उठाउने सांसद हुन् । महिला आदिवासी जनजाति समूहबाट बागलुङ जिल्लाबाट समानुपातिकतर्फ छनौटमा परेकी उनी आफै पनि अपाङ्गता भएकी महिला हुन् । १० वर्षदेखि महिला आदिवासी,... ...

रातोपाटी
दैलेखको ठाटीकाँधमा हँसिया प्रहारबाट एक जनाको मृत्यु, चार जना गम्भीर घाइते
Latest NewsJust now

दैलेखको ठाटीकाँधमा हँसिया प्रहारबाट एक जनाको मृत्यु, चार जना गम्भीर घाइते

सुर्खेत । दैलेखको ठाटीकाँध गाउँपालिका–३ धनकोटमा हँसिया प्रहारबाट एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। ठाटीकाँध गाउँपालिका–४ का ४० वर्षीय बमबहादुर रावलले हँसिया प्रहार गर्दा स्थानीय चैती पुन मगरको मृत्यु भएको हो। स्थानीयका अनुसार रावलले घरघरमा पुगेर हँसिया प्रहार गरेका थिए। उनी विगत दुई–तीन वर्षदेखि मानसिक सन्तुलन ठीक नभएका व्यक्ति रहेको स्थानीय बसन्त रिजालले बताए। घटनामा घाइते भएका चारै ...

केन्द्रबिन्दु
उत्तरी नाका अवरोध
Latest NewsJust now

उत्तरी नाका अवरोध

नेपाल र चीनबीचको व्यापारिक सम्बन्धको ठूलो हिस्सा उत्तरी नाकामा निर्भर छ। तर, कमजोर पूर्वाधार, प्राकृतिक विपत्ति र सीमापार आवागमनमा चिनियाँ पक्षको कडाइले यो व्यापारिक मार्गलाई निरन्तर अनिश्चित बनाइरहेको छ। रसुवागढी, तातोपानी र कोरला नाकाको सञ्चालनमा देखिने अवरोधले आयात-निर्यातको आपूर्ति शृङ्खला प्रभावित हुनुका साथै ढुवानी लागत, व्यवसायीको लगानी जोखिम र बजारको मूल्य संरचनामा समेत दबाब बढाएको छ। चीनसँग नेपालको बढ्दो व्यापारिक निर्भरताबीच ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play