Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका-१३ गणेश पेट्रोल पम्प नजिक गएराति ट्रकको टक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काका अनुसार कोशी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १-०४ ००१ ख ०००८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२-०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई गए राति पौने १२ बजे ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दुवै जनालाई उद्धार गरी उपचारका लागि कोशी अस्पताल विराटनगर पुर्‍याइएको थियो । तर चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको डीएसपी खड्काले बताए । उनका अनुसार मृतक दुवै जनाको अहिलेसम्म पहिचान खुल्न सकेको छैन । दुर्घटना पश्चात फरार रहेका ट्रक चालकको खोजी भइरहेको उनले बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मादलको व्यापार सङ्कटमा
Latest NewsJust now

मादलको व्यापार सङ्कटमा

नवीन गुरुङ सङ्खुवासभा, कात्तिक २२ गते । पूर्वी पहाडी जिल्ला सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा लाग्ने बुधबारे र शनिबारे साप्ताहिक हाटबजारमा मादलको आवाज निकै बाक्लो सुनिन थालेको छ । त... ...

गोरखापत्र
सहारा मरुभूमिमा भेटिएको उल्कापिण्डले ४ अर्ब १० करोड वर्षअघिको मंगल ग्रहको अवस्था उजागर गर्‍यो
Latest NewsJust now

सहारा मरुभूमिमा भेटिएको उल्कापिण्डले ४ अर्ब १० करोड वर्षअघिको मंगल ग्रहको अवस्था उजागर गर्‍यो

पृथ्वीमा अहिलेसम्म फेला परेका सबैभन्दा पुराना मंगलग्रहका चट्टानमध्ये एकको पहिचान गरिएको छ । अफ्रिकाको सहारा मरुभूमिमा भेटिएको उक्त उल्कापिण्डले रातो ग्रह मंगलको प्रारम्भिक इतिहासबारे नयाँ तथ्य उजागर गरेको वैज्ञानिक निष्कर्ष... ...

रातोपाटी
हङकङ र दुबईमा सयपत्री फूल निर्यात
Latest NewsJust now

हङकङ र दुबईमा सयपत्री फूल निर्यात

शालिग्राम नेपाल चितवन, कात्तिक २२ गते । पूर्वी चितवनको पदमपुरका गोविन्द बाँस्तोलाको परिवारले व्यावसायिक रूपमा सयपत्री फूल खेती गर्न थालेको सात वर्ष भयो । कोरोना महामारीका कारण रोजग... ...

गोरखापत्र
पोल्यान्डको व्यस्त बजारमा अन्धाधुन्ध गोली प्रहार, ६ जनाको मृत्यु, १६ घाइते
Latest NewsJust now

पोल्यान्डको व्यस्त बजारमा अन्धाधुन्ध गोली प्रहार, ६ जनाको मृत्यु, १६ घाइते

काठमाडौं । पोल्यान्डको दोस्रो ठूलो सहर क्राकोमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा बेलायती नागरिकसहित कम्तीमा ६ जनाको मृत्यु भएको छ । घटनामा १६ जना घाइते भएका छन् । आक्रमणकारीको सम्बन्ध दक्षिणपन्थी अतिवादी समूहसँग रहेको आशंका गरिएको छ । प्रहरीका अनुसार २५ वर्षीय पोलिस नागरिकले क्राकोको व्यस्त पर्यटकीय क्षेत्र मेन मार्केट स्क्वायरमा कारबाटै गोली चलाएका थिए । घटनामा चार महिला र दुई ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play