महँगीविरुद्ध फ्रान्समा चर्कियो आन्दोलन, देशभर ७० हजार प्रहरी परिचालन !

काठमाडौँ । फ्रान्समा बढ्दो महँगी, सार्वजनिक सेवामा कटौती र आर्थिक असमानताविरुद्ध आन्दोलन चर्किएको छ । केही समयदेखि चलिरहेको प्रदर्शनले शनिबार झनै उग्र रुप लिएको हो । प्रदर्शन नियन्त्रण गर्न फ्रान्स सरकारले देशभर ७० हजार प्रहरी तथा सुरक्षाकर्मी परिचालन गरेको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार राजधानी पेरिससहित विभिन्न सहरमा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको थियो । केही सहरमा प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंको आर्थिक नीतिको विरोध गर्दै प्रदर्शनकारीले जीवनयापन खर्च नियन्त्रण गर्न र सार्वजनिक सेवामा कटौती रोक्न माग गरेका छन् । सुरक्षाका कारण पेरिसका २० भन्दा बढी मेट्रो स्टेसन तथा प्रमुख सांस्कृतिक स्थल बन्द गरिएका छन् । वामपन्थी नेता जाँ-लुक मेलँसोंले सरकारले जनताको माग सम्बोधन नगरे प्रदर्शन हरेक साता दोहोरिन सक्ने चेतावनी दिएका छन् ।
Read Complete Original Article
Published originally on अर्थ सरोकार
Related News

२४ घण्टामा काठमाडौँमा ४७० सवारी चालकमाथि कारबाही
काठमाडौँ उपत्यकामा गएको २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ४७० सवारी चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिबार सवारी नियम उल्लङ्घन गर्ने ४७० सवारीसाधनका चालक कारबाहीमा परेका हुन्। कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने ९९, सिसी क्यामरामार्फत ४० र रा... ...

म्यानमामा एक्सप्रेस बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १२ घाइते
याङगुन।म्यानमाको मन्डाले क्षेत्रमा शनिबार भएको सडक दुर्घटनामा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। म्यानमाको अग्नि सेवा विभागका अनुसार ब्रेक फेल भएको एक्सप्रेस बस विपरीत दिशाबाट आइरहेको भ्यानसँग ठोक्किएपछि सडकबाट करिब ५० फिट गहिरो खोल्सामा खसेको थियो। विभागका अनुसार स्थानीय समयअनुसार शनिबार साँझ करिब ६ः०५ बजे पिन ओ ल्विन–मन्डाले सडक खण्डको ओरालोमा दुर्घटना भएको हो। पिन ...

असोजमा झन्डै ६ अर्ब रुपैयाँको विद्युत् निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
बाढीले केही आयोजना बन्द गराए पनि द्विपक्षीय सम्झौता र भारतीय ऊर्जा बजारमार्फत निर्यात कारोबार बढेको हो। ...



