मलेसिया रोजगारीबारे भ्रामक सूचना नफैलाउन श्रम मन्त्रालयको आग्रह

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले मलेसियामा नेपाली श्रमिकको रोजगारी तथा भर्ती प्रक्रियाबारे भ्रामक र तथ्यहीन सूचना नफैलाउन आग्रह गरेको छ। मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा मलेसिया रोजगारीबारे विभिन्न भ्रामक सूचना फैलिएको भन्दै ध्यानाकर्षण भएको जनाएको हो। मन्त्रालयका अनुसार नेपाली श्रमिकलाई मलेसिया पठाउने विषयमा मलेसियाली सरकारका सम्बन्धित निकायसँग निरन्तर छलफल भइरहेको छ। नेपालले प्रचलित कानुन, श्रम सम्झौता तथा अन्तर्राष्ट्रिय कानुनअनुसार श्रमिक पठाउने प्रक्रियालाई व्यवस्थित बनाउन पहल गरिरहेको मन्त्रालयले जनाएको छ। नेपाली श्रमिकको अधिकार संरक्षण र दीर्घकालीन हित सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको मन्त्रालयको भनाइ छ। नेपाल र मलेसियाबीचको श्रम आप्रवासनलाई पारदर्शी, निष्पक्ष र दुवै देशको हितमा आधारित बनाउन काम भइरहेको पनि विज्ञप्तिमा उल्लेख छ। मन्त्रालयले नेपाली श्रमिकको छनोट तथा भर्ती प्रक्रिया निष्पक्ष बनाउन सरकार सकारात्मक रहेको जनाएको छ। मन्त्रालयका सहसचिव एवं प्रवक्ता मिरा आचार्यद्वारा जारी विज्ञप्तिमा मलेसिया रोजगारीसम्बन्धी सूचना आधिकारिक स्रोतबाट मात्रै लिन र अपुष्ट सूचना सम्प्रेषण नगर्न आग्रह गरिएको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News
![कोप-३१ को तयारी तीव्र, जलवायु सम्मेलनबाट सुझाव संकलन गरिने [भिडियो]](https://hamrakura.com/uploads/news/images/gita-chaudhary-11-07.jpg)
कोप-३१ को तयारी तीव्र, जलवायु सम्मेलनबाट सुझाव संकलन गरिने [भिडियो]
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ...

एनपीएलमा पोखराविरुद्ध सुदूरपश्चिमको सहज जित
सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई सहजै ६ विकेटले हराएको हो । ...

पोखरालाई हराउँदै सुदूरपश्चिमको विजयी सुरुवात
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेञ्जेर्सलाई ६ विकेटले हराएको छ । बुधबार भएको खेलमा पोखरालाई हराएसँगै सुदूरपश्चिमले तेस्रो संस्करणको एनपीएलमा पहिलो जित... ...

कप्तान ऐरीको अर्धशतकमा पोखरामाथि सुदूरपश्चिमको सहज जीत
कप्तान दिपेन्द्र सिंह ऐरी र इसान पाण्डेको उत्कृष्ट साझेदारीमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्समाथि सहज जित हात पारेको छ। जारी एनपीएलकै सबैभन्दा बढी रनको साझेदारी गर्दै धरापमा पर्न लागेको सुदूरपश्चिमलाई इसानसँग बलियो साझेदारी गर्दै कप्तान ऐरीले जीतको बाटो देखाए। दिपेन्द्र र इसानले चौथो विकेटका लागि ७४ रनको साझेदारी गरे। बंगलादेशी अलराउन्डर मेहदी हसन... ...


