नेपाली श्रमिकलाई मलेसिया पठाउने नाममा भएको असुली प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ। एक अर्ब ६९ करोड दुई लाख २४ हजार २६ रुपैयाँको ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा पूर्वमन्त्री, पूर्वसचिव, सहसचिवदेखि निजी कम्पनीका सञ्चालकसम्म अनुसन्धानको घेरामा तानिएका छन्। पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध प्रहरीले पक्राउ पुर्जीसमेत लिइसकेको छ। तर, अनुसन्धान जति अघि बढेको छ, त्यति नै प्रश्न पनि उठ्न थालेका छन्। एउटै कम्पनीका सञ्चालक पक्राउ परेर हिरासतमा छन्, तर त्यही कम्पनीका तर्फबाट मलेसियाली कम्पनीसँग सम्झौतामा हस्ताक्षर गर्ने तत्कालीन प्रबन्ध निर्देशक अनुसन्धानको घेराबाहिर छन्। मलेसियासँग रोजगारसम्बन्धी सम्झौता कार्यान्वयन गर्ने क्रममा आठ जना श्रममन्त्रीको कार्यकाल जोडिएको छ। तर, दुई जना मात्रै पक्राउ परेका छन्। बाँकी मन्त्रीहरूको भूमिकाबारे अनुसन्धान स्पष्ट छैन। घटनाक्रमले मलेसिया रोजगार ठगी प्रकरणको अनुसन्धानमा अनेक प्रश्न उब्जाएका छन्। गम्भीर अपराध अनुसन्धान गर्ने जिम्मेवारी पाएको सीआईबी आफैँ अनुसन्धानको छनोट र पक्राउ प्रक्रियाका कारण प्रश्नको घेरामा परेको छ। अझ, अर्बौं रुपैयाँ विदेश पठाउने नीतिगत निर्णयसम्बन्धी सरकारी फाइल नै नभेटिएको सीआईबीको दाबी छ। निर्णयको कभर लेटर मात्रै भेटिएको र अन्य कागजात गायब भएको ब्युरोको भनाइ छ। यी घटनाक्रमले मलेसिया रोजगार ठगी प्रकरणको अनुसन्धानमा अनेक प्रश्न उब्जाएका छन्। गम्भीर अपराध अनुसन्धान गर्ने जिम्मेवारी पाएको सीआईबी आफैँ अनुसन्धानको छनोट र पक्राउ प्रक्रियाका कारण प्रश्नको घेरामा परेको छ। मलेसिया रोजगार ठगी प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले २ कात्तिकमा पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवलाई पक्राउ गरेको थियो। उनीहरूसँगै मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, व्यवस्थापन शाखा प्रमुख उमेश ढुंगाना, सहसचिव राजीव पोखरेल र उपसचिव निर्मला गुरुङ पनि पक्राउ परेका थिए। त्यसअघि २९ असोजमा प्रहरीले कैलाश खड्का, रविन्द्र केसी, प्रवीण तिवारी र रामपुकार तिवारीलाई पक्राउ गरेको थियो। खड्का म्याक्रोटेक कम्पनीका सञ्चालक हुन्। केसी र तिवारीद्वय उनका साझेदार हुन्। २०७६ मा नेपाल र मलेसिया सरकारबीच सम्झौता भएको थियो। उक्त सम्झौताअनुसार मलेसियाको बेस्टिनेट कम्पनीले बायोमेट्रिक प्रणालीको जिम्मा पाएको थियो। उक्त कम्पनीको नेपालस्थित प्रतिनिधि कम्पनी म्याक्रोटेक हो। निर्धारितभन्दा सय रिंगिट बढी शुल्क असुल गरिएको तथ्यका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्रका आधारमा अनुसन्धान थालिएको ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपमशमशेर जबरा बताउँछन्। पूर्वमन्त्री रामेश्वर राय यादव, पूर्वमुख्यसचिव एकनारायण अर्याल र पूर्वमन्त्री शेरबहादुर कुँवर। खड्का थुनामा, भट्टराई खुलमखुला सीआईबी गम्भीर तथा जटिल प्रकृतिका अपराध अनुसन्धान गर्ने विशिष्ट निकाय हो। आर्थिक तथा संगठित अपराध, ठगी, सम्पत्ति शुद्धीकरण र ठूला वित्तीय अनियमितताका घटनामा सीआईबीले अनुसन्धान गर्दै आएको छ। सीआईबीको निष्पक्षता, अधिकार क्षेत्र र संस्थागत स्वायत्ततामाथि बेला–बेला प्रश्न उठ्ने गरेका छन्। विशेषगरी राजनीतिक पहुँच भएका व्यक्ति तथा उच्च पदस्थ अधिकारी जोडिएका घटनामा अनुसन्धानको गति, पक्राउ प्रक्रिया र अनुसन्धानको निष्कर्षलाई लिएर बहस हुने गरेको छ। अपराध अनुसन्धानमा व्यक्ति, पद र शक्तिभन्दा प्रमाण र कानुनलाई प्राथमिकता दिनुपर्ने भए पनि शक्तिशाली व्यक्तिलाई उन्मुक्ति दिइएको र अनुसन्धान चयनात्मक भएको आरोप सीआईबीमाथि लाग्दै आएको छ। मलेसिया प्रकरण पनि त्यस्तै घटनामध्ये एक बनेको छ। सीआईबीले म्याक्रोटेक प्रालिका सञ्चालकमध्येका खड्कालाई पक्राउ गर्यो। तर, त्यही कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक मुकुन्द भट्टराई पक्राउ परेका छैनन्। भट्टराईले बेस्टिनेटसँग बायोमेट्रिक प्रणाली भित्र्याउँदा म्याक्रोटेकका तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका थिए। उक्त हस्ताक्षर १ अप्रिल २०१९ मा भएको थियो। कम्पनीका साझेदार पक्राउ परेर थुनामा रहँदा सम्झौतामा हस्ताक्षर गरेका भट्टराई भने खुलमखुला छन्। त्यसैले उक्त अनुसन्धान प्रारम्भमै चयनमुखी देखिएको छ। सीआईबीले २ कात्तिकमा पूर्वमन्त्रीसहित छ जनालाई पक्राउ गरेको विषयमा जारी गरेको विवरणमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौँको पत्र तथा विकास रानाभाटसमेतको जाहेरीका आधारमा ठगीसम्बन्धी कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको उल्लेख गरेको थियो। सीआईबीका अनुसार जाहेरवालामध्ये रानाभाट मात्रै होइन, भट्टराई पनि हुन्। कम्पनीका साझेदार पक्राउ परेर थुनामा रहँदा सम्झौतामा हस्ताक्षर गरेका भट्टराई भने खुलमखुला छन्। त्यसैले उक्त अनुसन्धान प्रारम्भमै चयनमुखी देखिएको छ। ब्युरो प्रवक्ता जबराका अनुसार जाहेरवाला भट्टराईकै सूचनाका आधारमा प्रहरीले अनुसन्धान गरिरहेको छ। यस प्रकरणमा भट्टराईको संलग्नताबारे पनि अनुसन्धान हुन सक्ने उनी बताउँछन्। “एक जना मानिस छन्, उजुरीकर्ता, जसको उजुरीको आधारमा अनुसन्धान अघि बढेको छ,” जबरा भन्छन्। तर, अनुसन्धान नटुंगिएसम्म उन्मुक्ति दिइएको भन्न नमिल्ने जबराको तर्क छ। “अहिले अनुसन्धान भइरहेको छ, उजुरीकर्ताको भूमिकामा पनि अनुसन्धान हुन्छ। अनुसन्धान नटुंगिएसम्म उन्मुक्ति दिइएको भन्न मिल्दैन,” उनी भन्छन्। तर, संलग्नताको हैसियतका आधारमा हेर्दा खड्काभन्दा भट्टराई बढी जिम्मेवार देखिने तर्क गरिएको छ। सम्झौतामा हस्ताक्षर गर्ने व्यक्ति उनी नै हुन्। तर, सीआईबीको अनुसन्धान चयनमुखी देखिँदा खड्का असोजदेखि हिरासतमा छन् भने भट्टराई खुलमखुला छन्। गम्भीर प्रश्न पक्राउ पर्ने व्यक्तिको छनोटमै देखिएको छ। सीआईबीले २०७६ सालमा मन्त्री बनेका रामेश्वर राय यादव र २०७९ मा मन्त्री बनेका शेरबहादुर कुँवरलाई मात्रै पक्राउ गरेको छ। भट्टराईकै कार्यकालमा ८० करोड रुपैयाँ मलेसिया पुगेको दाबी गरिएको छ। तर, साझेदारीमा खटपट भएपछि खड्का र भट्टराईबीच विवाद भएको देखिन्छ। विवादपछि भट्टराईले उक्त कम्पनी छाडेका थिए। म्याक्रोटेकमा ८० प्रतिशत लगानी भट्टराईको र २० प्रतिशत खड्काको थियो। कम्पनीको कार्यकारी अध्यक्ष भट्टराई नै थिए। साझेदारीमा खटपट भएपछि भट्टराई आफ्नो लगानीसहित बाहिरिएका थिए। त्यसपछि उनी खड्काविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुगेका थिए। तर, सुनुवाइ नभएपछि उनी राष्ट्रिय स्वतन्त्र पार्टीसँग नजिक हुँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म पुगेका थिए। त्यसैले भट्टराईलाई सत्तानिकट भएकै कारण जोगाएको आरोप सीआईबीमाथि लागेको छ। अहिले सीआईबीको नेतृत्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमाप्रसाद चतुर्वेदीले गरिरहेका छन्। संलग्न आठ मन्त्री, दुई मात्रै पक्राउ मलेसिया प्रकरणको अनुसन्धानमा अर्को महत्त्वपूर्ण पक्ष राजनीतिक नेतृत्वको भूमिका हो। सीआईबीले भट्टराईलाई सरकारी साक्षीका रूपमा राखेर खड्कालाई पक्राउ गरी मलेसिया प्रकरणको अनुसन्धान गरिरहेको छ। तर, त्योभन्दा गम्भीर प्रश्न पक्राउ पर्ने व्यक्तिको छनोटमै देखिएको छ। सीआईबीले २०७६ सालमा मन्त्री बनेका रामेश्वर राय यादव र २०७९ मा मन्त्री बनेका शेरबहादुर कुँवरलाई मात्रै पक्राउ गरेको छ। ब्युरो प्रवक्ता जबराका अनुसार २०७६ मा मलेसियासँग नीतिगत निर्णय भएको थियो। त्यसलाई २०८१ सालसम्मका मन्त्रीहरूले कार्यान्वयनमा लगेको देखिन्छ। तर, पक्राउ भने कुँवर र राय मात्रै परेका छन्। २०७७ मा मन्त्री भएका गौरीशंकर चौधरी, २०७८ मा मन्त्री भएका विमलप्रसाद श्रीवास्तव र सोही वर्ष मन्त्री भएका कृष्णकुमार श्रेष्ठ अनुसन्धानको सूचीमै छैनन्। अनुसन्धानको निष्पक्षतामाथि सार्वजनिक रूपमा प्रश्न उठ्न थालेपछि सीआईबीले निर्णयसम्बन्धी फाइल नै नभेटिएको दाबी गरेको छ। कुँवरपछि २०७९ मै मन्त्री भएका डोलप्रसाद अर्याल र शरतसिंह भण्डारी तथा २०८१ मा पुनः मन्त्री भएका अर्याल पनि अनुसन्धानमा परेका छैनन्। अर्याल अहिले सभामुख छन्। सीआईबी प्रवक्ता जबराका अनुसार २०७६ देखि २०८१ सम्म गैरकानुनी रूपमा उठाइएको रकम मलेसिया गएको देखिन्छ। जबराका अनुसार यसबीचमा चारवटा नीतिगत निर्णय भएका छन् भने १७ पटक नेपाल राष्ट्र बैंकमार्फत रकम मलेसिया पठाइएको अनुसन्धानमा देखिएको छ। तर, आठमध्ये दुई जना मात्रै मन्त्री अनुसन्धानमा पर्नु र अन्यको भूमिका खोजी नगरिनुले शंका उत्पन्न गराएको छ। अझ, २०८१ मा मन्त्री बनेका अर्याल अनुसन्धानमा नतानिनु तर त्यही बेला मुख्यसचिव बनेका एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी हुनुले अनुसन्धान चयनमुखी देखिएको छ। “अनुसन्धान सकिएको छैन, अनुसन्धान गर्ने समय ६० दिनसम्म हो। केलाई चयनमुखी भन्नुहुन्छ?” सीआईबी प्रवक्ता जबरा प्रश्न गर्छन्। नेपाल र मलेसियाबीचको सम्झौताअनुसार बायोमेडिकल सेवाबापत सय रिंगिट शुल्क तोकिएको थियो। यो रकम सुरुमा श्रमिकले बुझाउने र मलेसिया पुगेपछि रोजगारदाताले पहिलो महिनाको तलबसँगै फिर्ता गर्नुपर्ने व्यवस्था थियो। अनुसन्धानको निष्पक्षतामाथि सार्वजनिक रूपमा प्रश्न उठ्न थालेपछि सीआईबीले निर्णयसम्बन्धी फाइल नै नभेटिएको दाबी गरेको छ। सीआईबी प्रवक्ता जबराका अनुसार निर्णयको कभर लेटर मात्रै भेटिएको छ। बाँकी कुनै पनि कागजात फेला परेका छैनन्। “सबैभन्दा गम्भीर कुरा, हाम्रो टोलीले कतिपटक चक्कर हान्यो तर फेला पार्न सकेको छैन,” उनी भन्छन्। यस्ता फाइल कसरी र कसले गायब पार्यो भन्ने विषय अनुसन्धानमै रहेको उनको दाबी छ। सय रिंगिटको हिसाब मलेसिया प्रकरणको अनुसन्धानको केन्द्रमा नेपाली श्रमिकबाट उठाइएको सय रिंगिट अतिरिक्त शुल्क छ। नेपाल र मलेसियाबीचको सम्झौताअनुसार बायोमेडिकल सेवाबापत सय रिंगिट शुल्क तोकिएको थियो। यो रकम सुरुमा श्रमिकले बुझाउने र मलेसिया पुगेपछि रोजगारदाताले पहिलो महिनाको तलबसँगै फिर्ता गर्नुपर्ने व्यवस्था थियो। सम्झौताअनुसार श्रमिकले सुरुमा तिरेको रकम रोजगारदाताबाट फिर्ता पाउनुपर्ने थियो। तर, रकम असुली र फिर्ताको प्रक्रियामा भएको अनियमितताले ठूलो आर्थिक अपराधको रूप लिएको अनुसन्धानको प्रारम्भिक निष्कर्ष छ। तर, श्रमिकले उक्त रकम फिर्ता नपाएको गुनासो गरे। नेपालमा बायोमेडिकल तथा बायोमेट्रिक सेवा लिँदा श्रमिकबाट रकम उठाइने र त्यो रकम नेपाल राष्ट्र बैंकमार्फत मलेसिया पठाइने तर श्रमिकले पाउनुपर्ने रकम भने फिर्ता नपाउने अवस्था देखिएपछि अनुसन्धान सुरु भएको हो। सीआईबीले यही विषयलाई अनुसन्धानको मुख्य आधार बनाएको छ। सम्झौताअनुसार श्रमिकले सुरुमा तिरेको रकम रोजगारदाताबाट फिर्ता पाउनुपर्ने थियो। तर, रकम असुली र फिर्ताको प्रक्रियामा भएको अनियमितताले ठूलो आर्थिक अपराधको रूप लिएको अनुसन्धानको प्रारम्भिक निष्कर्ष छ। अहिलेसम्मको अनुसन्धानले २०७६ यता आठै जना मन्त्रीको कार्यकालमा रकम मलेसिया गएको देखाएको छ। तर, प्रहरीले आठ मन्त्रीमध्ये कसको कार्यकालमा कति रकम राष्ट्र बैंक हुँदै मलेसिया पुग्यो भन्ने विवरण उपलब्ध गराएको छैन। यस विषयमा राष्ट्र बैंकसँग थप स्पष्ट विवरण माग गरिएको सीआईबी स्रोत बताउँछ। “यस विषयमा ७ मंसिरमा पनि बैठक भएको थियो। प्रहरीका केही अनुसन्धान अधिकृत राष्ट्र बैंक पुगेका थिए,” सीआईबी स्रोत भन्छ। श्रमिकले सरकारले तोकेको शुल्कबाहेक विभिन्न शीर्षकमा रकम तिर्नुपर्थ्यो। एउटा शीर्षकको शुल्क बन्द हुँदा अर्को शीर्षक खडा गरेर रकम उठाउने प्रवृत्ति देखिएको थियो। मलेसिया जाने नेपाली श्रमिकमाथि अतिरिक्त शुल्क असुलीको शृंखला सन् २०१३ देखि सुरु भएको देखिन्छ। त्यसबेला भिसा प्रशोधन, बायोमेट्रिक स्वास्थ्य परीक्षण, माइग्राम्स, इमिग्रेसन सेक्युरिटी क्लियरेन्स र वनस्टप सेन्टरका नाममा छुट्टाछुट्टै प्रणाली खडा गरिएका थिए। यी प्रणाली सञ्चालन गर्ने जिम्मा निजी कम्पनीलाई दिइएको थियो। श्रमिकले सरकारले तोकेको शुल्कबाहेक विभिन्न शीर्षकमा रकम तिर्नुपर्थ्यो। एउटा शीर्षकको शुल्क बन्द हुँदा अर्को शीर्षक खडा गरेर रकम उठाउने प्रवृत्ति देखिएको थियो। सन् २०१३ सेप्टेम्बर ९ देखि मलेसिया भीएलएन नेपाल प्रालिले भिसा प्रशोधनका नाममा प्रतिश्रमिक तीन हजार दुई सय रुपैयाँ उठाउन थालेको थियो। सन् २०१८ अप्रिलसम्म उक्त कम्पनीले मात्रै एक अर्ब ९५ करोड रुपैयाँभन्दा बढी संकलन गरेको दाबी गरिएको छ। बायोमेट्रिक स्वास्थ्य परीक्षणका नाममा पनि अतिरिक्त शुल्क उठाइन्थ्यो। ३९ वटा स्वास्थ्य संस्थालाई उक्त प्रणालीमा आबद्ध गराइएको थियो। दुई लाख २२ हजार २८० श्रमिकबाट करिब एक अर्ब रुपैयाँ संकलन भएको विवरण छ। त्यस्तै, माइग्राम्सका नाममा प्रतिश्रमिक तीन हजार पाँच सय रुपैयाँ उठाइन्थ्यो। श्रमिकको विवरण र फोटो दर्ता गर्ने प्रयोजन देखाएर दुई लाख सात हजार ४१४ जनाबाट करिब ७२ करोड ५९ लाख रुपैयाँ संकलन गरिएको थियो। वनस्टप सेन्टरका नाममा राहदानी संकलन गरी मलेसियाली दूतावाससम्म पुर्याउने सेवाका लागि पनि प्रतिश्रमिक तीन हजार दुई सय रुपैयाँ उठाइएको थियो। इमिग्रेसन सेक्युरिटी क्लियरेन्सका नाममा राहदानी स्क्यान र औँठाछाप लिने प्रयोजन देखाएर प्रतिव्यक्ति तीन हजार दुई सय रुपैयाँ असुलिएको थियो। यसबाट ६६ करोड ३७ लाख रुपैयाँभन्दा बढी संकलन भएको दाबी गरिएको छ। वनस्टप सेन्टरका नाममा राहदानी संकलन गरी मलेसियाली दूतावाससम्म पुर्याउने सेवाका लागि पनि प्रतिश्रमिक तीन हजार दुई सय रुपैयाँ उठाइएको थियो। यसरी भिसा प्रशोधन, स्वास्थ्य परीक्षण, विवरण दर्ता, सुरक्षा जाँच र राहदानी व्यवस्थापनका नाममा श्रमिकबाट अर्बौं रुपैयाँ असुलिएको थियो। एउटै श्रमिकले मलेसिया जाने प्रक्रियामा विभिन्न शीर्षकमा झन्डै १९ हजार रुपैयाँसम्म अतिरिक्त भार बेहोर्नुपरेको थियो। नेपाल स्वास्थ्य व्यवसायी महासंघका तत्कालीन अध्यक्ष कैलाश खड्का र मलेसियाको बेस्टिनेट कम्पनीबीच सन् २०१३ मा बायोमेट्रिक प्रणाली सञ्चालन गर्ने समझदारी भएको थियो। त्यसपछि नेपाली श्रमिकको स्वास्थ्य परीक्षणमा बायोमेट्रिक प्रणाली लागू गर्ने प्रक्रिया अघि बढेको थियो। सन् २०१८ मा तत्कालीन श्रममन्त्री गोकर्ण विष्टले हस्तक्षेप गरेपछि बायोमेट्रिक, माइग्राम्स, भीएलएन, आईएससी र ओएससी प्रणाली बन्द गर्ने निर्णय भएको थियो। त्यसपछि सम्बन्धित कम्पनीका सञ्चालक तथा कर्मचारी पक्राउ परेका थिए। मलेसिया भीएलएन नेपालका सञ्चालकसहित ४० जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। बायोमेट्रिक शुल्क सुरुमा चार हजार पाँच सय रुपैयाँ तोकिएको थियो। पछि त्यसलाई बढाएर छ हजार पाँच सय पुर्याइयो। तर, पुरानो प्रणाली बन्द भए पनि श्रमिकमाथिको आर्थिक भार पूर्ण रूपमा रोकिएन। सन् २०१९ मा नेपाल र मलेसियाबीच नयाँ श्रम समझदारी भएपछि त्यसको मर्मविपरीत अर्को माध्यमबाट रकम असुली सुरु भएको प्रहरी अनुसन्धानले देखाएको छ। यसले मलेसिया रोजगार क्षेत्रमा ठगी कुनै एक कम्पनी वा एकपटकको घटनामा सीमित नरहेको देखाउँछ। फरक–फरक नाम र प्रणालीमार्फत वर्षौंदेखि श्रमिकको बाध्यतालाई कमाइको माध्यम बनाइएको थियो। मलेसिया रोजगारीसँग जोडिएको आर्थिक विवाद अहिले पनि टुंगिएको छैन। बायोमेट्रिक शुल्क सुरुमा चार हजार पाँच सय रुपैयाँ तोकिएको थियो। पछि त्यसलाई बढाएर छ हजार पाँच सय पुर्याइयो। त्यसपछि शरतसिंह भण्डारी मन्त्री भएका बेला नौ हजार पाँच सय रुपैयाँसम्म पुर्याइएको थियो। गुनासो बढेपछि २०८२ मा मन्त्री भएका राजेन्द्रसिंह भण्डारीले शुल्क पुनः छ हजार पाँच सय रुपैयाँ कायम गराएका थिए। प्रणाली सञ्चालन गर्ने बेस्टिनेट कम्पनीले छनोट भएका २५ मुख्य म्यानपावर कम्पनी सक्रिय नभएसम्म नयाँ श्रमिकको स्वास्थ्य परीक्षण दर्ता नखोल्ने सर्त राखेको छ। यसबीच मलेसिया रोजगारीमा श्रमिक पठाउने विषयमा नेपाल र मलेसियाबीच अर्को विवाद पनि देखिएको छ। गत १५ असोजदेखि मलेसियामा नयाँ श्रमिक जाने प्रक्रिया रोकिएको छ। मलेसियाले आफ्नो फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्लूसीएमएस) अन्तर्गत नेपालका २५ वटा मुख्य म्यानपावर कम्पनी र तिनका १०–१० वटा सहायक कम्पनी गरी २५० कम्पनीमार्फत मात्रै श्रमिक भर्ना गर्ने नीति अघि सारेको छ। नेपाल सरकारले उक्त व्यवस्थालाई अस्वीकार गरेपछि भिसा प्रक्रिया रोकिएको हो। प्रणाली सञ्चालन गर्ने बेस्टिनेट कम्पनीले छनोट भएका २५ मुख्य म्यानपावर कम्पनी सक्रिय नभएसम्म नयाँ श्रमिकको स्वास्थ्य परीक्षण दर्ता नखोल्ने सर्त राखेको छ। ११ वर्षदेखिको ठगी धन्दामा मन्त्रीदेखि मुख्यसचिवसम्म
मलेसिया प्रकरणमा सीआईबीको अनुसन्धान छानीछानी

Read Complete Original Article
Published originally on नेपालन्युज





