काठमाडौं । नेपाल प्रहरीकाे महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिटमाथि आज सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतमा न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा मुद्दाको सुनुवाइका लागि दोस्रो नम्बरमा पेसी तोकिएको छ । यसअघि प्रहरी प्रधान कार्यालयका तर्फबाट प्रतिनिधित्व गर्ने कानुन व्यवसायीले वर्तमान आईजीपी मनोज केसीलाई म्याद तामेल नभएको जानकारी गराएपछि सोमबारका लागि तय भएको सुनुवाइ सरेको थियो । यसअघि मंसिर २ गते भएको पहिलो सुनुवाइमा न्यायाधीश श्रीकान्त पौडेलको इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो ।
दानबहादुर कार्कीको रिट न्यायाधीशद्वय निरौला र पौडेलको संयुक्त इजलासमा

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






