Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

सुन्तलाले फेरिँदै सलकपुरको अर्थतन्त्र र पर्यटन

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुन्तलाले फेरिँदै सलकपुरको अर्थतन्त्र र पर्यटन
Photo / Coverage: केन्द्रबिन्दु

झापा । इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड रुपैयाँसम्म आम्दानी हुन थालेको छ । सुन्तला उत्पादन र बिक्रीसँगै बगान अवलोकन तथा ताजा सुन्तलाको स्वाद लिन आउने पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ । पूर्वीनाका काँकरभिट्टाबाट करिब ३० किलोमिटर उत्तरमा रहेको सलकपुरको करिब ९० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । यतिबेला बगानमा लटरम्म फलेका सुन्तला पाकेर पहेँलपुर बनेका छन् । सुन्तलाको स्वाद लिन, बोटबाटै टिपेर खान तथा बगानमा तस्बिर खिच्न आन्तरिक र भारतीय पर्यटक यहाँ पुग्ने गरेका छन् । वडाध्यक्ष सत्यम राईका अनुसार सलकपुरमा दैनिक करिब एक सय पर्यटक आउने गरेका छन् । वडा कार्यालयको अनुमानअनुसार यहाँ वार्षिक औसत ४५० देखि ६०० मेट्रिक टन सुन्तला उत्पादन हुन्छ । मौसम अनुकूल र रोगकिराको प्रकोप कम भएका वर्ष उत्पादन अझ बढ्ने गरेको छ । सुन्तला बिक्रीबाट मात्रै यहाँ वार्षिक रु तीन करोडदेखि चार करोडसम्म आम्दानी हुने गरेको छ । गाउँका एक सयभन्दा बढी घरपरिवार सुन्तला खेतीमा संलग्न छन् । रोगका कारण पुराना बोट मरेपछि नयाँ बगान विस्तार गर्ने क्रम पनि बढेको छ । यहाँ उत्पादित सुन्तला स्वादिलो र रसिलो भएकाले बोटबाटै बिक्री हुने गरेको छ । झापाको काँकरभिट्टा, बिर्तामोड र दमक तथा मोरङको विराटनगरका बजारमा यहाँको सुन्तला पुग्ने गरेको छ । सीमावर्ती भारतीय बजार सिलिगुडी र नक्सलबारीमा पनि सलकपुरको सुन्तलाका रूपमा यसको प्रचार गरी बिक्री गरिँदै आएको छ । इलाम, झापा, मोरङ र सुनसरीका पर्यटकसँगै भारतको सिलिगुडी, दार्जिलिङ र कोलकाताबाट समेत पर्यटक आउन थालेका छन् । स्थानीय देबेन खड्काका अनुसार गाउँका करिब ३० घरमा सञ्चालित घरबासमा शुक्रबार र शनिबार पाहुनाको चाप बढ्ने गरेको छ । सलकपुरमा ३० वटा ठूला सुन्तला बगान छन् । खड्काका अनुसार बजारमा सुन्तलाको मूल्य प्रतिकिलो रु २१० देखि रु २२० सम्म रहेकामा बगानमै पुग्ने पर्यटकले प्रतिकिलो रु १३० मा ताजा सुन्तला किन्न पाउँछन् । पर्यटकसँगै व्यापारी पनि सिधै बगानमा पुगेर सुन्तला खरिद गर्ने गरेका छन् । शुक्रबार र शनिबार निन्दा–सलकपुर (कदम पदमार्ग) हुँदै पैदलयात्रा तथा सवारीसाधनबाट पर्यटकको आवागमन बढ्ने गरेको छ । झापाका बिर्तामोड, दमक र धुलाबारी, मोरङको उर्लाबारी तथा भारतबाट समेत गरी ती दिनमा ३०० देखि ५०० पर्यटक सलकपुर पुग्ने गरेको खड्काले बताए । उनले पनि १० रोपनी जमिनमा सुन्तला बगान लगाएका छन् । यस वर्ष विगतका तुलनामा सुन्तला उत्पादन राम्रो भएको उनको भनाइ छ । बगानमा रमाउन आउने पर्यटकले सुन्तलाको स्वाद लिनुका साथै नजिकैको गुर्धुम डाँडाबाट सूर्योदयको दृश्यावलोकनसमेत गर्ने गरेका छन् । विसं २००४ मा दार्जिलिङबाट बसाइँ सरेर आएका गौरीलाल लामाले सलकपुरमा सुरु गरेको सुन्तला खेतीले अहिले व्यावसायिक रूप लिएको छ । सुरुमा दार्जिलिङबाट ल्याइएका बिरुवा रोपिएको भए पनि अहिले पाल्पाबाट ल्याइएका उन्नत जातका बिरुवाले राम्रो उत्पादन दिइरहेका छन् । सलकपुर, कुवापानी र जौबारी क्षेत्र सुन्तलासँगै अलैँची, अकबरे खुर्सानी, अम्लिसो र मह उत्पादनका लागि पनि परिचित छन् । यहाँ उत्पादित सुन्तला प्रत्येक वर्ष भारतको कोलकातामा आयोजना हुने सुन्तला महोत्सवमा प्रदर्शन तथा बिक्रीका लागि समेत लगिने गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नवलपुरमा जिप र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु, १३ जना घाइते
Latest NewsJust now

नवलपुरमा जिप र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु, १३ जना घाइते

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यबिन्दु नगरपालिका–११ बाहुनिकुनामा जिप र ट्याक्टर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गमा बुधबार भएको दुर्घटनामा विनयी त्रिवेणी गाउँपालिका–४ सर्दीका ३० वर्षीय चुरेन्द्र चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अनिल पण्डितका अनुसार […] ...

लोकपथ
चीन भ्रमण पूरा गरी रास्वपाको प्रतिनिधिमण्डल आज स्वदेश फर्कँदै
Latest NewsJust now

चीन भ्रमण पूरा गरी रास्वपाको प्रतिनिधिमण्डल आज स्वदेश फर्कँदै

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन भ्रमणमा गएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल आफ्नो भ्रमण पूरा गरी आज स्वदेश फर्कँदैछ । रास्वपाका महामन्त्रीको नेतृत्वमा गएको उक्त... ...

रातोपाटी
नयाँ ऊर्जा मिश्रणको ढाँचा बनाउँदै सरकार- १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य
Latest NewsJust now

नयाँ ऊर्जा मिश्रणको ढाँचा बनाउँदै सरकार- १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य

काठमाडौं । सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसार नयाँ ऊर्जा मिश्रण नीति तयार गर्ने प्रक्रिया अघि बढाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जलविद्युत्, सौर्य, वायु तथा अन्य ऊर्जा स्रोतको हिस्सा निर्धारण गर्ने गरी नयाँ ढाँचा बनाउन लागेको हो । नयाँ ऊर्जा मिश्रण तयार भएपछि लामो समयदेखि रोकिएको विद्युत् खरिद सम्झौता (पीपीए) प्रक्रिया पुनः खुल्ने अपेक्षा ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement