Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की

Share:WhatsAppFacebookX (Twitter)Telegram
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की

गुल्मी । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव र नयाँ पुस्ताका लागि प्रेरणाको जीवन्त पाठशाला भएको बताए । करिब ५०० वर्ष पुरानो धार्मिक तथा ऐतिहासिक महत्व बोकेको गुल्मीको मालिका गाउँपालिका–८ स्थित ऐतिहासिक मर्भुङकोट मन्दिरको आज उद्घाटन गर्दै उनले धार्मिक आस्था र सांस्कृतिक सम्पदाको संरक्षणसँगै समाजमा सामाजिक सद्भाव कायम गर्नुपर्ने बताए । महानिरीक्षक कार्कीले धार्मिक पर्यटनको सम्भावना बोकेको मर्भुङकोट क्षेत्रको विकासका लागि सडक पहुँच, खानेपानी, शौचालय र विश्रामस्थललगायत आधारभूत पूर्वाधार निर्माणमा स्थानीय, प्रदेश र सङ्घीय सरकार तथा सरोकारवाला निकायबीच समन्वय हुन आवश्यक रहेको बातए ।सो अवसरमा देवीको पूजा गर्ने तर घरपरिवार र समाजमा महिलामाथि अन्याय एवं शोषण गर्ने प्रवृत्ति विरोधाभासपूर्ण रहेको धारणा व्यक्त गरे । “समाजबाट घरेलु हिंसा, बोक्सीको आरोप, छाउपडी, दाइजो र बालविवाहजस्ता कुप्रथाको अन्त्यगरी महिलाको सम्मान सुनिश्चित गर्नसके मात्र विजयादशमीको सन्देश सार्थक हुन्छ”, महानिरीक्षक कार्कीले भने । उनले विजयादशमी असत्यमाथि सत्यको विजयको प्रतीक मात्र नभई समाजमा विद्यमान विकृति र कुरीतिविरुद्ध सङ्कल्प गर्ने अवसर भएको बताए । स्थानीय जनसहभागिताको सहयोगमा उक्त मन्दिरको पुनर्निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिमालय केसीले बताए । मालिका गाउँपालिकाका उपाध्यक्ष उपेन्द्र अर्यालका अनुसार मन्दिर पुनर्निर्माणमा कुल ६० लाख रुपैयाँ खर्च भएको छ । निर्माणका लागि ३२४ जना दाताबाट न्यूनतम १०० देखि अधिकतम तीन लाख ३१ हजार १११ रुपैयाँसम्म सहयोग सङ्कलन गरिएको उनले जानकारी दिए । कार्यक्रममा मन्दिर निर्माणमा उल्लेखनीय योगदान पुर्‍याउने चन्दादाता तथा निर्माण समितिका पदाधिकारीलाई सम्मान गरिएको थियो । मर्भुङकोट मन्दिर साविकका मर्भुङ, सिर्सेनी, अर्खाबाङ र हवाङ्दी गाउँको साझा ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्रका रूपमा स्थापना भएको मानिन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

पुँजी बजारको परिमाणात्मक छलाङ : जुट मिलदेखि ८० लाख डिम्याटसम्म
ताजा खबरJust now

पुँजी बजारको परिमाणात्मक छलाङ : जुट मिलदेखि ८० लाख डिम्याटसम्म

काठमाडौँ । नेपालमा पुँंजी बजारको इतिहास ९ दशक लामो भइसकेको छ । ९० वर्षको अन्तरालमा नेपाली पुँजीबजारको विकासले धेरै ठुलो छलाङ मारेको देखिन्छ । यद्यपि यसलाई व्यवस्थित बनाउन अझै धेरै... ...

रातोपाटी
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु
ताजा खबरJust now

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४ घण्टामा सिन्धुली, सुनसरी, उदयपुर, धनुषा, मोरङ, रौतहट र रोल्पामा भएका दुर्घटनामा नौ जनाको मृत्यु भएको हो । सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सडकमा को१ज २९७६ नम्बरको सुमो अनियन्त्रित भई आज बिहान दुर्घटना हुँदा तीन जनाको […] ...

लोकपथ
घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम
ताजा खबरJust now

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला। घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र न्यौपाने प्रथम भएका छन्। स्थानीय चन्दननाथ नगरपालिकाको आयोजना तथा पशु अस्पताल तथा पशु सेवा कार्यालयको सह–आयोजना र कर्णाली कला तथा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play