मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी।प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव र नयाँ पुस्ताका लागि प्रेरणाको जीवन्त पाठशाला भएको बताएका छन्। करिब ५०० वर्ष पुरानो धार्मिक तथा ऐतिहासिक महत्व बोकेको गुल्मीको मालिका गाउँपालिका–८ स्थित ऐतिहासिक मर्भुङकोट मन्दिरको आज उद्घाटन गर्दै उनले धार्मिक आस्था र सांस्कृतिक सम्पदाको संरक्षणसँगै समाजमा सामाजिक सद्भाव कायम गर्नुपर्ने बताए। महानिरीक्षक कार्कीले धार्मिक पर्यटनको सम्भावना बोकेको मर्भुङकोट क्षेत्रको विकासका लागि सडक पहुँच, खानेपानी, शौचालय र विश्रामस्थललगायत आधारभूत पूर्वाधार निर्माणमा स्थानीय, प्रदेश र संघीय सरकार तथा सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको बताए। सो अवसरमा देवीको पूजा गर्ने तर घरपरिवार र समाजमा महिलामाथि अन्याय एवं शोषण गर्ने प्रवृत्ति विरोधाभासपूर्ण रहेको धारणा व्यक्त गरे। “समाजबाट घरेलु हिंसा, बोक्सीको आरोप, छाउपडी, दाइजो र बालविवाह जस्ता कुप्रथाको अन्त्य गरी महिलाको सम्मान सुनिश्चित गर्न सके मात्र विजयादशमीको सन्देश सार्थक हुन्छ”, महानिरीक्षक कार्कीले भने। उनले विजयादशमी असत्यमाथि सत्यको विजयको प्रतीक मात्र नभई समाजमा विद्यमान विकृति र कुरीतिविरुद्ध संकल्प गर्ने अवसर भएको बताए। स्थानीय जनसहभागिताको सहयोगमा उक्त मन्दिरको पुनर्निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिमालय केसीले बताए। मालिका गाउँपालिकाका उपाध्यक्ष उपेन्द्र अर्यालका अनुसार मन्दिर पुनर्निर्माणमा कुल ६० लाख रुपैयाँ खर्च भएको छ। निर्माणका लागि ३२४ जना दाताबाट न्यूनतम १०० देखि अधिकतम तीन लाख ३१ हजार १११ रुपैयाँसम्म सहयोग संकलन गरिएको उनले जानकारी दिए। कार्यक्रममा मन्दिर निर्माणमा उल्लेखनीय योगदान पुर्याउने चन्दादाता तथा निर्माण समितिका पदाधिकारीलाई सम्मान गरिएको थियो। मर्भुङकोट मन्दिर साविकका मर्भुङ, सिर्सेनी, अर्खाबाङ र हवाङ्दी गाउँको साझा ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्रका रूपमा स्थापना भएको मानिन्छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

गाउँदेखि सहरसम्म रौनक
कमेरो र रातोमाटोले सिँगारिएका घर, गाउँमा ठडिएका लिंगे पिङ, घर फर्किनेको लर्को र शक्तिपीठमा भक्तजनको भीड। दसैँले नेपाली जनजीवनलाई उत्सवमय बनाएको छ। दसैँ नेपालीको घरआँगनमा भित्रिसकेको छ। आश्विन शुक्ल पक्षको महाअष्टमीसँगै दसैँको उल्लास गाउँदेखि सहरसम्म फैलिएको छ। घरको सरसफाइ र रङरोगनदेखि पिङ हाल्ने, किनमेल गर्ने र परदेशबाट घर फर्किने चटारोसम्मले दसैँको आगमनलाई थप उत्सवमय बनाएको छ। दसैँमा घर सिँगार्ने परम्परा अझै पनि ...

भीमफेदीको बाँदरेभीरमा गाडी दुर्घटना : ११ यात्रु घाइते, ५ जना गम्भीर
काठमाडौंबाट हेटौंडातर्फ आइरहेको बा.प्र०३-००१ ज ०६७४ नम्बरको गाडी भित्तामा ठोक्किएर नालामा खसेको थियो । ...

थाइल्याण्डको गाँजा नेपालसम्म ओसार्न म्यानमारका भरिया
काठमाडौँ । थाइल्याण्डमा उत्पादन भएको गाँजा म्यानमारका भरिया प्रयोग गरेर हवाई मार्ग हुँदै काठमाडौँ ल्याउने र काठमाडौँलाई ट्रान्जिट बनाएर भारततर्फ तस्करी हुन्छ भन्दा धेरैलाई अनौठो लाग्न सक्छ । लागु पदार्थ... ...

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन
म्याग्दी । सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरबाङ सडकको फापरखेत खण्डमा वैकल्पिक मार्ग प्रयोग गरी सडक सञ्चालन भएको छ । बेनी–नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतमा शनिबार अपराह्नदेखि सुरु भएको पहिरो नरोकिएपछि मङ्गला गाउँपालिकाले पखेर–बरञ्जा–ज्यामिरे–सातबिसे–बाबियाचौरको सडक प्रयोग गरी यातायात सञ्चालन गरिएको हो । मङ्गला गाउँपालिका–३ का वडा सदस्य हरि ...


