Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/मध्यावधि निर्वाचनअघि १० मध्ये ९ सर्वेक्षणमा रिपब्लिकन पछाडि, ट्रम्पको लोकप्रियता घट्यो

मध्यावधि निर्वाचनअघि १० मध्ये ९ सर्वेक्षणमा रिपब्लिकन पछाडि, ट्रम्पको लोकप्रियता घट्यो

10/21/2026, 3:04:13 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
मध्यावधि निर्वाचनअघि १० मध्ये ९ सर्वेक्षणमा रिपब्लिकन पछाडि, ट्रम्पको लोकप्रियता घट्यो

काठमाडौँ । अमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीलाई संसद्मा बहुमत जोगाउन चुनौती देखिएको छ । सार्वजनिक भएका १० प्रमुख सर्वेक्षणमध्ये नौवटामा रिपब्लिकन पार्टी पछाडि रहेको बताइएको छ । महँगी, इरानसँगको युद्ध र ट्रम्पको घट्दो लोकप्रियताले पार्टीलाई दबाबमा पारेको छ। विभिन्न सर्वेक्षणअनुसार ट्रम्पको कार्यशैलीप्रति ३० देखि ३६ प्रतिशत अमेरिकी मात्रै सन्तुष्ट छन् । अमेरिकामा खाद्यान्न, घरभाडा र इन्धनको मूल्यवृद्धिले सर्वसाधारणको खर्च बढाएको छ । सर्वेक्षणमा सहभागी अधिकांश अमेरिकीले वस्तुको मूल्य आफ्नो आम्दानीभन्दा तीव्र गतिमा बढिरहेको बताएका छन् । इरानसँगको युद्ध र विदेश नीतिप्रति पनि असन्तुष्टि बढेको सर्वेक्षणहरूले देखाएका छन् । ट्रम्पको लोकप्रियता घटेपछि रिपब्लिकन पार्टीका केही उम्मेदवारले समेत उनका नीतिबाट दूरी बनाउन थालेका छन् । मध्यावधि निर्वाचनमा विपक्षी डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभा वा सिनेटमध्ये कुनै एक वा दुवै सदनमा बहुमत हासिल गरे ट्रम्पलाई आफ्नो नीति कार्यान्वयन गर्न कठिन हुन सक्ने विश्लेषण भइरहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

फिल फोडेनको ह्याट्रिकमा म्यानचेस्टर सिटीको ५-१ को फराकिलो जित
ताजा खबरJust now

फिल फोडेनको ह्याट्रिकमा म्यानचेस्टर सिटीको ५-१ को फराकिलो जित

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत भएको खेलमा इङ्लिस क्लब म्यानचेस्टर सिटीले ग्रिक क्लब एईकेमाथि ५-१ गोलको फराकिलो जित निकालेको छ । सिटीको प्रभावशाली जितमा फिल फोडेनले शानदार ह्याट्रिक प्रहार... ...

रातोपाटी
दुई गोलले पछि परेको लिभरपुलको उत्कृष्ट पुनरागमन, भिल्लारियाल ४-३ ले पराजित
ताजा खबरJust now

दुई गोलले पछि परेको लिभरपुलको उत्कृष्ट पुनरागमन, भिल्लारियाल ४-३ ले पराजित

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत भएको प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा इङ्लिस क्लब लिभरपुलले स्पेनिस क्लब भिल्लारियाललाई ४-३ गोलअन्तरले पराजित गरेको छ । खेलको सुरुवातमै दुई गोलले पछि परेको स्थिति... ...

रातोपाटी
बार्सिलोनामाथि पिएसजीको ४-२ गोलको रोमाञ्चक जित
ताजा खबरJust now

बार्सिलोनामाथि पिएसजीको ४-२ गोलको रोमाञ्चक जित

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग फुटबल प्रतियोगिता अन्तर्गत नेपाली समयअनुसार बुधबार बिहान भएको रोमाञ्चक खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले स्पेनिस क्लब बार्सिलोनालाई ४-२ गोलअन्तरले पराजित गरेको छ । खेलमा... ...

रातोपाटी
बिनोद दास मलेसियाली क्रिकेट सङ्घको प्रमुख सञ्चालन अधिकृतमा नियुक्त
ताजा खबरJust now

बिनोद दास मलेसियाली क्रिकेट सङ्घको प्रमुख सञ्चालन अधिकृतमा नियुक्त

काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक बिनोदकुमार दास मलेसियाली क्रिकेट सङ्घको प्रमुख सञ्चालन अधिकृत (चिफ अपरेटिंग अफिसर) मा नियुक्त भएका छन् । मलेसियाली क्रिकेट सङ्घले मंगलबार उनको नियुक्ति घोषणा गरेको हो । करिब ३० वर्षको क्रिकेट अनुभव भएका दासले नेपाली राष्ट्रिय टोलीको कप्तान, प्रशिक्षक तथा क्रिकेट प्रशासकका रूपमा काम गरिसकेका छन्। उनी अन्तर्राष्ट्रिय क्रिकेट परिषद्का प्रशिक्षक प्रशिक्षकसमेत हुन् । मलेसियाली ...

विश्वखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play