मधेसका आठ जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तारमा जोड

जनकपुरधाम । आर्थिक अवस्था कमजोर भएका तथा विपन्न समुदायको सुरक्षित आवासमा पहुँच सुनिश्चित गर्न मधेस प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन्। सुरक्षित आवास निर्माणसँगै आवास वित्त, लघु बीमा तथा वित्तीय र डिजिटल साक्षरताको पहुँच विस्तार गर्न सके विपन्न परिवारको आवास सुरक्षा सुनिश्चित गर्न सहयोग पुग्ने सरोकार भएकाहरूको भनाइ छ। ह्याबिट्याट फर ह्युम्यानिटी नेपालले जर्सी ओभरसिज एड (जेओए) को आर्थिक सहयोगमा सञ्चालित होम्स नेपाल परियोजनाअन्तर्गत जनकपुरधाममा आयोजना गरिएको ‘वित्तीय समावेशीकरण र सुरक्षित आवासका लागि प्रणाली सुदृढीकरणः चुनौती र अवसरहरू’ विषयक कार्यशालामा सहभागीले सुरक्षित आवासलाई विपद् जोखिम न्यूनीकरणको महत्त्वपूर्ण आधारका रूपमा अघि बढाउनुपर्ने बताएका हुन् । कार्यक्रमका मधेस प्रदेशसभा सदस्य सुरिताकुमारी साहले सुरक्षित आवास नागरिकको आधारभूत आवश्यकता भएकाले यसलाई विपद् जोखिम न्यूनीकरणसँग जोडेर अघि बढाउनुपर्ने बताए। आर्थिक अवस्था कमजोर भएका परिवारलाई सुरक्षित आवास निर्माणमा सहयोग पुर्याउन सरकार, स्थानीय तह र सम्बन्धित संस्थाबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्दै उनले यस्ता कार्यक्रम मधेस प्रदेशका आठवटै जिल्लामा विस्तार गरी लक्षित समुदायसम्म पुर्याउनुपर्नेमा जोड दिए । कार्यक्रममा मधेस प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष राजकुमार सिंहले विपन्न समुदायको आवासमा पहुँच पुर्याउन आवास कार्यक्रम प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै पछिल्लो समय मधेस प्रदेशमा सञ्चालित आवास कार्यक्रमहरू बनेको बताए। तीनै तहका सरकार तथा सरोकारवालाबीच समन्वय सुदृढ गर्दै सुरक्षित आवास, आवाससम्बन्धी वित्तीय सेवा, लघु बीमा र डिजिटल वित्तीय सेवामा समुदायको पहुँच विस्तार गर्ने सम्भावना पहिचान गर्ने उद्देश्यले आयोजित सो कार्यक्रममा स्थानीय तह, प्रदेशस्तरीय निकाय, राष्ट्रिय नियामक संस्था, वित्तीय सेवा प्रदायक तथा विकास साझेदार संस्थाका प्रतिनिधिको सहभागिता थियो । कार्यक्रममा सुरक्षित आवास, आवास वित्त, लघु आवास बीमा तथा वित्तीय र डिजिटल साक्षरताका विषयमा छलफल गरिएको थियो । सुरक्षित आवास कार्यक्रमलाई प्रभावकारी बनाउन नीतिगत व्यवस्था, वित्तीय सेवाको पहुँच, संस्थागत समन्वय तथा स्थानीय तहको भूमिकालाई थप सुदृढ बनाउनुपर्ने विषयमासमेत छलफल भएको थियो ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

१० खेलाडीमा सीमित क्रिस्टल प्यालेसमाथि टोटनहमको सहज जित
काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटनहम हट्सपरले क्रिस्टल प्यालेसमाथि २-० गोलको जित निकालेको छ । खेलको १३ औँ मिनेटमै क्रिस्टल प्यालेसका जिन-फिलिप मटेटाले रातो कार्ड खाँदै मैदान छाडेपछि प्यालेस १०... ...

स्याउ विकास बोर्डको स्थापनाका लागि राय सुझाव माग
जुम्ला । कर्णाली प्रदेशमा स्याउ विकास बोर्डको स्थापना तथा सञ्चालन सम्बन्धमा जुम्लाका सरोकारवालासँग शनिबार राय सुझावको माग गरिएको छ । स्याउ संसदीय स्याउ सरोकार समूहको अयोजना तथा कर्णाली प्रदेश सरकार भूमि... ...

लेभान्टेलाई हराउँदै एट्लेटिको ला लिगाको शीर्ष स्थानमा
काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको म्याड्रिडले लेभान्टेमाथि २–० गोलको जित निकालेको छ । एट्लेटिकोको जितमा अलेहान्द्रो ग्रिमाल्डो र गियुलियानो सिमिओनीले एकरएक गोल गरे । खेलको ३६ औँ मिनेटमा... ...

लिड्समाथि बर्नमाउथको सहज जित
काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा बर्नमाउथले लिड्समाथि २–० गोलको जित निकालेको छ । बर्नमाउथलाई जित दिलाउन इभानिल्सन र अमिन अदलीले एक–एक गोल गरे । नेपाली समय अनुसार शनिबार राति सम्पन्न खेलको... ...


