Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

Share:WhatsAppFacebookX (Twitter)Telegram
मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

मेलबर्न । अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली र नक्सा तयार गरेका छन् । यसले भविष्यमा मंगल ग्रहमा अन्वेषण, मानव बस्ती स्थापना तथा खाद्य उत्पादनका लागि सम्भावित स्थान पहिचान गर्न वैज्ञानिकहरूलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । अस्ट्रेलियाको सिड्नी विश्वविद्यालयद्वारा जारी विज्ञप्तिअनुसार, अनुसन्धानकर्ताहरूले मंगल ग्रहका करिब ८० करोड स्थानलाई वर्गीकरण गर्दै माटोका दुई हजार प्रकार पहिचान गरेका छन् । कक्षीय अवलोकन र विभिन्न वैज्ञानिक मोडेलको प्रयोगबाट तयार गरिएको नक्साले मंगल ग्रहमा कुन प्रकारको माटो कहाँ पाइन्छ भन्ने जानकारी प्रदान गर्छ । अनुसन्धानको नेतृत्व गर्नुभएका सिड्नी विश्वविद्यालयका विद्यावारिधि अनुसन्धानकर्ता ड्यानियल इर्भिङका अनुसार यसअघि वैज्ञानिकहरूले मंगल ग्रहको भूगर्भ, खनिज संरचना र रासायनिक गुणहरूको नक्साङ्कन गरिसकेका थिए। तर, नयाँ प्रणालीले माटोका विभिन्न गुणलाई एउटै संरचनामा समेटेर तिनको आपसी सम्बन्ध र भौगोलिक वितरण बुझ्न सहयोग पुर्‍याउनेछ । अनुसन्धानकर्ताहरूले माटोको बनावट, खनिज संरचना, पीएच (अम्लीय वा क्षारीय अवस्था) र तहको मोटाइका आधारमा वर्गीकरण गरेका छन् । यस प्रणालीमा माटोलाई १० प्रमुख समूह, १०० उपसमूह र दुई हजार विस्तृत प्रकारमा विभाजन गरिएको छ । अध्ययनको प्रारम्भिक परीक्षणका रूपमा अनुसन्धानकर्ताहरूले बिरुवा उत्पादनका लागि उपयोगी हुन सक्ने माटोका विशेषताहरूको मूल्याङ्कन गरेका थिए । त्यस क्रममा ‘नोहिबारेथ’ नाम दिइएको माटोको एक प्रकार सबैभन्दा सम्भावनायुक्त देखिएको छ। शून्यदेखि एकसम्मको मापनमा यसले ०.९३ अङ्क प्राप्त गरेको अनुसन्धानमा उल्लेख छ । यद्यपि, यस निष्कर्षको अर्थ मंगल ग्रहको माटोमा सिधै बाली उब्जाउन सकिन्छ भन्ने नभएको अनुसन्धानकर्ताहरूले स्पष्ट पारेका छन् । भविष्यमा मंगल ग्रहमा मानव बस्ती स्थापना गरी खाद्य उत्पादन गर्न नियन्त्रित वातावरण, पानी, आवश्यक पोषक तत्त्व तथा सम्भावित हानिकारक पदार्थको उचित व्यवस्थापन आवश्यक पर्नेछ । माटो विज्ञानसम्बन्धी जर्नल ‘क्याटेना’ मा प्रकाशित यस अध्ययनले मंगल ग्रहको माटोका वर्गलाई जनाउन ‘एरेथ्स’ शब्द प्रस्ताव गरेको छ । यो शब्द मंगल ग्रहसँग सम्बन्धित प्राचीन ग्रिक नाम ‘एरेस’ बाट लिइएको हो । अनुसन्धान टोलीका अनुसार पृथ्वीमा मंगल ग्रहको माटोसँग मिल्दोजुल्दो मिश्रण तयार गरी नियन्त्रित अवस्थामा थप परीक्षण गर्न सकिनेछ। भविष्यमा मंगल ग्रहमा पठाइने रोभरबाट प्राप्त मापन तथा त्यहाँबाट ल्याइने माटोका नमुनाले पनि तयार गरिएका वैज्ञानिक मोडेलको विश्वसनीयता जाँच्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

दसैँमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
ताजा खबरJust now

दसैँमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बडादसैँका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएको छ । दसैँका समयमा औद्योगिक तथा व्यावसायिक गतिविधि कम हुने भए पनि घरपरिवार, धार्मिक स्थल, बजार तथा सार्वजनिक क्षेत्रमा विद्युत् खपतको प्रकृति फरक हुने भएकाले विद्युत् प्रणालीको सुरक्षित र भरपर्दो सञ्चालनलाई प्राधिकरणले प्राथमिकतामा राखेको छ । प्राधिकरणका ...

कर्पोरट खबर
मुक्त कमैया बस्तीमा  छैन दसैँको उत्साह
ताजा खबरJust now

मुक्त कमैया बस्तीमा छैन दसैँको उत्साह

सन्तोष दहितदाङ, असोज ३१ गते । देशभर दसैँको रौनक छाएको छ । रोजगारीको सिलसिलामा गाउँबाट सहर, जिल्ला बाहिर र विदेश पुगेका नेपाली घर फर्किन थालेका छन् । गाउँघरमा दसैँको चहलपहल बढेको छ... ...

गोरखापत्र
अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक
ताजा खबरJust now

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ । बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म अस्थायी मर्मतपछि सञ्चालनमा आएका छन् । सडक सञ्चालनमा आएपछि दसैँ मनाउन घर फर्किने यात्रुलाई सहज भएको छ । यही असोज ९... ...

रातोपाटी
इरफान पठान पोखराको क्रिकेट एम्बासडर
ताजा खबरJust now

इरफान पठान पोखराको क्रिकेट एम्बासडर

पोखरा एभेन्जर्सले एनपीएलको तेस्रो संस्करणलाई भारतका पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर इरफान पठानलाई क्रिकेट एम्बासडर नियुक्त गरेको छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play