Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/मकवानपुरमा ईभी दुर्घटना हुँदा ११ जना घाइते, एकको अवस्था गम्भीर

मकवानपुरमा ईभी दुर्घटना हुँदा ११ जना घाइते, एकको अवस्था गम्भीर

Share:WhatsAppFacebookX (Twitter)Telegram
मकवानपुरमा ईभी दुर्घटना हुँदा ११ जना घाइते, एकको अवस्था गम्भीर

मकवानपुर। हेटौँडा–भैँसे सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका–१ बादरेभीरमा भाडाको विद्युतीय गाडी (ईभी) दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीका अनुसार आइतबार १ गते दिउँसो करिब १२ः३० बजे काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ज ०६७४ नम्बरको ईभी सडकको दाहिनेतर्फको भित्तामा ठोक्किएर बायाँतर्फको नालामा खसेको थियो। दुर्घटनामा रौतहटको दुर्गा भगवती गाउँपालिका–१ का ५० वर्षीय हरि साह गम्भीर घाइते भएका छन्। उनको मुखमा चोट लागेको र थप उपचारका लागि चितवनस्थित सीएमसी अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका अन्य व्यक्तिहरूमा रौतहट दुर्गा भगवतीका राजेश साह, चन्दा कुमारी साह, शिवा कुमारी साह र बालबालिकासहित अन्य यात्रु रहेका छन्। भारतको बिहार, मोतिहारीका सर्फे आलम पनि घाइते भएका छन्। त्यस्तै, रौतहटका सबिता कुमारी चौधरी, राहुल ठाकुर र विजय कुमार ठाकुर घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइते हरि साहलाई चितवन रिफर गरिएपछि उनका छोरीहरू चन्दा कुमारी र शिवा कुमारी तथा नातिनातिनासमेत थप उपचारका लागि चितवनस्थित सीएमसी अस्पताल गएको प्रहरीले जनाएको छ। दुर्घटनामा सामान्य अवस्थामा रहेका दुई बालबालिकासहित केही यात्रुलाई पनि चोटपटक लागेको प्रहरीले प्रहरीले जनाएको छ। दुर्घटनापछि ईभी चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। गाडीका साहु शिवकान्त झासँग सम्पर्क भएको तथा दुर्घटनाका कारण सडक अवरुद्ध नभएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

बडादसैँ मनाउन उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए
ताजा खबरJust now

बडादसैँ मनाउन उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ । बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख नजिक पुगेको छ । घटस्थापनादेखि असोज ३१ गतेसम्म सार्वजनिक यातायातमार्फत चार लाख ९६ हजार ३२३ यात्रुले उपत्यका छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार असोज २५ गतेदेखि यात्रु बाहिरिने क्रम जारी छ । हिजोअस्तिको तुलनामा आज बाहिरिने यात्रीको सङ्ख्या घटेको छ । गोँगबुस्थित नयाँबसपार्क, माछापोखरी, कलङ्की, बल्खु, ...

कर्पोरट खबर
दशैँतिहार र नेपाली मूलसँग जोडिएको भावनाबारे ब्रिटेनमा बस्ने नयाँ पुस्ता
ताजा खबरJust now

दशैँतिहार र नेपाली मूलसँग जोडिएको भावनाबारे ब्रिटेनमा बस्ने नयाँ पुस्ता

ब्रिटेनको ब्ल्याकपुल शहरमा आफ्ना बाबा, आमा र दिदीसँग बसोबास गर्ने १८ वर्षीय दिवस सुनार हालै प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालयमा चिकित्साशास्त्र अध्ययनका लागि छनोट भएका छन्। ब्रिटेनमै जन्मिएका उनलाई दशैँतिहार जस्ता चाड निकै मन पर्छन्।सुदूरपश्चिम नेपालको महेन्द्रनगरमा रहेका आफ्ना नातेदारहरूलाई भेट्न तीन, चार पटक नेपाल पुगिसकेका दिवसलाई नेपाली समुदाय, फुपू र परिवारसँग मिलेर पूजापाठ गर्नुका साथै मान्यजनबाट टीका र आशीर्वाद थाप्न निकै ...

बीबीसी नेपाली
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की
ताजा खबरJust now

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी।प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव र नयाँ पुस्ताका लागि प्रेरणाको जीवन्त पाठशाला भएको बताएका छन्। करिब ५०० वर्ष पुरानो धार्मिक तथा ऐतिहासिक महत्व बोकेको गुल्मीको मालिका गाउँपालिका–८ स्थित ऐतिहासिक मर्भुङकोट मन्दिरको आज उद्घाटन गर्दै उनले धार्मिक आस्था र सांस्कृतिक सम्पदाको संरक्षणसँगै समाजमा सामाजिक सद्भाव कायम गर्नुपर्ने बताए। महानिरीक्षक कार्कीले धार्मिक पर्यटनको सम्भावना बोकेको मर्भुङकोट क्षेत्रको विकासका लागि सडक ...

नेपालन्युज
दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका
ताजा खबरJust now

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

दसैँका सामान भित्र्याउन तातोपानी नाका आजदेखि अस्थायी रूपमा सञ्चालनमा आएको छ। नाका खुलेसँगै चीनका स्वशासित क्षेत्र सिचाङबाट बिहानैदेखि मालवाहक सवारीसाधन नेपाल प्रवेश गरेका छन्।  तातोपानी भन्सार कार्यालयका प्रमुख दीपेन्द्रप्रकाश गिरीका अनुसार चाडपर्वका सामान तथा अन्य अत्यावश्यक सामग्रीको आपूर्ति नेपालमा सहज बनाउने उद्देश्यले चिनियाँ पक्षले तीन दिनका लागि नाका खोल... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play