Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

मंसिर १० गतेदेखि चन्द्रागिरि क्रिकेट च्याम्पियनसिप टी-१० सिजन-२ आयोजना हुँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
मंसिर १० गतेदेखि चन्द्रागिरि क्रिकेट च्याम्पियनसिप टी-१० सिजन-२ आयोजना हुँदै
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौं । चन्द्रागिरि क्रिकेट एसोसिएसन नेपाल (सीसीएएन) ले चन्द्रागिरि नगरपालिकाको सहयोगमा चन्द्रागिरि क्रिकेट च्याम्पियनसिप टी–१० सिजन–२ आयोजना गर्ने भएको छ। स्थानीय स्तरमा क्रिकेट खेलको विकास, प्रतिभावान खेलाडीको पहिचान तथा उत्पादन गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको एसोसिएसनले जनाएको छ। युवालाई खेलकुदप्रति आकर्षित गर्दै क्रिकेटलाई सम्मानजनक र व्यावसायिक क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य पनि प्रतियोगिताले लिएको छ। प्रतियोगिता २०८३ साल मंसिर १० गतेदेखि १५ गतेसम्म चन्द्रागिरि नगरपालिका–६, गोलढुंगास्थित मदन भण्डारी खेल मैदानमा सञ्चालन हुनेछ। एसोसिएसनका प्राबिधिक निर्देशक रविन्द्र गुप्ताका अनुसार प्रतियोगितामा कुल आठ टोलीको सहभागिता रहनेछ। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी प्रत्येक समूहमा चार–चार टोली राखिने आयोजकले जनाएको छ। प्रतियोगिता ड्युस बल प्रयोग गरी टी–१० ढाँचामा सञ्चालन गरिने गरिने प्राबिधिक निर्देशक गुप्ताको भनाईछ । चन्द्रागिरि क्रिकेट एसोसिएसन नेपाल (सीसीएएन) का अध्यक्ष प्रजिबन प्रधानका अनुसार प्रतियोगितामा विजेता टोलीले नगद ७० हजार रुपैयाँ र उपविजेता टोलीले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यसका अतिरिक्त उत्कृष्ट खेलाडीलाई प्रोत्साहन तथा सम्मान गर्न विभिन्न विधामा विशेष पुरस्कारको व्यवस्था गरिएको पनि बताए । प्रतियोगितामा प्लेयर अफ द म्याच, प्लेयर अफ द टुर्नामेन्ट, उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार तथा विजेता र उपविजेता टोलीलाई ट्रफी र मेडल प्रदान गरिनेछ। विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई आकर्षक गिफ्ट ह्याम्परसमेत प्रदान गरिनेछ ।एसोसिएसनले प्रतियोगितामार्फत स्थानीय तथा राष्ट्रिय स्तरका क्रिकेट प्रतिभालाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै युवामा अनुशासन, एकता, प्रतिस्पर्धात्मक भावना र सकारात्मक सोचको विकास हुने विश्वास लिएको छ। प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न चन्द्रागिरि नगरपालिका, स्थानीय संघसंस्था, खेलप्रेमी, प्रायोजक, सञ्चारकर्मी तथा सम्पूर्ण सरोकारवालासँग आयोजकले सहयोग र सहभागिताका लागि अपिल गरेको छ। प्रतियोगिताका खेलहरू cric.club.com मार्फत प्रत्यक्ष हेर्न सकिने व्यवस्था गरिएको आयोजकले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कामपाले १० बालबालिलाई जलवायु परिवर्तन सद्भावना दूत बनाउँदै
Latest NewsJust now

कामपाले १० बालबालिलाई जलवायु परिवर्तन सद्भावना दूत बनाउँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलनका प्रयासलाई प्रभावकारी बनाउन सोमबारदेखि ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०८३’ आयोजना गर्ने भएको छ । सप्ताहका अवसरमा १० जना बालबालिकालाई जलवायु परिवर्तन सद्भावना दूत घोषणा गरिनेछ । स्थानीय तहमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, अनुकूलन तथा जलवायु उत्थानशील सहर निर्माणका लागि आगामी कार्यक्रम आयोजना गर्न लागिएको महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिइन ...

कर्पोरट खबर
हवाई मार्ग खुल्ने आशमा लुम्बिनी
Latest NewsJust now

हवाई मार्ग खुल्ने आशमा लुम्बिनी

रुपन्देही। प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणसँगै नयाँ हवाई प्रवेशमार्गका विषयमा सहमति हुने आशा लुम्बिनी क्षेत्रमा बढेको छ । नेपाल–भारतबीच हवाई मार्ग प्रयोगबारे सहमति जुटे गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा आउने र यसले पर्यटन तथा व्यापारिक गतिविधि बढाउने विश्वास स्थानीयवासी र व्यवसायीले गरेका छन् । भैरहवा र पोखरा अन्तरराष्ट्रिय विमानस्थलका लागि थप हवाई प्रवेश विन्दु उपलब्ध गराउने, महेन्द्रनगरलगायत हवाई मार्गलाई दुईतर्फी ...

नेपालन्युज
काठमाण्डुबाट १० बालबालिका जलवायु परिवर्तन सद्भावना दूत बन्दै
Latest NewsJust now

काठमाण्डुबाट १० बालबालिका जलवायु परिवर्तन सद्भावना दूत बन्दै

काठमाण्डु – काठमाण्डु महानगरपालिकाले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलनका प्रयासलाई प्रभावकारी बनाउन सोमबारदेखि ‘काठमाण्डु जलवायु कार्य सप्ताह २०८३’ आयोजना गर्ने भएको छ । सप्ताहका अवसरमा १० जना बालबालिकालाई जलवायु परिवर्तन सद्भावना दूत घोषणा गरिनेछ । स्थानीय तहमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, अनुकूलन तथा जलवायु उत्थानशील सहर निर्माणका लागि आगामी कार्यक्रम आयोजना गर्न लागिएको महानगरपालिकाकी […] ...

काठमाण्डुपाटी
तीन दिने कृषि यान्त्रीकरण प्रदर्शनी सम्पन्न, ४२ हजार १४९ दर्शकले गरे अवलोकन
Latest NewsJust now

तीन दिने कृषि यान्त्रीकरण प्रदर्शनी सम्पन्न, ४२ हजार १४९ दर्शकले गरे अवलोकन

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि सञ्चालन भएको आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३ आइतबार सम्पन्न भएको छ । तीन दिनसम्म सञ्चालन भएको प्रदर्शनीमा ४८ हजार ९७१ जनाले अवलोकन गरेका छन् । प्रदर्शनीको अन्तिम दिन आइतबार मात्रै करिब २० हजार दर्शकले अवलोकन गरेका हुन् । आधुनिक कृषि उपकरण, मेसिनरी तथा प्रविधिबारे जानकारी लिन काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लाबाट किसान, कृषि उद्यमी, व्यवसायी, विद्यार्थी ...

लुम्बिनी सञ्चार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement