मंगलवारदेखि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही भू–भागमा वर्षा हुनसक्ने सम्भावना रहे पनि त्रसित नहुन सबैसँग अनुरोध गरेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजन महर्जनले हाल सामाजिक सञ्जालमा फैलाइएको हल्लालाई लक्षित गर्दै केही भागमा वर्षा भए पनि आत्तिनुपर्ने अवस्था नरहेको स्पष्ट गरे। “आगामी मङ्गलबारदेखि वर्षाको सम्भावना छ । तर, कुन स्थानमा कति र कहिलेसम्म वर्षा हुन सक्छ निश्चित छैन,” उनले भने, “अहिले सामाजिक सञ्जालतिर साता दिनसम्म वर्षा हुने भनेर फैलाइएको खबरले विशेषगरी किसान त्रसित देखिन्छन्। मौसमी प्रणाली परिवर्तनशील छ, हल्लाको पछि नलाग्न र त्रसित नहुन सबैमा अनुरोध छ।” मौसमविद् महर्जनका अनुसार नेपालको सन्दर्भमा तीन दिनसम्म पूर्वानुमान धेरै हदसम्म मिल्ने तर साता दिनसम्मको मिल्दैन। “अब केही दिनपछि आगामी साता हुने वर्षाका बारेमा सूचना सम्प्रेषण गर्नेछौँ। मौसम तथा वर्षाको विषयमा विभागको आधिकारिक सूचनालाई मात्रै विश्वास गर्नुहुन अनुरोध छ”, उनले भने।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

श्रीलङ्काली स्टार अलराउन्डर एन्जेलो म्याथ्युजले विराटनगर किंग्सबाट एनपीएल खेल्ने
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्सले श्रीलंकाका अनुभवी क्रिकेटर तथा पूर्व कप्तान एन्जेलो म्याथ्युजलाई अनुबन्ध गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो उत्कृष्ट ब्याटिङ, उपयोगी... ...

गुम्बाको शरणमा भोटेकोशी बाढीपीडित : मन भने अझै टिमुरेकै थातथलोमा
काठमाडौँ । स्वयम्भूको शान्त डाँडामा बिहानैदेखि बौद्ध मन्त्रका गुञ्जन सुनिन्छन् । हावामा फरफराइरहेका लुङ्दार र घिउका बत्तीहरूको मधुरो सुवासबिच मुस्ताङ गुम्बाको आँगनमा छन्- भोटेकोशी बाढीबाट बिस्थापित टिमुरेका स्थानीय । गत भदौ... ...

धरानमा दसैंमा २६ करोड बढीको खसी–बोका कारोबार
सुनसरी।बडादसैंलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यस वर्ष २६ करोड २५ लाख बराबरको खसी–बोका कारोबार भएको छ। कोशी प्रदेशका पहाडी जिल्लाबाट किसान तथा व्यापारीले बिक्रीका लागि ल्याएका खसी–बोकाको माग बढेपछि गत वर्षको तुलनामा यस वर्ष करिब १५ प्रतिशतले कारोबार वृद्धि भएको कृषिउपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए। गत वर्ष २०८२ को दसैंमा कृषिउपज बजारबाट २३ करोड बराबरको खसी–बोका कारोबार भएको ...

दसैँको टीकाकै दिन मोरङका दोर्ण पोल्यान्डमा अस्ताए
युरोपेली मुलुक पोल्यान्डमा दसैँको टीकाको दिन एक नेपालीको मृत्यु भएको छ। मोरङ उर्लाबारी, स्कुलडाँडाका ५० वर्षीय दोर्ण प्रसाद गौतमको बुधबार मृत्यु भएको हो। गौतमको निधन सुतेको अबस्थामा भएको सँगै काम गर्ने उनकी बहिनी ज्वाइँ मोरङ रङ्गेलीका राजेश अधिकारीले पुष्टि गरे। राजेश र दोर्ण रोजगारीको सिलसिलामा एकैदिन सन् २०२३ अक्टोबर २ मा पोल्यान्ड आएका थिए। उनको मृत्... ...


