भौगोलिक सीमा नाघेर आक्रमण गर्न खामेनीको आदेश

तेहरान । इरानका सर्बोच्च नेता अयोतोल्लाह मोज्तबा खामेनीले शत्रु पक्षले गर्ने कुनै पनि आक्रमणविरुद्ध कडा प्रत्याक्रमण गर्न इरानी सेनालाई आदेश दिएका छन् । उनले इरानको आक्रमण कुनै पनि भूगोलमा सिमित हुन नहुने बताए । यसअघि इरानले पश्चिम एशियाली देशहरुमा मात्रै प्रत्याक्रमण गर्ने गरेको थियो । तर, खामेनीले अमेरिका वा कुनै पनि शत्रु राष्ट्रले आक्रमण गर्दा भौगोलिक रुपमा सिमित नभई शक्तिशाली प्रत्याक्रमण गर्न आदेश दिए । इरानी सञ्चारमाध्यम ‘इर्ना’ का अनुसार, वरिष्ठ सैन्य कमाण्डरहरूसँगको भेटघाटमा खामेनीले यस्तो आदेश दिएका हुन् । ‘यदि शत्रुहरूले फेरि एकपटक सैन्य वा आतंकवादी आक्रमण गर्ने दुसाहास गरे भने उनीहरूको अन्त्यको समय र परिस्थिति इस्लामिक गणतन्त्रका सशस्त्र बलहरू र इरानी जनताले नै निर्धारण गर्नेछन्,’ खामेनीले चेतावनी दिएका छन् । यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मध्यावधि चुनावपछि इरानमा आक्रमण गर्नसक्ने संकेत गरेका थिए । यसका लागि अमेरिकाले ठूलो संख्यामा जलसेनालाई पश्चिम एशियामा परिचालित गर्दैछ । अमेरिकाले आफ्ना पश्चिम एशियाली सहयोगी देशहरुलाई पनि इरानबाट हुनसक्ने सम्भावित प्रत्याक्रमणको तयारी गर्न आग्रह गरेको छ । अमेरिकी सञ्चारमाध्यम एमएस नाऊको रिपोर्टअनुसार ४ नोभेम्बरदेखि नै इरानसँगको युद्धका लागि तयार अवस्थामा रहन पश्चिम एशियाली देशहरुलाई आग्रह गरिएको छ । अमेरिकामा ३ नोभेम्बरमा मध्यावधि चुनाव हुँदैछ । एमएस नाऊले कुराकानी गरेका खाडी राष्ट्रका तीन वरिष्ठ अधिकारीहरुका अनुसार अमेरिकाले आगामी आक्रमण निकै तिव्र हुने र छोटो समयमात्रै चल्ने जानकारी गराएको छ । तर खाडी राष्ट्रहरु नयाँ चरणको युद्धलाई लिएर त्रसित देखिएका छन् । युद्ध सुरु भएपछि इरानले आफ्ना देशमा रहेका पूर्वाधारहरुमा प्रत्याक्रमण गर्नसक्ने भय उनीहरुलाई छ । २८ फेब्रुअरीमा युद्ध सुरु भएदेखि नै इरानले पश्चिम एशियाली देशहरुलाई निशाना बनाउँदै आएको छ । एक अधिकारीले एमएस नाऊसँग भनेका छन्, ‘कुनै खाडी राष्ट्रले आफ्नो देशमा रहेको अमेरिकी सैन्य अखडा अमेरिकालाई प्रयोग गर्न नदिएमा पनि हामी अचम्मित हुनेछैनौं । किनकि, इरानको प्रत्याक्रमणलाई लिएर उनीहरु चिन्तित छन् ।’
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

अमेरिकामा 'करी' भित्र्याउने भारतीय सेफ, जो पछि रहस्यमय रूपमा हराए
काठमाडौँ । सन् १९०१ मा एक भारतीय सेफले अमेरिकामा सम्भवतः पहिलो भारतीय रेस्टुराँ खोलेका थिए । रञ्जी स्माइल अमेरिकी खानपानको क्षेत्रमा प्रभाव पार्ने सबैभन्दा रोचक र रहस्यमय व्यक्तित्वमध्ये एक थिए... ...

खाँडाचक्र नगरपालिकाको भवन निर्माणका क्रममा खसेको पहिरोले स्थानीयको घर नै जोखिममा (तस्बिरहरू)
कालिकोट । कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले स्थानीयको घर नै जोखिममा परेको छ । खाँडाचक्र–१ मान्मा सेरापाटामा निर्माणाधीन भवनको जग खन्दा गत भदौमा पहिरो खसेको थियो ।... ...

एनपीएल : आज जनकपुर र पोखरा भिड्ने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत आइतबार जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुने भएको छ । त्रिवि क्रिकेट मैदानमा आइतबार साँझ ५ बजे यी दुई टिमबीच आमने-सामने हुनेछन् । जनकपुर आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो भने दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई पराजित गरेर जितको सुरुवात गरेको थियो । पोखरा एभेन्जर्स भने पहिलो खेलमा सुदूरपश्चिम ...

‘अब आफ्नै जग्गाको मालिक भयौँ’
सन्तोष दहितदाङ, कात्तिक १५ गते । “अब आफ्नै जग्गाको मालिक भयौँ’ भन्दै लालपुर्जा हातमा लिएर खुसीका आँसु पुछ्दै हुनुहुन्थ्यो गढवा गाउँपालिका–३, गोबरडिहाका मङ्गलप्रसाद कुमाल । झन्डै दु... ...


