भोटेकोशी विपद्को पुनर्स्थापना र पुनर्निर्माणमा साढे ६ खर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान

काठमाडौं, कात्तिक ११ । सरकारले भोटेकोशी विपद्बाट भएको क्षतिको पुनर्स्थापना र पुनर्निर्माणका लागि झन्डै ६ खर्ब ३४ अर्बदेखि ६ खर्ब ४१ अर्ब रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरेको छ । राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा कृषि, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता डा. महेश्वर ढकालले प्रारम्भिक पुनर्स्थापनाका लागि मात्रै तत्काल ५७ मिलियन अमेरिकी डलर अर्थात् झन्डै ७ अर्ब ६९ करोड रुपैयाँ आवश्यक रहेको जानकारी दिनुभयो । सरकार एक्लैले आवश्यक रकम जुटाउन नसक्ने भएकाले अन्तर्राष्ट्रिय ‘लस एन्ड ड्यामेज फन्ड’बाट २० मिलियन अमेरिकी डलर अर्थात् झन्डै २ अर्ब ७० करोड रुपैयाँ प्राप्तिका लागि प्रस्ताव पेस गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । बैठकमा समितिका सभापति कृष्णप्रसाद पौडेलले विपद्बाट प्रभावित ४९ वटै वडामा कृषि, पशुपक्षी, जमिन र जैविक विविधतामा भएको क्षतिको विस्तृत विवरण मन्त्रालयसँग माग गर्नुभएको छ । मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले किसान सूचीकरण र उत्पादकत्वका आधारमा क्षतिको अन्तिम मूल्याङ्कन भइरहेको र विवरण चाँडै समितिलाई बुझाइने बताउनुभयो । समितिले कात्तिक १७ देखि २१ गतेसम्म रसुवा, नुवाकोट र धादिङका प्रभावित क्षेत्रमा स्थलगत अनुगमन गर्ने कार्यतालिका बनाएको छ ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

KENT का आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
काठमाडौं- आधुनिक जीवनशैलीमा सुरक्षित, सहज र भरपर्दो तातोपानीको आवश्यकतालाई ध्यानमा राख्दै KENT ले आफ्ना विभिन्न मोडेलका इलेक्ट्रिक वाटर हिटरमार्फत उपभोक्तालाई नवीन प्रविधि, प्रभावकारी कार्यक्षमता र सुरक्षाको संयोजन प्रदान गर्दछ। KENT का Polar, ThermoQ र Heatwave ...

पोखरामा हुँदैछ पल्सर आरपीएम, स्टन्टदेखि स्ट्रीट कल्चरसम्मको रोमाञ्च
मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई एउटै मञ्चमा जोड्दै पल्सर आरपीएम कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा ...

नेपाल बैंकको सर्वसुलभ आवास कर्जा योजना सार्वजनिक
काठमाडौं- नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले विशेष छुट सुबिधा सहितको घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले आफ्नो स्थापनाको ९०औं बार्षिकोत्सवको अवसर पारेर ९० दिनको लागि न्यून ब्याजदर तथा सेवा शुल्कमा ने.बैं.लि. सर्वसुलभ ...

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे, पाँचतारे होटल र क्यासिनो निर्माण अन्तिम चरणमा
काठमाडौं । लुम्बिनी केबलकारमा भारतीय पर्यटकको सङ्ख्या एक वर्षमा २४ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको तुलनामा भारतीय पर्यटकको आगमन बढेको कम्पनीले जनाएको छ । मंगलबार सम्पन्न कम्पनीको २३औँ वार्षिक साधारण सभामा अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको सञ्चालक समितिको वार्षिक प्रतिवेदनअनुसार केबलकार यात्रा गर्ने कुल पर्यटकमध्ये भारतीयको हिस्सा २९ प्… ...


