भृकुटीमण्डपमा टीभीएसको ‘अचम्मैको महाएक्सचेन्ज मेला’ सुरु, के-के छ अफर ?

काठमाडौं । चाडपर्वको अवसर पारेर टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले काठमाडौंको भृकुटीमण्डपमा ‘टीभीएस अचम्मैको महाएक्सचेन्ज मेला’ सुरु गरेको छ । कात्तिक १२ देखि १८ गतेसम्म सञ्चालन हुने मेलामा ग्राहकले पुराना मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गरी नयाँ टीभीएसका सवारीसाधन खरिद गर्न सक्नेछन् । सात दिनसम्म सञ्चालन हुने मेलामा पुराना सवारीसाधनको आकर्षक मूल्यांकन, विशेष छुट तथा फाइनान्स सुविधाको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । मेलाको मुख्य आकर्षणका रूपमा ‘टीभीएस गोल्डेन की अफर’ रहेको छ । कम्पनीका अनुसार उक्त अफरअन्तर्गत ग्राहकले सवारीसाधनको खरिद मूल्यको शतप्रतिशतसम्म क्यासब्याक वा गोल्डेन कीमार्फत १० लाख रुपैयाँसम्म नगद छुट पाउने अवसर प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, मेलामा प्रत्येक दिन दुई जना भाग्यशाली विजेताले पाँच वर्षसम्म निःशुल्क सर्भिसिङ सुविधा पाउनेछन् । पुराना मोटरसाइकल तथा स्कुटरको मूल्यांकनका लागि ५० जनाभन्दा बढी अनुभवी मूल्यांकनकर्ता परिचालन गरिएको कम्पनीले जनाएको छ । मेलामा नागरिकता र सवारीचालक अनुमतिपत्रका आधारमा सहज फाइनान्स सुविधा पनि उपलब्ध गराइनेछ । यद्यपि, फाइनान्स सुविधा सम्बन्धित वित्तीय संस्थाका सर्त तथा ग्राहकको योग्यतामा निर्भर रहने कम्पनीले स्पष्ट पारेको छ । जगदम्बा मोटर्सका नेसनल सेल्स हेड हरि न्यौपानेले मेलामार्फत ग्राहकलाई पुराना सवारीसाधनको मूल्यांकन, विशेष अफर र फाइनान्स सुविधासहित नयाँ सवारीसाधन खरिद गर्ने अवसर एकै स्थानमा उपलब्ध गराउन खोजिएको बताए । कम्पनीका अनुसार मेलामा ग्राहकले विभिन्न मोडलका टीभीएस मोटरसाइकल तथा स्कुटरबारे जानकारी लिनुका साथै पुराना सवारीसाधनको मूल्यांकन गराउन र उपलब्ध अफरको लाभ लिन सक्नेछन् । शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स सन् २०१५ देखि नेपाली बजारमा सक्रिय छ । कम्पनीले टीभीएसका मोटरसाइकल तथा स्कुटर बिक्री गर्नुका साथै देशभरका डिलर तथा सर्भिस नेटवर्कमार्फत बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ । भृकुटीमण्डपमा सञ्चालन भइरहेको मेला कात्तिक १८ गतेसम्म जारी रहने कम्पनीले जनाएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

६ ओभरमा ८० रन चाहिए पनि जित्छौँ भन्ने विश्वास थियो : सोमपाल कामी
काठमाडौँ। कर्णाली याक्सका कप्तान सोमपाल कामीले व्यक्तिगत उपलब्धिभन्दा टोलीको जित र प्राप्त हुने २ अङ्क महत्त्वपूर्ण रहेको बताएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार विराटनगर किङ्सलाई ६ विकेटले हराएपछि... ...

चम्किएका युवा बलर राहुल
ट्यालेन्ट हन्टमा ४ सयभन्दा बढी खेलाडीबाट छानिएका जनकपुर बोल्ट्सका युवा बलर राहुल यादवले काठमान्डु गोर्खाजको लिए महत्त्वपूर्ण ४ विकेट ...

इजरायलको चुनावमा विदेशी हस्तक्षेपको आशंका, अनुसन्धान गर्न निर्वाचन आयोगको आदेश
इजरायलमा अक्टोबर २७ मा भएको संसदीय चुनावमा विदेशी हस्तक्षेपको आशंका गरिएको छ। यसैकारण निर्वाचन आयोगले सिन बेट अनुसन्धान एजेन्सीलाई यस विषयमा अनुसन्धान गर्न आदेश दिएको छ। द टाइम्स अफ इजरायलका अनुसार एजेन्सीले एक हप्ताभित्र आफ्नो प्रतिवेदन बुझाउनेछ। प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको लिकुड पार्टीले कतार र टर्कीबाट इजरायल र वेस्ट बैंकमा पैसा पठाइएको आशंका... ...

खगेन्द्र सुनारले छानबिन समितिसमक्ष दिए बयान
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय अनुशासन आयोगले बनाएको छानबिन समितिमा पुगेर सांसद खगेन्द्र सुनारले बयान दिएका छन्। महिलालाई हिंसात्मक शैलीमा गाली गरेको अडिओको सत्यताबारे सुनारले बिहीबार समितिका सदस्यसँग बयान दिएका हुन्। बाहिर सार्वजनिक भएका कुरा र उनले लिखित जवाफमा प्रष्ट पार्न नसकेको विषयमा केन्द्रित भएर प्रश्नोत्तर शैलीमै बयान लिइएको छ। सुनारसँग बयान ल... ...


