Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

भुवनेश्वरी गणेश फल्चा पुनरुत्थान गरिने, आज शिलान्यास

Share:WhatsAppFacebookX (Twitter)Telegram
भुवनेश्वरी गणेश फल्चा पुनरुत्थान गरिने, आज शिलान्यास
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले विकासका लागि समय समयमा गरेका पूर्वाधार निर्माणले नासिएका प्राचीन स्मारक, संरचना तथा कलाकृतिलाई पुनरुत्थानका लागि काम गरिरहेको बताउँदै काठमाडौं महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नं. ८ का अध्यक्ष आशामान संगतले, यस्ता सम्पत्तिको पुनरुत्थानका लागि निकायगत कार्यालयबाट पर्याप्त सहयोग प्राप्त हुन नसकेको अनुभव सुनाए । आज वडा नं. ८ भुवनेश्वरी भकुंटोलमा रहेको भुवनेश्वरी गणेश फल्चाको पुनरुत्थानका लागि शिलान्यास गर्दै उनले यस्तो बताए । ‘काठमाडौँ नगर पञ्चायतले २०३९ सालमा बनाएको इन्भेन्ट्रीमा यसको निर्माण मिति १९९३ भएको देखिन्छ । इन्भेन्ट्री बनाउँदा देवपतनमा रहेको फल्चाको भौतिक अवस्था नराम्रो भनेर उल्लेख गरिएको छ । यस्तो नराम्रो अवस्थामा रहेको फल्चा निर्माण गर्नुको साटो पशुपति क्षेत्रको विकास गर्ने बेला नामनिशान मेटाइयो । भौतिक स्वरुपबाट पूर्ण हटाइएको फल्चालाई पुरानो दस्तावेजका आधारमा हामीले पुनरुत्थान थालेका हौँ ।’ यही वडाका अध्यक्ष समेत रहेका संगतले थप्दै भने, ‘फल्चा मासेर सटरयुक्त संरचना बनाइएका र व्यापारिक प्रयोजनमा उपयोग भइरहेका ठाउँ खाली गरेर अबको १५ दिनभित्रमा अरु फल्चाको पनि शिलान्यास गर्ने तयारीमा छौँ ।’ इन्भेन्ट्रीमा भनिएको छ, ‘झिँगटीको छाना हाली प्राचीन शैलीमा निर्माण गरिएको यस पाटीको वर्तमान अवस्थाले यथाशीघ्र जीर्णोद्धार कार्य थालनी गर्नुपर्ने संकेत गरेको छ । पश्चिम मोहडाको यस पाटीको पूर्वमा घर, पश्चिममा पशुपति जाने बाटो, उत्तरमा घर र दक्षिणमा गोरेटो बाटो पर्दछ । हाल यस सत्तलमा घरबारबिहीन एक परिवारले बसोबास गरेको छ ।’ यो फल्चाको लम्बाइ १२ फिट ३ इञ्च र चौडाइ ६ फिटको छ । आज शिलान्यास गरिएको फल्चाको पश्चिममा भूःबहाल (बालकुमारी रोड), उत्तरमा भुवनेश्वरी मन्दिर र नासः ननी र दक्षिणमा गौशालातर्फ जाने सडक छ । यो फल्चा वरिपरिका विभिन्न स्थानको चौबाटोमा छ । फल्चा निर्माण गर्दा पुरातत्व विभागका सहमति लिएर पुरानै शैली र स्वरुप तथा परम्परागत निर्माण सामग्रीको प्रयोग गरेर बनाइँदैछ । The post भुवनेश्वरी गणेश फल्चा पुनरुत्थान गरिने, आज शिलान्यास appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अमिताभ बच्चनपछि सैफ अली खानलाई धम्की
Latest NewsJust now

अमिताभ बच्चनपछि सैफ अली खानलाई धम्की

बलिउड अभिनेता सैफ अली खानलाई ज्यान मार्ने धम्की आएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार बाबा सिद्दिकी हत्याकाण्डका वान्टेड अभियुक्त जिशान अख्तरको नामबाट खानलाई मार्ने धम्की आएको हो।  यो पछिल्ला केही हप्तामा फिल्म स्टारहरूलाई धम्की दिइएको पछिल्लो घटना हो। यसअघि अमिताभ बच्चन, आयुष्मान खुराना र तुषार कपुरलाई यस्तै धम्की दिइएको छ। मुम्बई प्रहरीले यस विषयम... ...

नेपालखबर
सुरक्षण मुद्रण केन्द्रद्वारा प्रधानमन्त्री राहत कोषमा एक करोड पाँच लाख सहयोग
Latest NewsJust now

सुरक्षण मुद्रण केन्द्रद्वारा प्रधानमन्त्री राहत कोषमा एक करोड पाँच लाख सहयोग

• सुरक्षण मुद्रण केन्द्रले बाढी प्रभावित नागरिकको राहतका लागि प्रधानमन्त्री राहत कोषमा रु एक करोड पाँच लाख सहयोग गरेको छ। • केन्द्रले सवारी चालक अनुमतिपत्र र हुलाक टिकट छपाइ गर्दै आफ्नो क्षमता विस्तार गरेको र आगामी दिनमा अन्य उच्च सुरक्षणयुक्त कागजात पनि स्वदेशमै छपाइ गर्ने तयारीमा छ। • अर्थमन्त्री र सञ्चारमन्त्रीले केन्द्रको क्षमता विकासका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त ...

नेपालबहस
वैदेशिक रोजगारको विवादमा युवक अपहरण, चार जना पक्राउ
Latest NewsJust now

वैदेशिक रोजगारको विवादमा युवक अपहरण, चार जना पक्राउ

घटनालाई अतिरञ्जित बनाउन गलत सूचना दिएको आरोपमा अन्य दुई जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरीले अपहरण र पक्राउको घटनाबारे बिहीबार सार्वजनिक गरेको छ। ...

कान्तिपुर
शुक्रबार हेटौँडा–काठमाडौं यात्रुवाहक सवारी बन्द
Latest NewsJust now

शुक्रबार हेटौँडा–काठमाडौं यात्रुवाहक सवारी बन्द

हेटौँडा । हरिबोधनी एकादशीका अवसरमा मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित त्रिखण्डेश्वर महादेव मन्दिरमा लाग्ने मेलालाई मध्यनजर गर्दै शुक्रबार हेटौँडा–भीमफेदी–कुलेखानी हुँदै काठमाडौं आवतजावत गर्ने यात्रुवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । मेलामा भक्तजनको ठूलो भीड लाग्ने भएकाले सम्भावित दुर्घटना र यातायात अवरोध न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले यस्तो निर्णय गरेको हो । प्रशासनले बिहीबार सूचना जारी गर्दै शुक्रबार हेटौँडा–भैँसे–भीमफेदी–कुलेखानी सडकखण्डको विकल्पमा कान्ति लोकपथ ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play