Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/भारी वर्षाको सम्भावना बढेपछि उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको अनुरोध

भारी वर्षाको सम्भावना बढेपछि उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको अनुरोध

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारी वर्षाको सम्भावना बढेपछि उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको अनुरोध

काठमाडौं, कात्तिक १० । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी कात्तिक १२, १३ र १४ गते भारी वर्षाको सम्भावना रहेकोले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ । प्राधिकरणले नेपालमा मनसुनसम्बन्धी विशेष बुलेटिन जारी गर्दै बंगालको खाडीमा रहेको ‘अनब’ चक्रवात थप शक्तिशाली बन्दै गएको र यसले आगामी दिनमा मौसममा प्रभाव पार्न सक्ने जनाएको छ । नेपाल मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार कात्तिक १२ गतेदेखि वर्षाको प्रभाव बढ्ने सम्भावना रहेको छ । विशेषगरी कात्तिक १३ गते शुक्रबार र कात्तिक १४ गते शनिबार कोशी, बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेश बढी प्रभावित हुन सक्ने प्राधिकरणले जनाएको छ । यी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहेको प्राधिकरणले जनाएको छ । सम्भावित जोखिम न्यूनीकरणका लागि प्राधिकरणले कात्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन तथा पर्वतीय यात्रा गर्दा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ । प्राधिकरणले धानबाली काट्ने, भित्र्याउने तथा कृषि कार्यमा संलग्न व्यक्तिहरूलाई वर्षाको सम्भावनालाई ध्यानमा राखी आवश्यक तयारी गर्न आग्रह गरेको छ । त्यस्तै, पहाडी तथा हिमाली क्षेत्रमा यात्रा नगर्न, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले अनावश्यक यात्रा नगर्न र आवश्यक परेमा सवारी आवागमन बन्द गर्नसमेत अनुरोध गरेको छ । सम्बन्धित संघीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय तथा स्वयंसेवकलाई जोखिमबारे सर्वसाधारणलाई जानकारी गराउन र आवश्यक तयारी अवस्थामा रहन प्राधिकरणले आग्रह गरेको छ । त्यसैगरी, जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्तिहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा विपद् प्रतिकार्यका लागि आवश्यक तयारी गर्न सम्बन्धित निकायलाई अनुरोध गरिएको छ । मौसमसम्बन्धी थप जानकारीका लागि ११५५, विपद्मा सहयोग आवश्यक परे १२३४, १०० वा ११४४ नम्बरमा सम्पर्क गर्न प्राधिकरणले आग्रह गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

स्पेनकी मिडफिल्डर एलेक्सिया पुटेलास तेस्रो पटक महिला बालोन डी’ओर विजेता
राजनीतिJust now

स्पेनकी मिडफिल्डर एलेक्सिया पुटेलास तेस्रो पटक महिला बालोन डी’ओर विजेता

स्पेनकी मिडफिल्डर एलेक्सिया पुटेलासले एइताना बोनमतीसँग कीर्तिमान बराबरी गर्दै तेस्रो पटक महिलातर्फ बालोन डी’ओर जितेकी छन्। बार्सिलोनालाई सन् २०२५–२६ को सिजनमा चार उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेकी पुटेलासले लगातार छैटौँ वर्ष महिला बालोन डी’ओर स्पेनमै राखेकी हुन् । ३२ वर्षीया पुटेलासले यसअघि सन् २०२१ र २०२२ मा पनि यो उपाधि जितेकी थिइन्। उनी स्पेनकै एइताना बोनमतीसँगै तीन पटक महिला बालोन डी’ओर जित्ने ...

फरकधार
मन्त्री पोखरेल भन्छन्- एनपिएललाई नेपालको खेल पर्यटन र पहिचान बढाउने बलियो आधारको रूपमा लिएको छु
राजनीतिJust now

मन्त्री पोखरेल भन्छन्- एनपिएललाई नेपालको खेल पर्यटन र पहिचान बढाउने बलियो आधारको रूपमा लिएको छु

नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो सिजनले नेपाली क्रिकेटको विकाससँगै देशलाई ‘खेल पर्यटन’ को नयाँ गन्तव्यका रूपमा चिनाउने शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताएका छन् । एनपिएल तेस्रो सिजनको उद्घाटन समारोहपछि प्रतिक्रिया दिँदै मन्त्री पोखरेलले ‘फेस्टिभल अफ हिमालयज’ का रूपमा स्थापित एनपिएलले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान थप मजबुत बनाउने विश्वास व्यक्त गरे । उद्घाटनमा देखिएको दर्शकको उत्साहले नेपाली खेलकुदको उज्ज्वल भविष्य दर्शाएको ...

फरकधार
एमबाप्पे र यामाललाई पछि पार्दै ह्यारी केनले जिते बालोन डी’ओर
राजनीतिJust now

एमबाप्पे र यामाललाई पछि पार्दै ह्यारी केनले जिते बालोन डी’ओर

इंग्ल्यान्डका कप्तान ह्यारी केनले सन् २०२६ को बालोन डी’ओर अवार्ड जितेका छन् । उनी सन् २००१ मा माइकल ओवेनपछि यो अवार्ड जित्ने पहिलो इंग्लिस खेलाडी बनेका छन्। लन्डनमा आयोजित समारोहमा विश्वकै उत्कृष्ट खेलाडी घोषित ३३ वर्षीय केन बालोन डी’ओर जित्ने पाँचौं इंग्लिस खेलाडी हुन्। यसअघि स्टान्ली म्याथ्युजले सन् १९५६, बबी चार्ल्टनले १९६६ तथा केभिन किगनले १९७८ र १९७९ मा यो अवार्ड ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play