काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय सेनालाई नेपालको आकाश प्रयोग गर्न दिने विषयमा भारतसँग कुनै सहमति नभएको स्पष्ट पारेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खनालले बागडोगरा विमानस्थल सञ्चालनका लागि नेपालको हवाई मार्ग प्रयोग गर्ने विषय नागरिक उड्डयनसँग मात्र सम्बन्धित रहेको बताए। उनका अनुसार भारतले पनि सैनिक प्रयोजनका लागि नेपालको हवाई मार्ग मागेको छैन। यसैबीच, नेपालले लामो समयदेखि माग गर्दै आएको भैरहवामाथिको ‘ब्राभो–३४५’ हवाई मार्ग अब नेपाल भित्रिने र बाहिरिने दुवै प्रयोजनका लागि प्रयोग गर्न पाउने समझदारी भएको छ। मन्त्री खनालले भैरहवाको हवाई मार्गबाहेक अन्य कुनै पनि हवाई मार्गका विषयमा सहमति नभएको दोहोर्याएका छन्।
भारतीय सेनालाई नेपालको आकाश प्रयोग गर्न दिने सहमति भएको छैन : परराष्ट्रमन्त्री खनाल

Read Complete Original Article
Published originally on नेपालन्युज






