Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

भारतीय विदेश सचिव विक्रम मिस्री आज नेपाल भ्रमणमा आउँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतीय विदेश सचिव विक्रम मिस्री आज नेपाल भ्रमणमा आउँदै
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि आज (बुधबार) काठमाडौं आउँदै हुनुहुन्छ । प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणको तयारी भइरहेको बेला भारतीय विदेश सचिव मिश्री दुईदिने औपचारिक भ्रमणका लागि आज नेपाल आउन लाग्नुभएको हो । नेपाल र भारतले भारतीय विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमणको सोमबार संयुक्त रूपमा घोषणा गरेका थिए । दुई देशबीचको लामो समयदेखिको सम्बन्धलाई थप अघि बढाउने र सहकार्यका प्रमुख क्षेत्रहरूको समीक्षा गर्ने उद्देश्यसहित मिस्री यही कात्तिक १८ र १९ गते काठमाडौंमा रहनुहुने छ । परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिस्री नेपाल आउन लागेका हुन् । उहाँले आफ्ना नेपाली समकक्षी परराष्ट्र सचिव राईसँग द्विपक्षीय छलफल गर्ने कार्यक्रम तय भएको छ । विदेश सचिव मिश्रीको भ्रमण प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारीका सिलसिलाअन्तर्गत हुन लागेको हो । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा नेपालका परराष्ट्र सचिव राई र विदेश सचिव मिश्रीबीचको द्विपक्षीय वार्तामा नेपाल-भारत सम्बन्धका समग्र पक्षको समीक्षा गर्नुका साथै आपसी हितका विभिन्न विषयमा विचार आदानप्रदान हुनेछ । काठमाडौं बसाईंका क्रममा मिश्रीले नेपालका उच्च अधिकारी तथा राजनीतिक दलका नेताहरूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा उहाँले प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि शिष्टाचार भेट गर्ने अपेक्षा गरिएको छ । काठमाडौं र नयाँदिल्ली प्रधानमन्त्री शाहको प्रस्तावित भारत भ्रमणको तयारीमा जुटिरहेका बेला हुन लागेको मिस्रीको भ्रमणलाई महत्त्वका साथ हेरिएको छ । प्रधानमन्त्री शाह मंसिर दोस्रो साताको उत्तरार्द्धमा भारत जाने अपेक्षा गरिएको छ । भ्रमणको मिति औपचारिक रूपमा घोषणा हुन बाँकी छ । तर, भ्रमणको तयारी र सहकार्यका सम्भावित क्षेत्र पहिचान गर्न दुवै देशले कूटनीतिक संवाद तीव्र बनाएका छन् । मिस्रीको भ्रमणमा प्रधानमन्त्री शाहको भारत भ्रमणको कार्यसूची, प्राथमिकता र सम्भावित उपलब्धिबारे छलफल हुने बताइएको छ । यसका साथै द्विपक्षीय सम्बन्धको समग्र समीक्षा र प्रधानमन्त्रीस्तरीय वार्तामा उठ्न सक्ने विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ । भारतीय विदेश मन्त्रालयको वक्तव्यमा भनिएको छ, ‘भारत र नेपालबीच बलियो र मैत्रीपूर्ण सम्बन्ध छ । सहकार्यका विविध क्षेत्रमा उल्लेख्य प्रगति भएको छ । विदेश सचिवको आसन्न भ्रमणले दुई देशबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनेछ र व्यापक द्विपक्षीय साझेदारीलाई थप सुदृढ बनाउन सहयोग गर्नेछ ।’ गत चैत १३ गते पदभार सम्हाल्नुभएका प्रधानमन्त्री शाहको प्रस्तावित भारत भ्रमण पहिलो औपचारिक द्विपक्षीय विदेश भ्रमण हुनेछ । नयाँ सरकार गठन भएलगत्तै भारतले शाहलाई भ्रमणको निमन्त्रणा दिएको थियो । विदेश सचिवस्तरीय बैठक यसअघि गत जुनमा परराष्ट्रमन्त्री खनालले गरेको भारत भ्रमणपछि हुन लागेको हो । त्यसक्रममा खनालले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्नुभएको थियो । दुई मन्त्रीले विकास साझेदारी, सम्पर्क सञ्जाल, व्यापार तथा पारवहन, ऊर्जा र जनस्तरको सम्बन्धमा भइरहेको सहकार्यको समीक्षा गरेका थिए । नवनियुक्त भारतीय राजदूत दलेला जिम्मेवारी सम्हाल्न काठमाडौंमानेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला पदभार सम्हाल्न मंगलबार काठमाडौं आइपुग्नु भएको छ । भारतीय विदेश मन्त्रालयले गत असोज अन्तिम साता उहाँलाई नेपालका लागि राजदूत नियुक्त गरेको थियो । दलेलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालय र भारतीय राजदूतावासका अधिकारीहरूले स्वागत गरेका थिए । भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमणमा अघि नै राजदूत दलेला जिम्मेवारी सम्हाल्न नेपाल आइपुग्नु भएको हो । दलेला यसअघि भारतको विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) का रूपमा कार्यरत हुनुहुन्थ्यो । भारतले नेपालमा विदेश मन्त्रालयको सचिवस्तरको करिअर डिप्लोम्याटलाई राजदूत नियुक्त गरेको सम्भवतः पहिलो पटक हो । २०२५ देखि भारतको विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिवको रूपमा रहेका दलेला त्यसअघि भुटानका लागि भारतीय राजदूतको रूपमा तीन वर्ष सेवा गर्नुभएको थियो । हाल उहाँले भारतको आर्थिक कूटनीति, ग्लोबल साउथका देशहरूसँग विकास साझेदारी, अफ्रिकासँगको साझेदारी, बहुपक्षीय आर्थिक सम्बन्ध तथा नयाँ र उदाउँदा रणनीतिक प्रविधिसम्बन्धी विषयहरू हेर्दै आउनुभएको थियो । दलेला सन् १९९३ मा भारतीय परराष्ट्र सेवामा प्रवेश गर्नुभएको थियो । उहाँले आफ्नो कूटनीतिक करियर इजरायलको तेल अभिभबाट सुरु गर्नुभएको थियो । भारतीय विदेश मन्त्रालयका अनुसार उहाँले ब्रासिलिया, शिकागो, ढाका, जेनेभा, थिम्पु र वासिंगटन डिसीस्थित भारतीय कूटनीतिक नियोगहरूमा सेवा गर्नुभएको थियो । सन् २००९ देखि २०११ सम्म दलेलाले प्रधानमन्त्री कार्यालयमा निर्देशकका रूपमा काम गर्नुभएको थियो । दलेलाले अमेरिकामा भारतका महावाणिज्यदूतका रूपमा काम गरेको अनुभव पनि छ । वासिंगटन डिसीस्थित भारतीय दूतावासमा सन् २०११ देखि २०१४ सम्म राजनीतिक मामिलाका मन्त्री तथा सन् २०२० देखि २०२२ सम्म सहायक मिसन प्रमुख भएर बस्नुभएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कांग्रेस सभापति थापा एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
Latest NewsJust now

कांग्रेस सभापति थापा एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। मंगलबार साँझ भक्तपुरको गुण्डुस्थित ओली निवासमा उनीहरूबिच करिब एक घण्टा छलफल भएको हो। कांग्रेस सभापति थापा निकट एक नेताका अनुसार उनीहरूबिच मधेस प्रदेश को सरकारका विषयमम कुराकानी भएको थियो। एमालेले समर्थन फिर्ता लिएपछि कांग्रेस संसदीय दलका नेता कृष्ण यादव नेतृत्वको सरकार संकटमा ...

केन्द्रबिन्दु
आधुनिक सैलुनको चकाचकबिच खुला आकाशमुनि ग्राहकलाई पिर्कामा राखेर कपाल काट्दै रामनारायण
Latest NewsJust now

आधुनिक सैलुनको चकाचकबिच खुला आकाशमुनि ग्राहकलाई पिर्कामा राखेर कपाल काट्दै रामनारायण

जनकपुरधाम । जनकपुरधामको जनकचोकमा बिहानको चहलपहल सुरु नहुँदै ६६ वर्षीय रामनारायण ठाकुर आफ्नो काममा जुटिसकेका हुन्छन् । एउटा सानो काठको बाकस, दुई वटा कैंची, तीन–चार वटा काइँयो, ब्लेड, फिटकिरी, दाह्री... ...

रातोपाटी
गुण्डुमा ओली र गगनबिच भेटवार्ता
Latest NewsJust now

गुण्डुमा ओली र गगनबिच भेटवार्ता

काठमाडाैँ। नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएकाे छ। मंगलबार साँझ दुई नेताबिच ओली निवास गुण्डुमा भेटवार्ता भएकाे हाे । स्राेतका अनुसार उनीहरूबिच करिब ६ बजेदेखि ७ बजेसम्म संवाद भएकाे थियाे। भेटमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे कुराकानी भएकाे स्राेतले बतायाे। ...

नेपालन्युज
संकटमा विश्व ऊर्जा सुरक्षा
Latest NewsJust now

संकटमा विश्व ऊर्जा सुरक्षा

विश्व अर्थतन्त्रको गति अहिले कुनै एउटा देश, केन्द्रीय बैंक वा स्टक एक्सचेन्जले मात्र निर्धारण गरिरहेको छैन। त्यसको एउटा महत्त्वपूर्ण हिस्सा पश्चिम एसियामा रहेको विश्वकै सबैभन्दा महत्त्वपूर्ण र संवेदनशील तेल तथा ऊर्जा ढुवानी मार्ग स्ट्रेट अफ हर्मुज (जस्ले विश्वको समुद्री कच्चा तेलको करिब २० प्रतिशत जलमार्गबाट पार हुने भएकाले स्ट्रेट अफ स्ट्रेट अफ हर्मुज समुद्री मार्गमा अड्किएको छ। त्यो हो, स्ट्रेट ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play