Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

साउदी अरबमा हुने एसियन कप फुटबल स्थगित

Share:WhatsAppFacebookX (Twitter)Telegram
साउदी अरबमा हुने एसियन कप फुटबल स्थगित
Photo / Coverage: केन्द्रबिन्दु

क्वालालम्पुर । एसियाली फुटबल महासंघ (एएफसी) ले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो असाधारण परिस्थितिका कारण साउदी अरबमा हुने सन् २०२७ को एसियन कप फुटबल प्रतियोगिता जनवरीबाट डिसेम्बरमा सार्ने निर्णय गरेको छ । मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौती र हुथी विद्रोही आक्रमणपछि पछिल्लो केही सातायता साउदी अरबमा हुने विभिन्न खेलकुद प्रतियोगिता रद्द तथा स्थगित हुँदै आएको छ । यसअघि सन् २०२७ जनवरी ७ देखि फेब्रुअरी ५ सम्म हुने तय भएको एसियन कप अब सन् २०२७ डिसेम्बर २३ देखि सन् २०२८ जनवरी २१ सम्म सञ्चालन हुनेछ । एसियाली फुटबलको सर्वोच्च निकाय एएफसीले मंगलबार जारी गरेको विज्ञप्तिमा क्षेत्रीय घटनाक्रमबाट उत्पन्न असाधारण परिस्थितिलाई ध्यानमा राख्दै प्रतियोगिताको मिति परिवर्तन गर्ने निर्णय गरिएको जनाएको छ । एएफसीले प्रतियोगिता आयोजना गर्दा उत्पन्न हुने गम्भीर व्यवस्थापकीय जटिलता तथा यात्रामा देखिएको अवरोधलाई पनि निर्णयको प्रमुख कारणमा उल्लेख गरेको छ । नयाँ मिति स्वीकृतिका लागि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) समक्ष प्रस्तुत गरिने एएफसीले जनाएको छ । यसअघि सुरक्षा अवस्थालाई लिएर प्रतियोगिता आयोजना हुने वा नहुनेबारे विभिन्न आशंका बढिरहेका बेला स्थानीय आयोजकले गत महिना भने प्रतियोगिता पूर्वनिर्धारित मितिमै हुने दाबी गरेको थियो । प्रतियोगिताका खेल साउदी अरबका जेद्दा, रियाद र अल खोबर सहरमा आयोजना गर्ने तयारी थियो । एएफसीका अनुसार साउदी अधिकारी र एएफसीबीच विस्तृत छलफल तथा परामर्शपछि प्रतियोगिता करिब एक वर्ष पछाडि सार्ने निर्णय गरिएको हो । एएफसीले निर्धारित समयमै प्रतियोगिता आयोजना गर्दा सहभागी टोली, खेल अधिकारी, दर्शक तथा अन्य सरोकारवालाको सुरक्षामा चुनौती उत्पन्न हुनसक्ने भएकाले स्थगित गर्नु आवश्यक भएको जनाएको छ । यमनका इरान समर्थित हुथी विद्रोहीले पछिल्लो समय साउदी अरबका विमानस्थलसहित विभिन्न पूर्वाधारलाई निशाना बनाउँदै आएका छन् । यमनको सरकारलाई समर्थन गर्दै आएको साउदी नेतृत्वको गठबन्धन र हुथी विद्रोहीबीचको द्वन्द्व वर्षौं लामो युद्धविरामपछि गत जुलाईमा पुनः चर्किएको थियो ।यसअघि सन् २०२७ को डकार र्याली पनि साउदी अरबबाट अन्यत्र सारिएको थियो । नोभाक जोकोभिच, कार्लोस अल्काराज र अलेक्जेन्डर जेभरेभ सहभागी हुने भनिएको प्रदर्शनी टेनिस प्रतियोगिता डिसेम्बर अन्त्यसम्म स्थगित गरिएको छ । एएफपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पटाकाजन्य विस्फोटक पदार्थसहित दुई भारतीय नागरिक पक्राउ
Latest NewsJust now

पटाकाजन्य विस्फोटक पदार्थसहित दुई भारतीय नागरिक पक्राउ

चितवन । प्रहरीले रु छ लाख बराबरको पटाकासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट भिरझिरे, खुर्सानी, चक्र, रकेटलगायत रु छ लाख २३ हजार ४६५ बराबरको... ...

रातोपाटी
आजको वायु गुणस्तर अपडेट
Latest NewsJust now

आजको वायु गुणस्तर अपडेट

विराटनगरमा आज सबैभन्दा खराब वायु गुणस्तर रहेको छ भने पोखरामा सबैभन्दा स्वच्छ हावा रहेको छ। ...

कान्तिपुर
स्वास्थ्य सुधारको घोषणा दराजमै थन्किने जोखिम
Latest NewsJust now

स्वास्थ्य सुधारको घोषणा दराजमै थन्किने जोखिम

काठमाडौँ । सार्वजनिक स्वास्थ्य संस्थाहरूको प्रशासनिक जवाफदेहिता र सेवाप्रवाह सुधार्ने उद्देश्यले गरिएका उच्चस्तरीय कार्यसम्पादन सम्झौता केवल कागजी औपचारिकतामै सीमित बन्ने देखिएको छ । सम्झौताका तोकिएका सूचक र लक्ष्यहरूको प्रभावकारी अनुगमन... ...

रातोपाटी
वन क्षेत्रका कारण मुन्दुम पदमार्गमा घरबास निर्माणमा समस्या
Latest NewsJust now

वन क्षेत्रका कारण मुन्दुम पदमार्गमा घरबास निर्माणमा समस्या

भोजपुर। मुन्दुम पदमार्ग क्षेत्रमा पर्यटकको बसाइ सहज बनाउन आवश्यक घरबास (होमस्टे) तथा अन्य पूर्वाधार निर्माणमा वनसम्बन्धी कानुनी व्यवस्थाका कारण समस्या भएको स्थानीय जनप्रतिनिधिले बताएका छन् । पदमार्गको अधिकांश क्षेत्र वनभित्र पर्ने भएकाले पर्यटकको खानपान तथा आवासका लागि आवश्यक संरचना निर्माणमा कठिनाइ भइरहेको उनीहरूको भनाइ छ । मङ्गलबार भोजपुरमा कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको ‘होमस्टे दर्ता शिविरसम्बन्धी समन्वयात्मक छलफल’ ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play