काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। मंगलबार साँझ भक्तपुरको गुण्डुस्थित ओली निवासमा उनीहरूबिच करिब एक घण्टा छलफल भएको हो। कांग्रेस सभापति थापा निकट एक नेताका अनुसार उनीहरूबिच मधेस प्रदेश को सरकारका विषयमम कुराकानी भएको थियो। एमालेले समर्थन फिर्ता लिएपछि कांग्रेस संसदीय दलका नेता कृष्ण यादव नेतृत्वको सरकार संकटमा छ। एमाले, जसपा र नेकपा मिलेर नयाँ सरकारको गृहकार्य गरिरहेका बेला ओलीलाई भेट्न थापा गुण्डु पुगेका छन्। भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक राजनीतिक विषयमा छलफल भएको ती नेताले बताए।
कांग्रेस सभापति थापा एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






