Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

भारतीय उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको आह्वान;निर्धक्क भएर नेपालमा लगानी गर्नुहोस्

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतीय उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको आह्वान;निर्धक्क भएर नेपालमा लगानी गर्नुहोस्
Photo / Coverage: कर्पोरट खबर

नयाँदिल्ली । प्रधानमन्त्री बालेन्द्र शाहसँगै दुईदिने राजकीय भारत भ्रमणमा रहेका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त सम्बोधन गर्दै नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान गरेका छन् । नयाँदिल्लीस्थित होटल ताज प्यालेसमा भारतीय उद्योग परिसंघ (सीआईआई) द्वारा आयोजना गरिएको ‘इन्डिया–नेपाल बिजनेस राउन्डटेबल’लाई अर्थमन्त्री डा.वाग्लेले सम्बोधन गर्दै यस्तो आह्वान गरे । उनले सूचना प्रविधि, जलविद्युत्, कनेक्टिभिटीजस्ता क्षेत्रमा निर्धक्क भएर नयाँ लगानी गर्न र नेपालमा भएको लगानी विस्तार गर्न भारतीय उद्योगी तथा व्यवसायीहरूलाई आग्रह गरे । “सूचना प्रविधि, जलविद्युत्, कनेक्टिभिटीजस्ता क्षेत्रमा निर्धक्क भएर नयाँ लगानी गर्न म भारतीय उद्योगी तथा व्यवसायीहरूलाई आग्रह गर्दछु,” अर्थमन्त्री डा वाग्लेले भने, “नेपालमा लगानी गरेकाहरूले लगानी विस्तार गर्नुहोस् । नेपाल अहिले लगानीका लागि उर्वर वातावरण र सम्भावना भएको ठाउँ हो ।” कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नेपालमा लगानी अभिवृद्धिका लागि सरकारले कानुनी सुधारलाई सरलीकृत र लगानीमैत्री बनाउँदै लगेको पनि स्पष्ट पारे । उनले लगानीको सुरक्षा, प्रतिफलको सुनिश्चितता र नाफा फिर्ताको कानुनी सहजीकरणका लागि सरकारले विशेष पहल लिइरहेको बताए । कार्यक्रममा भारतीय उद्योग वाणिज्य राज्यमन्त्री जितिन प्रसाद, सीआईआई अन्तर्राष्ट्रिय परिषद्का अध्यक्ष डा.विक्रमजित सिंह साहनीलगायतले सम्बोधन गरे । कार्यक्रममा नेपालबाट प्रधानमन्त्रीको भ्रमण दलमा रहेर भारत पुगेका उद्योगी व्यवसायीसहित डेढ दर्जन भारतीय उद्योगी व्यवसायी एवम् प्रतिष्ठित भारतीय कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता थियो । The post भारतीय उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको आह्वान;निर्धक्क भएर नेपालमा लगानी गर्नुहोस् appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कार्यसम्पादनका आधारमा रौतहट जिल्ला प्रहरी कार्यालय पहिलो
Latest NewsJust now

कार्यसम्पादनका आधारमा रौतहट जिल्ला प्रहरी कार्यालय पहिलो

रौतहट । नेपाल प्रहरीका विभिन्न इकाइको गत कात्तिक महिनाको कार्यसम्पादन मूल्याङ्कनका आधारमा रौतहट जिल्ला प्रहरी कार्यालय देशभरमै पहिलो हुन सफल भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयद्वारा गठित मूल्याङ्कन समितिले गरेको... ...

रातोपाटी
बालेन भारत भ्रमण : सीमा विवाद र एयर रुटमा सहमति नहुने, के–केमा हुँदैछ सहमति ?
Latest NewsJust now

बालेन भारत भ्रमण : सीमा विवाद र एयर रुटमा सहमति नहुने, के–केमा हुँदैछ सहमति ?

नयाँ दिल्ली । भारत भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुगेका नेपालका प्रधानमन्त्री बालेन शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबिच सोमबार हुने ‘वान अन वान’ भेटवार्तामा सीमा विवाद र एयर रुटको... ...

रातोपाटी
कामपाबाट १० बालबालिका जलवायु परिवर्तन सद्भावना दूत बन्दै
Latest NewsJust now

कामपाबाट १० बालबालिका जलवायु परिवर्तन सद्भावना दूत बन्दै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलनका प्रयासलाई प्रभावकारी बनाउन सोमबारदेखि ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०८३’ आयोजना गर्ने भएको छ । सप्ताहका अवसरमा १० जना बालबालिकालाई जलवायु... ...

रातोपाटी
यी हुन् आज दिनभरका प्रमुख २० समाचार
Latest NewsJust now

यी हुन् आज दिनभरका प्रमुख २० समाचार

काठमाडौं । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- टर्कीको अन्ताल्यामा आयोजित कोप–३१ जलवायु सम्मेलन जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विषयमा सहमति जुट्न नसक्दा निष्कर्षविहीन बनेको छ । युरोपेली सङ्घसहित विभिन्न देशले चौथो मस्यौदा सम्झौता अस्वीकार गरेपछि सम्मेलनको निष्कर्ष अन्योलमा परेको हो ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement