Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/भारतसँगको व्यापार घाटा घटाउन र लगानी प्रवर्द्धन गर्न संयुक्त पहल आवश्यकः अध्यक्ष श्रेष्ठ

भारतसँगको व्यापार घाटा घटाउन र लगानी प्रवर्द्धन गर्न संयुक्त पहल आवश्यकः अध्यक्ष श्रेष्ठ

10/16/2026, 9:46:05 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतसँगको व्यापार घाटा घटाउन र लगानी प्रवर्द्धन गर्न संयुक्त पहल आवश्यकः अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपाल–भारतबीचको व्यापार घाटा न्यूनीकरण, लगानीका अवरोध हटाउन र द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्न दुवै देशले संयुक्त पहल गर्नुपर्ने बताएका छन्। नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) को ३२औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै श्रेष्ठले भन्सार प्रक्रिया सरलीकरण, सीमा पूर्वाधार सुधार र नेपाली उत्पादनको भारतीय बजारमा सहज पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिए। उनका अनुसार आर्थिक वर्ष २०२५र२६ मा नेपाल र भारतबीचको कुल द्विपक्षीय व्यापार करिब १०।१ अर्ब अमेरिकी डलर पुगेको छ। यस अवधिमा नेपालले भारततर्फ १।७८ अर्ब डलरको वस्तु निर्यात गर्दा भारतबाट ८।३२ अर्ब डलरको आयात गरेको थियो। व्यापार असन्तुलन घटाउन नेपाली निर्यात क्षमता बढाउने र उत्पादनमूलक क्षेत्रमा भारतीय लगानी आकर्षित गर्नुपर्ने उनको भनाइ छ। श्रेष्ठले नेपाली स्टिल, जुत्ता तथा प्लाइवुडजस्ता उत्पादनले भारतीय मानक ब्युरो (बीआईएस) को प्रमाणीकरण प्रक्रियामा ढिलाइ बेहोर्नुपरेको उल्लेख गर्दै त्यसलाई सरल र प्रभावकारी बनाउन आग्रह गरे। नेपाली जुटजन्य उत्पादनमा लगाइएको प्रतिडम्पिङ शुल्कको समस्या समाधान गर्न पनि उनले दुवै सरकारबीच समन्वय आवश्यक रहेको बताए। उनले जलविद्युत्, विद्युत् प्रसारण पूर्वाधार, पर्यटन, सूचना प्रविधि तथा निर्यातमुखी उद्योगमा भारतीय लगानीको सम्भावना औँल्याउँदै स्पष्ट नीति र लगानीमैत्री वातावरण बनाउनुपर्ने बताए। रामायण सर्किट, बौद्ध सर्किट तथा वेलनेस पर्यटनको प्रवर्द्धन र हवाई तथा यातायात सम्पर्क विस्तारले पनि दुई देशबीचको आर्थिक सम्बन्ध बलियो बनाउन सक्ने उनको भनाइ छ। श्रेष्ठका अनुसार सन् २०२५ मा २ लाख ९२ हजार ४३८ भारतीय पर्यटक नेपाल आएका थिए, जुन कुल पर्यटक आगमनको २५.२ प्रतिशत हो। भारतीय पर्यटकको ठूलो हिस्सालाई नेपालको पर्यटन विकास र आम्दानी वृद्धिका लागि उपयोग गर्नुपर्ने उनले बताए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

दशैँ आयो तर फर्कने घर नै रहेन: भोटेकोशी बाढीमा सर्वस्व गुमाएका निराजनको पीडा
ताजा खबरJust now

दशैँ आयो तर फर्कने घर नै रहेन: भोटेकोशी बाढीमा सर्वस्व गुमाएका निराजनको पीडा

आँखाअगाडि भदौ १० गतेको भोटेकोशी बाढीको त्यो कहालीलाग्दो दृश्य नाच्न थाल्छ र उनी सम्हालिन नसक्ने गरी भासिन्छन्। ...

हाम्राकुरा
जुम्लाको च्याङ्ग्रा चितवनमा
ताजा खबरJust now

जुम्लाको च्याङ्ग्रा चितवनमा

जुम्लाका रेशम कार्की चारजना साथीसहित चितवन आएका छन् । उनीहरूले २०५ वटा च्याङ्ग्रा ल्याएका छन् । ...

कान्तिपुर
मन्त्रिपरिषद् बैठक बस्दै
ताजा खबरJust now

मन्त्रिपरिषद् बैठक बस्दै

आज मध्याह्न मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार आज दिउँसो १२ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको हो। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकले समसामियक विषयमा छलफल र निर्णय गर्नेछ। The post मन्त्रिपरिषद् बैठक बस्दै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal. ...

कर्पोरट खबर
खुलामञ्चको मर्मत कांग्रेसले आफ्नै खर्चमा गर्ने, ४५ दिनको समयसीमा
ताजा खबरJust now

खुलामञ्चको मर्मत कांग्रेसले आफ्नै खर्चमा गर्ने, ४५ दिनको समयसीमा

काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्चको संरचनाको आफैँले मर्मत गर्ने भएको छ । सार्वजनिक पूर्वाधार र वातावरणीय संवेदनशीलताप्रति उच्च जिम्मेवारी दर्शाउँदै ऐतिहासिक खुलामञ्च परिसरका संरचनाको मर्मत गर्ने भएको हो । असोज १८ देखि २३ गतेसम्म खुलामञ्चमा आयोजित महाधिवेशनका क्रममा पुगेको क्षति पुरानै सुन्दर र हराभरा अवस्थामा फर्काउन कांग्रेसले आफ्नै खर्चमा नयाँ दुबो रोप्ने तथा मर्मत सम्भार गर्ने ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play