भारतसँग गङ्गा जल सन्धि नवीकरणका लागि बङ्गलादेशको पहल

ढाका । भारत र बङ्गलादेशबीच गङ्गा नदीको पानी बाँडफाँटसम्बन्धी ३० वर्षे सन्धि डिसेम्बर १२ मा समाप्त हुन लाग्दा बङ्गलादेशले नयाँ सम्झौताका लागि पहल गरेको छ । सन्धि नवीकरण नभएमा पानीको अभाव बढ्ने, कृषि उत्पादन घट्ने र लाखौँ मानिसको जीविकोपार्जन प्रभावित हुने चिन्ता व्यक्त गरिएको छ । बङ्गलादेशको सुक्खाग्रस्त बरिन्द क्षेत्रमा गङ्गा नदीको बहाव घट्दा धान र गहुँको उत्पादन प्रभावित भएको छ । स्थानीय बासिन्दाका अनुसार नदीमा पानी र माछा घटेपछि किसान तथा माछा मार्नेहरू समस्यामा परेका छन् । गत सिजन बाली बिग्रिएपछि दुई किसानले आत्महत्या गरेको स्थानीयवासी विकास सोरेनले बताए । सन् १९९६ को सन्धिले भारतको फरक्का ब्यारेजमा सुक्खायामको पानी बाँडफाँटको व्यवस्था गरेको छ । बङ्गलादेशले नयाँ सम्झौता आपसी लाभ र सम्मानमा आधारित हुनुपर्ने जनाएको छ । सन्धि नवीकरणका लागि गरिएको अनुरोधमा भारतबाट प्रतिक्रिया नआएको बङ्गलादेशको भनाइ छ । भारतले भने नदीसम्बन्धी विषय संयुक्त नदी आयोगमार्फत छलफल गरिने जनाएको छ । भारत र बङ्गलादेशबीच ५४ वटा सीमापार नदीको पानी बाँडफाँटसम्बन्धी विषयमा लामो समयदेखि छलफल हुँदै आएको छ । टिस्टा नदीसम्बन्धी प्रस्तावित सम्झौता पनि सन् २०११ देखि टुङ्गोमा पुग्न सकेको छैन । बङ्गलादेशका वातावरणविद् शेख रोकनका अनुसार विगतमा सन्धिबिनाको अवधिमा गङ्गाको बहाव घट्दा केही नदी सुक्ने अवस्थामा पुगेका थिए । पानीको अभावले गङ्गा–कोबादक सिँचाइ परियोजनाको क्षेत्रसमेत घटेको छ । पानीको कमी कम गर्न बङ्गलादेशले दुई अर्ब ८० करोड अमेरिकी डलर लागतको पद्मा ब्यारेज परियोजना अघि बढाएको छ र यसमा ११३ मेगावाटको जलविद्युत् आयोजना पनि समावेश छ । जलवायु परिवर्तनका कारण सुक्खायाममा पानीको अभाव र मनसुनमा बाढीको जोखिम बढ्दा बङ्गलादेशको कृषि तथा नदी किनारका बस्ती थप प्रभावित भएका छन् । नदी कटानका कारण घर गुमाएकी ५० वर्षीया रेहाना खातुन अहिले बाँसको अस्थायी आश्रयमा बस्दै आएकी छिन् । बङ्गलादेशका लागि गङ्गा जल सन्धिको नवीकरण कृषि, जीविकोपार्जन र वातावरणीय सन्तुलनसँग जोडिएको महत्त्वपूर्ण विषय बनेको छ । दुवै देशमा ताजा पानीको माग बढिरहेका बेला समयमै नयाँ सहमति हुन नसके अवस्था थप कठिन हुन सक्ने चिन्ता व्यक्त गरिएको छ ।एएफपी
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप
यस निर्णयसँगै नेपालले अति कम विकसित मुलुकको सूचीबाट स्तरोन्नति हुनुअघि आवश्यक संरचनात्मक तथा संस्थागत सुधारलाई थप प्रभावकारी रूपमा अघि बढाउन अतिरिक्त समय प्राप्त गरेको छ। ...

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा
जनकपुरधाम । जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भम्रणको क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा सो विशेष... ...

आजदेखि ८ दिनसम्म काठमाडौँका यी स्थानमा साढे ५ घण्टा विद्युत् आपूर्ति बन्द हुने
कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्न आज कात्तिक १३ गतेदेखि २० गतेसम्म काठमाडौँका विभिन्न स्थानमा साढे ५ घण्टा अर्थात् बिहान १०:३० बजे देखि अपराह्न ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। सार्वजनिक सूचनाअनुसार आज शुक्रबार बलम्बु, थानकोट तथा मातातीर्थ फिडरअन्तर्गत हाई भि... ...

इजरायली चुनावमा विदेशी हस्तक्षेप बारे छानबिन शुरु, कतारले के भन्यो ?
काठमाडौं । कतारले इजरायलको पछिल्लो निर्वाचनमा हस्तक्षेप गरेको र अरब राजनीतिक दलहरूलाई प्रभावित पार्न आर्थिक सहयोग गरेको आरोप अस्वीकार गरेको छ । कतारले इजरायलका केही नेताले आफ्नो घरेलु राजनीतिक असफलताबाट जनताको ध्यान हटाउन कतारको नाम विवादमा तानेको आरोप लगाएको छ । इजरायलको सुरक्षा निकाय शिन बेटले निर्वाचनमा विदेशी हस्तक्षेप र कथित विदेशी आर्थिक सहयोगसम्बन्धी आरोपको अनुसन्धान सुरु गरेपछि यो विवाद सार्वजनिक ...


