Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

भारतले सार्वजनिक गर्‍यो बालेनको भारत भ्रमणका उपलब्धि, के–के भयो सहमति ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतले सार्वजनिक गर्‍यो बालेनको भारत भ्रमणका उपलब्धि, के–के भयो सहमति ?
Photo / Coverage: पर्दाफास

प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने भारतको राजकीय भ्रमणका क्रममा नेपाल र भारतबीच रेलमार्ग, जलविद्युत्, पेट्रोलियम, सीमा पूर्वाधार, पारवहन, शिक्षा, स्वास्थ्य तथा प्रविधिसहित विभिन्न क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ। भ्रमणका क्रममा ६ वटा आयोजना उद्घाटन, शिलान्यास तथा हस्तान्तरण गरिएका छन् भने पाँचवटा महत्वपूर्ण घोषणा र आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। आइतवार र सोमवार भएको भ्रमणका क्रममा भारतले नेपालको पुनर्निर्माण र दीर्घकालीन विकासका लागि २४ हजार करोड रुपैयाँ बराबरको विकास सहयोग प्याकेज घोषणा गरेको छ। त्यस्तै, नेपालको पारवहन सुविधाका लागि भारतका थप दुई बन्दरगाह प्रयोग गर्न दिने, चितवनमा कृषि–औद्योगिक पार्क स्थापना गर्ने र नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को क्याम्पस स्थापना गर्नेलगायतका घोषणा भएका छन्। भ्रमणका क्रममा सबैभन्दा महत्वपूर्ण उपलब्धिका रूपमा अयोध्या र जनकपुरलाई जोड्ने सरयू–कमला एक्सप्रेस रेल सेवा सुरु भएको छ। यसले दुई देशबीच धार्मिक तथा सांस्कृतिक सम्बन्धसँगै सीमापार यातायात सम्पर्क विस्तार गर्ने अपेक्षा गरिएको छ। त्यस्तै, भारतको बनबासामा नयाँ एकीकृत जाँच चौकी (आईसीपी) निर्माणको शिलान्यास गरिएको छ। भैरहवा, सुनौली र दोधारा चाँदनीमा निर्माण भइरहेका एकीकृत जाँच चौकीको प्रगतिबारे पनि जानकारी गराइएको छ। यी पूर्वाधारले नेपाल–भारत सीमामा हुने व्यापार, भन्सार जाँच तथा आवागमनलाई व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा छ। सीमापार सम्पर्क विस्तारकै क्रममा भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने नयाँ सवारीसाधन सञ्चालनयोग्य पुल उद्घाटन गरिएको छ। यसले सीमावर्ती क्षेत्रका बासिन्दाको आवागमन तथा दुई देशबीचको स्थानीय व्यापारमा सहजता ल्याउने अपेक्षा गरिएको छ। ऊर्जा क्षेत्रतर्फ ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास भ्रमणको अर्को महत्वपूर्ण उपलब्धि बनेको छ। नेपालमा जलविद्युत् उत्पादन तथा ऊर्जा पूर्वाधार विकासका लागि यस आयोजनालाई महत्वपूर्ण मानिएको छ। पेट्रोलियम पूर्वाधार विस्तारतर्फ मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण हस्तान्तरण गरिएको छ। यसका साथै प्रस्तावित सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइनअन्तर्गत झापामा निर्माण हुने पेट्रोलियम टर्मिनलको शिलान्यास गरिएको छ। यी आयोजनाले नेपालमा पेट्रोलियम पदार्थको ढुवानी, भण्डारण तथा आपूर्ति प्रणालीलाई थप व्यवस्थित बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ। भ्रमणका क्रममा भारतले नेपालको पुनर्निर्माण र दीर्घकालीन विकासलाई सहयोग गर्न १५ हजार करोड भारतीय रुपैयाँ अर्थात् २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहयोग प्याकेज घोषणा गरेको छ। यस सहयोगले नेपालका पुनर्निर्माण तथा विकाससम्बन्धी प्राथमिकताका क्षेत्रमा लगानीको अवसर विस्तार गर्ने अपेक्षा गरिएको छ। नेपालको अन्तर्राष्ट्रिय व्यापार तथा पारवहन सुविधालाई सहज बनाउन भारतले थप दुई बन्दरगाह प्रयोग गर्न दिने घोषणा गरेको छ। अब नेपालले गुजरातस्थित कान्डलाको दीनदयाल बन्दरगाह र ओडिशास्थित पारादीप बन्दरगाह पनि पारवहनका लागि प्रयोग गर्न पाउने भएको छ। यसअघि प्रयोग हुँदै आएका बन्दरगाहबाहेक थप विकल्प उपलब्ध हुँदा नेपाली आयात–निर्यातकर्तालाई व्यापारिक मार्ग छनोटमा सहजता पुग्ने अपेक्षा छ। कृषि तथा औद्योगिक उत्पादन विस्तारका लागि चितवनमा कृषि–औद्योगिक पार्क स्थापना गर्ने घोषणा पनि भएको छ। त्यस्तै, नेपालमै भारतीय प्रविधि संस्थान (आईआईटी) को अफसोर क्याम्पस स्थापना गर्ने घोषणा गरिएको छ। यसले उच्च शिक्षा, प्रविधि तथा अनुसन्धानको क्षेत्रमा नेपाल–भारत सहकार्य विस्तार गर्ने आधार तयार गर्ने अपेक्षा गरिएको छ। रेल पूर्वाधारतर्फ प्रस्तावित रक्सौल–काठमाडौं विद्युतीय ब्रोडगेज रेलमार्गको अन्तिम स्थान सर्वेक्षण सम्पन्न गर्ने घोषणा भएको छ। यो रेलमार्ग निर्माणको प्रक्रिया अघि बढेमा नेपाल र भारतबीचको रेल सम्पर्क विस्तार हुनुका साथै काठमाडौंलाई भारतीय रेल सञ्जालसँग जोड्ने सम्भावना अघि बढ्नेछ। प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा दुई देशबीच विभिन्न आठ क्षेत्रमा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। यी समझदारी शिक्षा, अनुसन्धान, सुरक्षा, प्रशासन, स्वास्थ्य, परम्परागत चिकित्सा, अन्तरिक्ष प्रविधि तथा पशुपालन र मत्स्य विकाससँग सम्बन्धित छन्। पहिलो समझदारी गुजरातको गान्धीनगरस्थित राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागबीच भएको छ। यसअन्तर्गत शैक्षिक तथा अनुसन्धान क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ। अपराध अनुसन्धानमा वैज्ञानिक विधि, फरेन्सिक विज्ञान तथा जनशक्तिको क्षमता अभिवृद्धिका लागि यो समझदारी महत्वपूर्ण हुन सक्छ। त्यस्तै, भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रतिष्ठानबीच पनि समझदारी भएको छ। यसले प्रहरी तालिम, अनुसन्धान तथा संस्थागत क्षमता विकासमा सहकार्य गर्ने बाटो खोल्नेछ। निजामती कर्मचारीको क्षमता अभिवृद्धिका लागि भारतको राष्ट्रिय सुशासन केन्द्र, प्रशासनिक सुधार तथा सार्वजनिक गुनासो विभाग र नेपालको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच समझदारी भएको छ। यसअन्तर्गत नेपाली निजामती कर्मचारीका लागि क्षमता विकास तथा तालिम कार्यक्रम सञ्चालन गरिनेछ। स्वास्थ्य क्षेत्रतर्फ नेपाल र भारतबीच आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा प्रणालीमा सहकार्य गर्ने समझदारी भएको छ। यसले परम्परागत उपचार पद्धतिको विकास, ज्ञान आदानप्रदान तथा अनुसन्धानमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। अन्तरिक्ष प्रविधिका क्षेत्रमा भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) र नेपालको सञ्चार तथा सूचना मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइटको उपयोगका लागि भू–उपग्रह सञ्चार सञ्जाल स्थापना गर्ने समझदारी भएको छ। यसले सञ्चार प्रविधिको पहुँच र प्रयोग विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसैगरी, दुवै देशबीच दिगो सहरी विकासमा प्राविधिक सहकार्य गर्ने समझदारी भएको छ। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र नेपालको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयबीच स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा सहकार्य गर्ने समझदारीमा पनि हस्ताक्षर भएको छ। पशुपालन तथा मत्स्य विकासलाई अघि बढाउने उद्देश्यले पनि नेपाल र भारतबीच छुट्टै समझदारी भएको छ। यसबाट पशुपालन, माछापालन तथा सम्बन्धित क्षेत्रमा प्राविधिक ज्ञान र अनुभव आदानप्रदानको बाटो खुल्नेछ।पूर्वाधार र आर्थिक सहकार्यमा केन्द्रित भ्रमणप्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएका यी सहमति तथा घोषणाले नेपाल–भारत सम्बन्धलाई परम्परागत राजनीतिक र कूटनीतिक सम्बन्धभन्दा अघि बढाएर पूर्वाधार, व्यापार, ऊर्जा, शिक्षा, स्वास्थ्य र प्रविधिसम्म विस्तार गर्ने लक्ष्य राखेको देखिन्छ। विशेषगरी रेलमार्ग, पेट्रोलियम पाइपलाइन, सीमापार पुल, एकीकृत जाँच चौकी र बन्दरगाह प्रयोगसम्बन्धी निर्णयले दुई देशबीचको भौतिक तथा आर्थिक सम्पर्क विस्तार गर्ने आधार तयार गरेका छन्। त्यस्तै, तल्लो अरुण जलविद्युत् आयोजना र विकास सहयोग प्याकेजले ऊर्जा तथा पुनर्निर्माणका क्षेत्रमा सहकार्यको सम्भावना अघि सारेका छन्। शिक्षा, अनुसन्धान, प्रहरी तालिम, प्रशासनिक क्षमता विकास, स्वास्थ्य र अन्तरिक्ष प्रविधिसम्बन्धी आठ समझदारीले दुई देशबीचको संस्थागत सहकार्यलाई समेत नयाँ क्षेत्रमा विस्तार गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
‘आर्थिक सहयोग र हवाई रुट सकारात्मक, सीमामा सरकार प्रवेश नै गर्न चाहेन’
OthersJust now

‘आर्थिक सहयोग र हवाई रुट सकारात्मक, सीमामा सरकार प्रवेश नै गर्न चाहेन’

भलै भैरहवा विमानस्थलमा अवतरण गर्न मिल्ने गरी प्राविधिक तहमा सहमति जुटेर सञ्चालनमा आउन अझै बाँकी छ, तर नीतिगत तहमा सहमति हुनुलाई सकारात्मक रूपमै लिनुपर्छ। ...

अनलाइन खबर
संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’का लागि भारतीय सैनिक टोली नेपालमा
OthersJust now

संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’का लागि भारतीय सैनिक टोली नेपालमा

काठमाण्डु – नेपाल र भारतकाबीच हुँदै आएको संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’मा सहभागी हुन भारतीय सैनिक टोली सोमबार नेपाल आएको छ । विक्रम संवत् २०६७ सालदेखि नेपाल र भारतमा आलोपालो गरी वार्षिक रूपमा यो सैन्य अभ्यास सञ्चालन हुँदै आएको छ । संयुक्त सैनिक अभ्यास ‘सूर्य किरण’को बिसौँ संस्करणमा सहभागी हुन भारतीय सेनाको टोली रुपन्देहीको सालझण्डीस्थित […] ...

काठमाण्डुपाटी
भारतसँग के–के सहमति भयो ? परराष्ट्रमन्त्रीले सुनाए भ्रमणका उपलब्धि
OthersJust now

भारतसँग के–के सहमति भयो ? परराष्ट्रमन्त्रीले सुनाए भ्रमणका उपलब्धि

परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमण बहुआयामिक रूपमा सफल र उपलब्धिमूलक भएको बताएका छन् । सोमबार साँझ प्रधानमन्त्री साहको दुईदिने राजकीय भ्रमणबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जानकारी दिँदै मन्त्री खनालले भ्रमणका क्रममा पारवहन, रेलमार्ग, ऊर्जा, पूर्वाधार तथा सीमापार सम्पर्क सञ्जाललगायतका क्षेत्रमा महत्त्वपूर्ण सहमति भएको बताए । उनका अनुसार प्रधानमन्त्री साह र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको भेटवार्तामा भारतले नेपालको पारवहन व्यापारका लागि ...

पर्दाफास
भारत भ्रमण सकेर फर्किएपछि मोदी र भारतीय जनतालाई बालेनले दिए धन्यवाद
OthersJust now

भारत भ्रमण सकेर फर्किएपछि मोदी र भारतीय जनतालाई बालेनले दिए धन्यवाद

प्रधानमन्त्री वालेन्द्र शाहले दुईदिने औपचारिक भारत भ्रमण पूरा गरी स्वदेश फर्किएपछि भारतीय समकक्षी नरेन्द्र मोदी र भारतीय जनताप्रति आभार व्यक्त गरेका छन् । सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत भ्रमणका महत्त्वपूर्ण तस्बिर सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले आतिथ्य र सद्भावका लागि धन्यवाद दिएका हुन् । नेपाल र भारतको झन्डा तथा मुटुको इमोजीसहित उनले लेखेका छन्, ‘धन्यवाद महामहिम प्रधानमन्त्री नरेन्द्र मोदीज्यू र भारतीय जनता ।’ प्रधानमन्त्री ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement