Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/भारतमा डेटा गोपनीयतासम्बन्धी नयाँ नियमलाई सर्वोच्च अदालतमा चुनौती

भारतमा डेटा गोपनीयतासम्बन्धी नयाँ नियमलाई सर्वोच्च अदालतमा चुनौती

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतमा डेटा गोपनीयतासम्बन्धी नयाँ नियमलाई सर्वोच्च अदालतमा चुनौती

नयाँदिल्ली । भारतका समाचार प्रकाशकहरूले डेटा गोपनीयतासम्बन्धी नयाँ नियमले प्रेस स्वतन्त्रता र खोजमूलक पत्रकारितालाई कमजोर पार्ने भन्दै चुनौती दिएपछि सर्वोच्च अदालतले मङ्गलबार सरकारसँग जवाफ मागेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले व्यक्तिगत डेटा संरक्षणसम्बन्धी कानुन कार्यान्वयन गर्न गत वर्ष नयाँ नियम ल्याएको थियो । तर, आलोचकहरूले नियमको दायरा फराकिलो भएकाले जनहितमा गरिने पत्रकारिता प्रभावित हुन सक्ने बताएका छन् । भारतका प्रमुख समाचार संस्थाहरूको प्रतिनिधित्व गर्ने डिजिटल न्युज पब्लिसर्स एसोसिएसन (डीएनपीए) ले दायर गरेको निवेदनमा नयाँ नियमले पत्रकारिताका लागि कुनै छुट नदिएको र यसले समग्र पत्रकारिता क्षेत्रलाई जोखिममा पारेको उल्लेख छ । यस संस्थामा अर्बपति मुकेश अम्बानीको रिलायन्स समूहअन्तर्गतको नेटवर्क १८ र गौतम अडानीको स्वामित्वमा रहेको एनडीटीभी पनि आबद्ध छन् । दुवै व्यवसायी मोदीका निकट मानिन्छन् । डीएनपीएकी सुजाता गुप्ताले एएफपीसँग कुरा गर्दै नयाँ नियमले खोजमूलक पत्रकारितामा असर पार्नुका साथै सूचनाका स्रोतहरूलाई जोखिममा पार्न सक्ने बताइन् । युरोपेली सङ्घसहित विश्वका विभिन्न क्षेत्रमा डेटा गोपनीयतासम्बन्धी कानुनमा पत्रकारिताका लागि विशेष छुटको व्यवस्था गरिएको छ । अन्तरराष्ट्रिय सञ्चार निगरानी संस्था रिपोर्टर्स विदाउट बोर्डर्सले पनि पत्रकारिताका लागि छुट नदिई सबै प्रशोधित व्यक्तिगत डेटा खुलाउनुपर्ने व्यवस्थाले खोजमूलक पत्रकारितामा गम्भीर बाधा पुर्‍याउन सक्ने जनाएको छ । संस्थाका अनुसार यस्तो व्यवस्थाले अनियमितता र गलत कामको पर्दाफास गर्ने व्यक्तिहरूलाई सूचना सार्वजनिक गर्न निरुत्साहित गर्न सक्छ । भारतमा स्वतन्त्र अधिकारकर्मी र साना समाचार संस्थाहरूले पनि सूचनाको अधिकार (आरटीआई) कानुनमा व्यक्तिगत जानकारीसम्बन्धी छुटलाई लिएर गरिएका परिवर्तनविरुद्ध चुनौती दिएका छन् । खोजमूलक समाचार वेबसाइट ‘द रिपोर्टर्स कलेक्टिभ’ ले दायर गरेको निवेदनमा आरटीआई ऐनबाट जनहितलाई प्राथमिकता दिने व्यवस्था हटाउँदा सरकारी निकायले सार्वजनिक गतिविधि वा जनहितसँग प्रत्यक्ष सम्बन्धित सूचना पनि व्यक्तिगत जानकारी भन्दै रोक्न सक्ने चिन्ता व्यक्त गरिएको छ । आलोचकहरूले मोदी नेतृत्वको हिन्दु राष्ट्रवादी सरकारले प्रेस स्वतन्त्रता कमजोर पार्दै आएको आरोप लगाउँदै आएका छन् । सरकारले भने यस्तो आरोप अस्वीकार गर्दै आएको छ । यस मुद्दामा सर्वोच्च अदालतले नोभेम्बर १७ मा पुनः सुनुवाइ गर्नेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

अमेरिकी मध्यावधि निर्वाचन किन महत्त्वपूर्ण ?
ताजा खबरJust now

अमेरिकी मध्यावधि निर्वाचन किन महत्त्वपूर्ण ?

अमेरिकी मध्यावधि निर्वाचनलाई राष्ट्रपति ट्रम्पको दुईवर्षे कार्यकालको जनमत परीक्षणका रूपमा हेरिन्छ । संसद्‌मा डेमोक्र्याटहरूको वर्चस्व कायम भए ट्रम्प प्रशासनका नीति तथा निर्णयमाथि दबाब बढ्न सक्छ । ...

कान्तिपुर
एनपीएल खेल्न नेपाल आएका सकिबको प्रतिबन्धित बेटिङको प्रचार
ताजा खबरJust now

एनपीएल खेल्न नेपाल आएका सकिबको प्रतिबन्धित बेटिङको प्रचार

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आएका बङ्गलादेशका चर्चित क्रिकेटर सकिब अल हसनले अनलाइन सट्टेबाजीसम्बन्धी प्रचार सामग्री सामाजिक सञ्जालमा राखेका छन् । उनले आफ्नो फेसबुकमा ‘वान एक्स बेट’को... ...

रातोपाटी
एनपीएलले खोलेको अवसरको ढोका
ताजा खबरJust now

एनपीएलले खोलेको अवसरको ढोका

हाम्रो साझा लक्ष्य हुनुपर्छ— नेपाली युवाले यही देशमा आफ्नो भविष्य देख्न सकून्, आफ्नो प्रतिभाबाट देशको नाम चम्काउन सकून् र खेलकुदले राष्ट्रको आर्थिक तथा सामाजिक विकासमा योगदान गर्न सकोस्। ...

कान्तिपुर
जहाँ गुरुहरू कुटिन्छन्
ताजा खबरJust now

जहाँ गुरुहरू कुटिन्छन्

विद्याको पवित्र मन्दिरभित्र पसेर गुरुलाई गालीगलौज गर्दै कुटपिट गर्न तम्तयार हुने कस्तो समाज र मानसिकता निर्माण गर्‍यौं हामीले? ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play