Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/भारतमा जीवित प्रमाणित गर्न सरकारी कार्यालय धाउँदै मतदाता सूचीबाट नाम हटेका ‘मृतक’ व्यक्ति

भारतमा जीवित प्रमाणित गर्न सरकारी कार्यालय धाउँदै मतदाता सूचीबाट नाम हटेका ‘मृतक’ व्यक्ति

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतमा जीवित प्रमाणित गर्न सरकारी कार्यालय धाउँदै मतदाता सूचीबाट नाम हटेका ‘मृतक’ व्यक्ति

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीका ५३ वर्षीय कामता प्रसाद मतदाता नामावली पुनरावलोकनका क्रममा हटाइएका करिब १३ करोड नामहरूमध्ये एक हुन् । भारतमा यो ठूलो मतदाता नामावली संशोधनले व्यापक विरोध प्रदर्शन निम्त्याएको छ र प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारविरुद्ध लगातार विरोध प्रदर्शन गरिरहेको छ । मृतक, नाम दोहोरिएका र ठाउँ सरेर गएकाहरुको नामलाई सच्याउनका लागि ‘विशेष गहन पुनरावलोकन’ (एसआईआर) ल्याइएको थियो । यसक्रममा देशभर झन्डै १३ करोड नामहरु हटाइएका छन् । तर, जीवितै रहेका कामतालाई मृतक भन्दै मतदाता सूचीबाट हटाइयो । दैनिक झन्डै २५० भारु ज्याला कमाएर परिवार पाल्ने गरेका कामता अहिले निर्वाचन आयोगको उक्त गल्ती सच्याउन आफ्नो काम छाडेर दिल्लीका विभिन्न कार्यालयहरू धाइरहेका छन् । अगस्ट ३१ मा निर्वाचन आयोगले प्रकाशित गरेको मस्यौदा मतदाता नामावली अनुसार दिल्लीमा मात्रै ४२ लाख मतदाताहरूको नाम हटाइएको छ । नाम हटेको सुन्दा आफू त्रसित भएको बताउँदै कामता प्रसादले भने, ‘त्यसबेलादेखि म आफू जिउँदै छु भनेर प्रमाणित गर्न जताततै धाइरहेको छु ।’ यो नाम हटाउने प्रक्रियाले राजनीतिक आँधी नै सिर्जना गरेको छ । विपक्षी दलहरू र युवा समूहहरूले नयाँ दिल्ली लगायत देशका विभिन्न भागहरूमा लगभग दैनिकजसो विरोध प्रदर्शनहरू गरिरहेका छन्, जसमाथि प्रहरीले बल प्रयोग गरेको छ । निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) लाई फाइदा पुर्‍याउन यो पुनरावलोकनमा अपारदर्शी ढंगबाट हेरफेर गरेको विपक्षीहरु आरोप छ । यसक्रममा ठूलो संख्यामा योग्य मतदाताहरुलाई अनेक बहाना बनाएर मतदाता सुचीबाट हटाइएको आरोप उनीहरुले लगाएका छन् । यद्यपि, निर्वाचन आयोग र भाजपा दुवैले यो आरोपलाई अस्विकार गरेका छन् । गैरसरकारी संस्था ’जन सरोकार’ का स्वयंसेवक राजेन्द्र कुमारका अनुसार, कामताको क्षेत्रका करिब ९ हजार मतदातामध्ये करिब २ हजार जनाको नाम हटाइएको छ । पुनरावलोकनका क्रममा अनुपस्थित, बसाइँ सरेको, मृतक वा अन्यत्र दर्ता भएको कारण देखाइएको छ । कामता आफ्नो क्षेत्रमा ‘मृत’ घोषित गरिएका एक्लो जीवित व्यक्ति हुन् । तर देशका विभिन्न भागहरूमा यस्तै किसिमका अन्य थुप्रै त्रूटिपूर्ण घटनाहरु देखिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । विपक्षीहरुले नियतवस्ः नै सरकारको इशारामा प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारले यस्तो काम गरेको आरोप लगाएका छन् । निर्वाचन आयोगले भने डुप्लिकेशन, मृतक, बसाइँ सरेका र अन्य अयोग्य मतदाताहरूलाई हटाउने काम चलिरहेको जनाएको छ । यसक्रममा भूलवसः केही त्रूटिहरु हुन गएमा नागरिकले दाबी–विरोध गर्न पाउने जनाएको छ । यसका लागि आवश्यक कागजात पेस गर्न र अपिल गर्न आग्रह गरिएको छ । तर, कामताजस्ता मतदाताहरूका लागि यो सूचीबाट हटेपछि फेरि नाम फर्काउने प्रक्रिया सहज छैन । उनीहरूले आफ्नो परिस्थितिका आधारमा जिउँदै रहेको प्रमाण पेस गर्ने, बसोबास प्रमाणित गर्ने, त्रुटिहरू सच्याउने वा नयाँ कागजातहरू बुझाउनुपर्ने बाध्यता छ । यस प्रक्रियामा निर्वाचन कार्यालयहरूमा बारम्बार धाइरहनुपर्ने, निर्वाचन अधिकारीहरूसमक्ष सुनुवाइमा उपस्थित हुनुपर्ने र अपिलका अनेक चरणहरू पार गर्नुपर्ने हुन्छ । जो निकै झन्झटिलो छ । कामताले दुखेसो पोख्दै भने, ‘मैले उनीहरूलाई गत विधानसभा र आम निर्वाचनमा भोट हालेको हुँ । ३५ वर्षदेखि नियमित मतदान गर्दै आएको विषय बताए पनि कसैले सुन्दैन ।’ यस विषयमा रोयटर्सले माग गरेको प्रतिक्रियामा भारतको निर्वाचन आयोगले कुनै जवाफ दिएन । मतदाता नामावलीको विषयमा हप्तौंसम्म विरोध प्रदर्शन भएपछि निर्वाचन आयोगले दिल्लीलगायत केही राज्यहरूमा नयाँ प्रमाणीकरण प्रक्रिया अघि बढाउन आदेश दिएको छ । यसअघि सूचीबाट नाम हटेका योग्य मतदाताहरुलाई फेरि आफ्नो नाम प्रविष्ट हुने आशा बढेको छ । कामताले पनि आफ्नो नाम पुनः बहाल हुने विश्वास व्यक्त गरे । दिल्लीका ३८ वर्षीय निजी विद्यालयका शिक्षक कमल लाल वर्षौंदेखि उही थलोमा बसिरहेका छन् । तर, उनलाई पनि बसाइँ सरेको भन्दै मतदाता नामावलीबाट हटाइएको छ । उनले भने, ‘यो अति नै निराशाजनक छ । हामी यो देशमा वर्षौंदेखि मतदान गर्दै आएका छौँ । अहिले जग्गाको कागजात वा पानीको बिल नभएको कारण हाम्रा नामहरू काटिएका छन् ।’ लालले सेप्टेम्बरमा आफ्नो नाम हटाइएको कुरा पहिलो पटक थाहा पाएका थिए । तयसयता उनी निर्वाचन अधिकारीहरूकहाँ पटक–पटक गएका छन् । सुनुवाइमा सहभागी भएका छन् र नाम पुनः प्रविष्ट गराउन माग गर्दै धेरै वटा निवेदनहरू दिएका छन् ।पुनः दर्ता प्रक्रिया झन्झटिलो हुने भएकाले अधिकारीहरुले नाम हटेका केहीलाई नयाँ दर्तामा जान आग्रह पनि गरेका छन् । तर, यस्तो उपाय सही हुने भरोसा उनीहरुलाई छैन । गरिब मतदाताहरूलाई यस विषयमा गहिरो डर छ । किनकि, उनीहरुका लागि मतदाता नामावली राजनीतिक प्रक्रियामात्रै नभएर राज्यको सुविधा पाउने अवसर पनि हो । थर प्रयोग नगर्ने शर्तमा ३९ वर्षीया ममताले भनिन्, ‘अहिले स्थानीय निर्वाचन अधिकारीहरूले हामीलाई नयाँ मतदाताको रूपमा दर्ता गर्न भनिरहेका छन् । मेरा श्रीमान् त्यसको कडा विरोधमा हुनुहुन्छ । उहाँले पछिल्ला केही चुनावहरूमा मतदान गर्नुभएको छ ।’ उनले थपिन्, ‘यदि हाम्रो नाम सूचीमा पुनः राखिएन भने, मैले अनुदानमा पाउने राशन र अन्य सरकारी कल्याणकारी योजनाहरूको सुविधा गुमाउन सक्छु भन्ने चिन्ता छ ।’रोयटर्स

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

पाइरेसीविरुद्ध क्यानका सचिव खड्का, एनपीएल आधिकारिक माध्यमबाट मात्र हेर्न आग्रह
ताजा खबरJust now

पाइरेसीविरुद्ध क्यानका सचिव खड्का, एनपीएल आधिकारिक माध्यमबाट मात्र हेर्न आग्रह

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आधिकारिक माध्यमबाट मात्र हेर्न प्रशंसकहरूसँग विशेष अपील गरेका छन्। सामाजिक सञ्जालमार्फत सन्देश... ...

रातोपाटी
अमेरिकी अधिकारीहरूले बन्द कोठामा किन हप्काए जेलेन्स्कीलाई
ताजा खबरJust now

अमेरिकी अधिकारीहरूले बन्द कोठामा किन हप्काए जेलेन्स्कीलाई

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अरूको आलोचना गर्छन्, तर कसैले उनलाई जवाफ फर्काए भने उनी रिसाउँछन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेरि एकपटक यस्तै अवस्थाको सामना गर्नुपरेको छ। न्युयोर्क टाइम्समा प्रकाशित एक सामग्रीका अनुसार, नर्वेको राजधानी ओस्लोमा मङ्गलबार बन्द कोठामा एक बैठक भएको थियो। यस क्रममा ट्रम्पका प्रतिनिधिहरू स्टिभ विटकफ (पश्चिम एसियाका लागि विशेष दूत) र ट्रम्पका ज्वाइँ जेरेड कुस्नरले जेलेन्स्कीलाई ...

केन्द्रबिन्दु
रवि लामिछाने भारत भ्रमणका लागि प्रस्थान
ताजा खबरJust now

रवि लामिछाने भारत भ्रमणका लागि प्रस्थान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणका लागि आज शुक्रबार बिहान त्यसतर्फ प्रस्थान गरेका छन्। उनी पत्नी निकितासहित आज बिहान काठमाडौँबाट हवाईजहाजमा धनगढी प्रस्थान गरेका हुन्।  त्यहाँबाट भारतको उत्तराखण्ड, नैनीतालस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम रहेको उनको सचिवा... ...

नेपालखबर
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
ताजा खबरJust now

जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

नौरते नेपालीसिँजा (जुम्ला), कात्तिक ६ गते । जुम्लाबाट करिब ७ हजार बढी मेट्रिक टन स्याउ निर्यात भएको छ । कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा उत्पादन भएको स्याउ हालसम्म करि... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play