Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

भारतद्वारा २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहायता घोषणा

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतद्वारा २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहायता घोषणा
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको पुनर्निर्माण तथा दीर्घकालीन विकासका लागि २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहायता प्याकेज घोषणा गर्नुभएको छ। सोमबार भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले उक्त सहायता प्याकेज घोषणा गर्नुभएको हो। गत अगस्टमा नेपालमा आएको भोटेकोशीको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मोदीले प्रभावित परिवारको जीवनलाई पुनः सामान्य अवस्थामा फर्काउन तथा भविष्यमा आउन सक्ने विपद्सँग जुध्ने नेपालको क्षमता अभिवृद्धि गर्न भारतले सहयोग गर्ने बताउनुभयो। उहाँले प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघमा गर्नुभएको सम्बोधनमा नेपालको भविष्यप्रतिको दूरदर्शिता देखिएको बताउनुभयो। पछिल्लो केही घण्टाको कुराकानीमा आफूले नेपालको भविष्य तथा भारत–नेपाल सम्बन्धका विषयमा स्पष्ट दृष्टिकोण र प्रतिबद्धता महसुस गरेको उहाँको भनाइ थियो। “नेपालको विकास यात्रामा भारत सधैँ सहभागी रहँदै आएको छ,” मोदीले भन्नुभयो, “नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा लैजान आज प्रयास गरेका छौँ।” उहाँले नेपाल–भारत सम्बन्ध छिमेकी मुलुकबीचको सम्बन्ध मात्र नभई अटुट विश्वासमा आधारित रहेको बताउनुभयो। नेपालको नयाँ पुस्ताको आकांक्षा र अपेक्षालाई प्रधानमन्त्री शाहले प्राप्त गर्नुभएको ऐतिहासिक जनादेशले प्रतिबिम्बित गरेको उहाँको भनाइ थियो। धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यले जनकपुर र अयोध्याबीच ‘सरयू–कमला एक्सप्रेस’ रेल सेवा सुरु गरिएको मोदीले जानकारी दिनुभयो। यसबाट अयोध्या आउने भारतीय श्रद्धालुलाई जनकपुर पुगेर माता सीताको दर्शन गर्न सहज हुने उहाँले बताउनुभयो। लुम्बिनी, बोधगया लगायत दुवै देशका बौद्ध तथा शिवशक्ति सम्पदासँग जोडिएका धार्मिक स्थलबीच सम्पर्क विस्तार गर्न पनि सहकार्य गरिने उहाँले जानकारी दिनुभयो। “नेपालबिना भारतका धाम र नेपालबिना भगवान् श्रीराम पनि अधुरा छन्,” उहाँले भन्नुभयो। त्यसैगरी, उत्तराखण्ड र नेपालबीच धार्चुला सडक पुल उद्घाटन गरिएको तथा बनबासामा एकीकृत जाँच चौकीको शिलान्यास गरिएको मोदीले जानकारी दिनुभयो। नेपालको दोधारा–चाँदनीमा पनि एकीकृत जाँच चौकी निर्माणको कामलाई तीव्रता दिइने उहाँले बताउनुभयो। बिहार, उत्तर प्रदेशलगायत भारतका अन्य राज्य र नेपालबीच सडक, रेल तथा सीमा सम्पर्क विस्तारका परियोजनालाई गति दिने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो। नेपालको पारवहन व्यापारलाई सहज बनाउन भारतका काण्डला र पारादीप बन्दरगाहसम्म पहुँच उपलब्ध गराउने घोषणा गर्दै मोदीले व्यापारिक सम्पर्क र लगानी विस्तारले नेपालको आर्थिक विकासमा योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो। ऊर्जा सहकार्यलाई पनि प्राथमिकतामा राखिएको उल्लेख गर्दै उहाँले तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास तथा अरुण–३ आयोजना निर्धारित समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेपालको जलविद्युत् सम्भावनालाई आर्थिक समृद्धिमा रूपान्तरण गर्ने प्रयासस्वरूप भारतको ठूलो ऊर्जा बजारसँग नेपालको स्वच्छ ऊर्जा उत्पादनलाई जोडिने उहाँको भनाइ थियो। त्यस्तै, मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण उद्घाटन गरिएको तथा झापामा पेट्रोलियम टर्मिनल निर्माणको शिलान्यास गरिएको मोदीले जानकारी दिनुभयो। अन्तर्राष्ट्रिय बजारमा तेल आपूर्तिसम्बन्धी चुनौतीका बाबजुद भारतले नेपाललाई इन्धन, मल तथा अन्य अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता दिएको उहाँले उल्लेख गर्नुभयो। नेपालको युवा पुस्ताको क्षमता र सिर्जनशीलतालाई प्रोत्साहन गर्न स्टार्टअप इन्क्युबेटर, नवप्रवर्तन केन्द्र तथा भारतीय प्रविधि संस्थान (आईआईटी) को अफशोर क्याम्पस स्थापना गर्ने योजना अघि सारिएको मोदीले बताउनुभयो। नेपाली विद्यार्थीका लागि भारतमा कानून तथा प्रविधि विषयमा छात्रवृत्तिका अवसर बढाउने र खाद्य प्रशोधन तथा मूल्य अभिवृद्धिलाई प्रोत्साहन गर्न नेपालमा कृषि औद्योगिक पार्क विकासमा सहयोग गर्ने उहाँले बताउनुभयो। दुवै देशका युवा सिर्जनाकर्मीलाई साझा सांस्कृतिक सम्पदालाई आधुनिक प्रविधिमार्फत विश्वसामु पु¥याउन सहकार्य गराइने उल्लेख गर्दै मोदीले आगामी वेब सम्मेलनमा नेपालको ठूलो प्रतिनिधिमण्डललाई स्वागत गरिने बताउनुभयो। खेलकुद, विशेषगरी क्रिकेटको पूर्वाधार विकास तथा खेलाडीको प्रशिक्षणमा समेत भारतले सहयोग बढाउने उहाँले घोषणा गर्नुभयो। संयुक्त पत्रकार सम्मेलनमा मोदीले भारत र नेपालले साझा भविष्यलाई नयाँ दिशा दिन संयुक्त दृष्टिकोण दस्तावेज जारी गर्न लागेको जानकारी पनि दिनुभयो। उक्त दस्तावेज विकसित भारत र समुन्नत नेपालको लक्ष्य हासिल गर्न दुवै देशले मिलेर अघि बढ्ने मार्गचित्र हुने उहाँको भनाइ थियो। – न्युज एजेन्सी नेपाल

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
भ्रष्टाचार प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाको नाममा म्याद जारी
Latest NewsJust now

भ्रष्टाचार प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाको नाममा म्याद जारी

काठमाडौँ । विराटनगर उपमहानगरपालिकाको सार्वजनिक जग्गा सट्टापट्टा सम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वमन्त्री मिनेन्द्र रिजालसहित ९३ जनाको नाममा म्याद तामेल गरेको छ । विशेष अदालतका सूचना अधिकारी पार्वती... ...

रातोपाटी
काठमाडौं महानगरले सुरु गर्‍यो ‘रिचार्ज काठमाडौँ अभियान’
Latest NewsJust now

काठमाडौं महानगरले सुरु गर्‍यो ‘रिचार्ज काठमाडौँ अभियान’

काठमाडौं । काठमाडौं महानगरपालिकाकी प्रमुख सुनिता डंगोलले संघ, प्रदेश र सबै स्थानीय तहलाई जहाँजहाँ छौँ, त्यहाँत्यहाँबाट जलवायु कार्यको थालनी गरौँ भन्दै आह्वान गरेकी छिन् । जलवायुको विषय काठमाडौं एक्लैको विषय नभई सिङ्गो नेपाल र सिङ्गो पृथ्वीको विषय भएको भन्दै उहाँले ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०८३’ अभियानको उद्घाटनमा सम्वोधन गर्दै यस्तो आह्वान गरेकी हुन् । ‘म यहाँ आज काठमाडौं महानगरपालिकाको कार्यवाहक प्रमुखको ...

केन्द्रबिन्दु
भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान, मोदीलाई नेपाल भ्रमणको निम्तो
Latest NewsJust now

भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान, मोदीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र साहले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। सोमबार मोदीसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री साहले नेपाल–भारत सम्बन्धलाई आपसी विश्वास, सहकार्य र साझा समृद्धिमा आधारित विकास साझेदारीमा रूपान्तरण गर्नुपर्ने बताएका छन्। उनले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ पुस्ताका अवसर र समृद्धिसँग जोड्नुपर्नेमा जोड दिँदै आपसी सम्मान, विश्वास र सद्भाव ...

लुम्बिनी सञ्चार
निर्माण कम्पनीले हस्तान्तरण गर्‍यो कर्णाली प्रदेश रंगशाला
Latest NewsJust now

निर्माण कम्पनीले हस्तान्तरण गर्‍यो कर्णाली प्रदेश रंगशाला

दसौं राष्ट्रिय खेलकुदको मुख्य आयोजनास्थल रंगशाला १ अर्ब ५९ करोड ४७ लाख ४७ हजार रुपैयाँमा बनेपछि औपचारिक रूपमा हस्तान्तरण गरिएको हो। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement