काठमाडौं । भारतको दुई दिने राजकीय भ्रमण पूरा गरी प्रधानमन्त्री बालेन शाह स्वदेश फर्किएका छन्। उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्। प्रधानमन्त्री शाह नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल फर्किएका हुन्। उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार भारतको राजकीय भ्रमणमा गएका थिए। नेपाल फर्किएका प्रधानमन्त्री बालेन शाहले भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो भ्रमणका क्रमका केही तस्वीरहरू सेयर गर्दै धन्यवाद दिएका हुन् । प्रधानमन्त्री बनेपछि उनको यो पहिलो औपचारिक भारत भ्रमण हो। भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय द्विपक्षीय वार्ता गर्नुका साथै भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गरेका थिए। भ्रमणका क्रममा दुई देशबीच विभिन्न सम्झौता तथा समझदारीसमेत भएका थिए। भ्रमण पूरा गरी स्वदेश फर्किने क्रममा प्रधानमन्त्री शाहलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलालगायतले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए।
भारतको भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






