भारत–अमेरिकाबीच हुँदै व्यापार सम्झौता, प्राविधिक विषय मात्र टुङ्गिन बाँकी

काठमाडौं- भारत र अमेरिकाले व्यापार, रक्षा, प्रविधि र ऊर्जा सुरक्षामा सहकार्य बढाउँदै प्रस्तावित द्विपक्षीय व्यापार सम्झौता चाँडै टुङ्ग्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । मुम्बईमा भारतीय विदेशमन्त्री एस जयशङ्कर र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच भएको भेटवार्तामा दुई देशको सम्बन्ध र क्षेत्रीय तथा विश्वव्यापी घटनाक्रमबारे छलफल भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । रुबियोले व्यापार सम्झौता अन्तिम चरणमा पुगेको र केही प्राविधिक विषय मात्र टुङ्ग्याउन बाँकी रहेको बताए । उनले सम्झौताका सबै विवरणमा सहमति भएपछि मात्र घोषणा गर्नुपर्नेमा जोड दिए । भारत र अमेरिकाबीच प्रमुख राष्ट्रिय हितका विषयमा असाधारण तालमेल रहेको उल्लेख गर्दै उनले दुई देशबीच कूटनीतिक तथा आर्थिक सहकार्य विस्तार गर्नुपर्ने बताए । रुबियोले मुम्बईलाई भारतको आर्थिक केन्द्रका रूपमा उल्लेख गर्दै त्यहाँबाट व्यापार र लगानी विस्तारको सम्भावना रहेको धारणा राखे । भारतको औपचारिक भ्रमणमा रहेका रुबियोले गुजरातको जामनगरमा उन्नत ऊर्जा सहकार्यबारे छलफल गर्ने कार्यक्रम छ । उनको भ्रमणले दुई देशबीच रणनीतिक साझेदारी थप सुदृढ गर्ने अपेक्षा गरिएको छ ।
Read Complete Original Article
Published originally on विश्वखबर
Related News

क्यासिनो खेल्ने पाँच जना प्रहरीको नियन्त्रणमा
वीरगन्ज (पर्सा), कात्तिक ४ गते । क्यासिनोभित्र प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका –१४ गण्डकस्थित गोल्डेन... ...

नवदुर्गासँग जोड्दै नेवार समुदायले उल्लासमय पर्वका रूपमा मनाए मोहनी नख:
भक्तपुर – भक्तपुरका नेवार समुदायले बुधबार मोहनी नख: मनाएका छन् । विजयादशमीको दिन बुधबार मान्यजनको हातबाट मोहनी सि: न अर्थात कालो टीका, राटो टीका, जमरा ग्रहण गरी मोहनी न:ख मनाएका हुन् । यहाँका नेवार समुदायले नवदुर्गा भवानीको पूजा गर्ने क्रममा महानवमीको दिनमा घरघरमा पालामा दियो बालेर त्यसको माथिवाट अर्को पालाले छोपेर पालामा जम्मा भएको कालो […] ...

अफ्रिकामा फैलिएको इबोला संक्रमण नाइजेरिया पुग्यो
लागोस।अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ। युगान्डाबाट आएकी एक महिलामा संक्रमण पुष्टि भएको छ भने केन्यामा संक्रमितको संख्या नौ पुगेको छ। नाइजेरियाका स्वास्थ्यमन्त्री मुहम्मद अली पाटेका अनुसार, संक्रमित महिलालाई एकान्तवासमा राखेर उपचार भइरहेको छ। उनको सम्पर्कमा आएका ४४ जनाको पहिचान गरी निगरानी सुरु गरिएको छ। प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा मे महिनामा सुरु भएको प्रकोपबाट नौ हजारभन्दा बढी संक्रमित भएका छन् भने चार ...

क्यासिनोबाट पाँच जना प्रहरी नियन्त्रणमा
वीरगन्ज (पर्सा) । क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिङ्गर गेमिङ जोन प्रालिमा नेपाली प्रवेश गराई जुवा खेलाइरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए। बारा जिल्ला पचरौता नगरपालिका–४ का रामचन्द्र साह, प्रसौनी गाउँपालिका–३ का अच्छेलाल प्रसाद, प्रसौनी गाउँपालिका–१ ...


