Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/भारत विरोधी राष्ट्रवादको युग सकियो : अर्थमन्त्री वाग्ले

भारत विरोधी राष्ट्रवादको युग सकियो : अर्थमन्त्री वाग्ले

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारत विरोधी राष्ट्रवादको युग सकियो : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा भारत विरोधी राष्ट्रवादको युग सकिएको बताउनुभएको छ । भारतको नयाँ दिल्लीमा आयोजित ‘एनडीटीभी वल्र्ड समिट २०२६’ मा बोल्दै अर्थमन्त्री वाग्लेले नेपालको नयाँ नेतृत्व पहिलेको भन्दा फरक रहेको र वालेन्द्र शाहको प्रशासनले भारतसँग अझ राम्रो सम्बन्ध निर्माण गर्न चाहेको बताउनुभयो । उहाँले भारत र नेपालबीचको सम्बन्धमा कहिलेकाहीँ कठिनाइहरू आउने भए पनि यी दुई देश एकअर्कासँग निकै बलियो रूपमा जोडिएका उल्लेख गर्नुभयो । ‘भारत र नेपालबीचको सम्बन्ध निकै गहिरो छ । यी दुई देशहरू भौगोलिक रूपमा मात्र नभई गहिरो सांस्कृतिक सम्बन्धका माध्यमबाट पनि जोडिएका छन्’, उहाँले भन्नुभयो । यसैबीच अर्थमन्त्री वाग्लेले प्रधानमन्त्री वालेन्द्र शाहले सन् २०२६ को अन्त्यसम्ममा भारतको भ्रमण गर्न सक्ने बताउनुभएको छ । उहाँले प्रधानमन्त्री शाहको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । साथै भारतको विकासबाट नेपालले पनि लाभ प्राप्त गर्ने उहाँको भनाइ छ । अर्थमन्त्री वाग्लेले सङ्कटको समयमा नेपाललाई सहयोग गरेकोमा भारतको प्रशंसा पनि गर्नुभयो । उहाँले भूकम्पदेखि पछिल्ला बाढीसम्म भारत सधैँ नेपाललाई मद्दत गर्न अघि बढेको कुरा उल्लेख गर्नुभयो । The post भारत विरोधी राष्ट्रवादको युग सकियो : अर्थमन्त्री वाग्ले appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन
ताजा खबरJust now

हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

• म्याग्दीको बेनी–दरवाङ सडक एक हप्तापछि सञ्चालनमा आएको छ, जुन पहिरोका कारण बन्द भएको थियो। • दसैँ पर्वको चहलपहललाई ध्यानमा राख्दै तत्काल सडक खुलाइएको भए पनि दिगो समाधानका लागि अझै काम गर्न बाँकी छ। • यो सडक म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई सदरमुकाम बेनीसँग जोड्ने महत्वपूर्ण मार्ग मानिन्छ। ...

नेपालबहस
जुम्ली किसानलाई वर्षेबाली भित्र्याउन भ्याइनभ्याइ !
ताजा खबरJust now

जुम्ली किसानलाई वर्षेबाली भित्र्याउन भ्याइनभ्याइ !

जुम्ला । जुम्लाका किसानलाई यो याममा बर्खे बाली भित्र्याउन चटारो परेको छ । दसैँको रौनक सकिनै लाग्दा हिमाली जिल्ला जुम्लाका किसानहरुलाई भने पाकेको कोदो, धान, फापर, सिमी र मकै लगायतका बाली भित्र्याउन भ्याइनभ्याइ भएको तिला गाउँपालिका–८ का वडाध्यक्ष आसे बस्नेतले बताए । मौसम सफा भएकाल पाकेको बाली थन्क्याउन अहिले यहाँका किसान खेतबारीमा काममा व्यस्त रहेका छन् । दसैँभन्दा पनि किसानहरुलाई बाली भित्र्याउने ...

केन्द्रबिन्दु
एनपीएलको तेस्रो संस्करणका लागि विदेशी खेलाडी र प्रशिक्षक काठमाडौंमा
ताजा खबरJust now

एनपीएलको तेस्रो संस्करणका लागि विदेशी खेलाडी र प्रशिक्षक काठमाडौंमा

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि सुरु हुँदैछ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट मान्यता प्राप्त यस प्रतियोगितामा सहभागी टोलीहरूले यसपटक आठ जनासम्म विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन्, जसमध्ये एक खेलाडी एसोसिएट राष्ट्रको हुनुपर्नेछ। यद्यपि, प्लेइङ-११ मा भने चारजना विदेशी खेलाडी मात्र मैदानमा उत्रन पाउनेछन्। प्रतियोगिता सुरु हुन तीन दिन बाँकी रहँदा विदेशी खेलाडी र प्रशिक्षकहरूको आगमन ...

नेपालन्युज
नख्खु कारागारबाट फरार कैदीबन्दी पक्राउ
ताजा खबरJust now

नख्खु कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडाैँ । जेनजी आन्दोलनका क्रममा ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका एक कैदीलाई सिन्धुली प्रहरीले पक्राउ गरेको छ। चोरी मुद्दामा दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको सजाय भई नख्खु कारागारमा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play