Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

भवानी राणाद्वारा १९औँ गोदावरी फूल मेलाको अवलोकन

Share:WhatsAppFacebookX (Twitter)Telegram
भवानी राणाद्वारा १९औँ गोदावरी फूल मेलाको अवलोकन
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) की पूर्वअध्यक्ष भवानी राणाले सोमबार जावलाखेलमा जारी १९औँ गोदावरी फूल प्रदर्शनी तथा मेलाको अवलोकन गरेकी छन् । अवलोकनका क्रममा पूर्वअध्यक्ष राणाले प्रदर्शनीमा राखिएका विभिन्न प्रजातिका फूल, पुष्पजन्य सामग्री तथा व्यवसायीका स्टलहरूको अवलोकन गरेकी थिइन् । उनले नेपाली पुष्प व्यवसायको अवस्था, उत्पादनको विविधता, बजारको सम्भावना र व्यवसायीले भोगिरहेका चुनौतीबारे समेत चासो व्यक्त गरेकी थिइन् । नेपालमा पुष्प व्यवसायको विकास र विस्तारका लागि यस्ता प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने राणाको धारणा थियो । स्वदेशमै उत्पादन हुने फूलको बजार विस्तार, व्यावसायिक उत्पादनमा वृद्धि तथा पुष्प व्यवसायमा आबद्ध उद्यमीलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता उनले औँल्याएकी थिइन् । नेपालमा फूलको माग बढ्दै गएको सन्दर्भमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै आयात प्रतिस्थापनमा समेत जोड दिनुपर्ने देखिन्छ । पुष्प व्यवसायलाई कृषि तथा उद्यमशीलताको महत्वपूर्ण क्षेत्रका रूपमा विकास गर्न उत्पादनसँगै बजारीकरण, आधुनिक प्रविधिको प्रयोग र व्यवसायीको क्षमता अभिवृद्धिमा ध्यान दिनुपर्ने आवश्यकता छ ।जावलाखेलमा जारी १९औँ गोदावरी फूल प्रदर्शनीमा विभिन्न प्रजातिका गोदावरी फूलसहित मौसमी फूल तथा अन्य पुष्पजन्य सामग्री प्रदर्शन तथा बिक्रीका लागि राखिएका छन् । प्रदर्शनीमा पुष्प व्यवसायी, उत्पादक तथा फूलप्रेमीहरूको सहभागिता रहेको छ । प्रदर्शनीले नेपाली पुष्प व्यवसायीलाई आफ्ना उत्पादनको प्रचारप्रसार तथा बजारीकरण गर्ने अवसर प्रदान गर्नुका साथै उपभोक्तालाई स्वदेशी फूलबारे जानकारी गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । The post भवानी राणाद्वारा १९औँ गोदावरी फूल मेलाको अवलोकन appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चितवनले सुदूरपश्चिमलाई दियो १३० रनको लक्ष्य
Latest NewsJust now

चितवनले सुदूरपश्चिमलाई दियो १३० रनको लक्ष्य

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्ससामु १३० रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएको हो । ...

केन्द्रबिन्दु
सरकारी कार्ययोजना कार्यान्वयन गर्न मन्त्रालयहरूलाई निर्देशन
Latest NewsJust now

सरकारी कार्ययोजना कार्यान्वयन गर्न मन्त्रालयहरूलाई निर्देशन

सरकारले बेरुजु फर्छ्योट, बजार अनुगमन, स्वदेशी उत्पादनको प्राथमिकता र नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउन मन्त्रालय तथा निकायलाई निर्देशन दिएको हो । ...

कान्तिपुर
अनुमति नलिई डोल्पा पुगेका ६ भारतीय पर्यटकलाई जरिवानासहित कारबाही
Latest NewsJust now

अनुमति नलिई डोल्पा पुगेका ६ भारतीय पर्यटकलाई जरिवानासहित कारबाही

• डोल्पाको माथिल्लो क्षेत्रमा अनुमति नलिई यात्रा गरेका ६ जना भारतीय पर्यटकलाई जरिवानासहित कारबाही गरिएको छ। • उनीहरू प्रतिकूल मौसमको चेतावनी बेवास्ता गर्दै जोखिमपूर्ण यात्रा गर्दा हिमपातमा फसेका थिए। • उद्धार गरिएको सबै पर्यटकको अवस्था सामान्य रहेको र प्रशासनले आवश्यक अनुमति र मौसमको जानकारी लिन आग्रह गरेको छ। ...

नेपालबहस
वार्षिक कार्ययोजना प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालयलाई तथा निकायलाई निर्देशन
Latest NewsJust now

वार्षिक कार्ययोजना प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालयलाई तथा निकायलाई निर्देशन

काठमाडाैं । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना र नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय तथा निकायलाई निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय, सिंहदरबारमा आज मुख्यसचिवज्यूको अध्यक्षतामा बसेको सचिव बैठकले सरकारी कार्ययोजनाको विस्तृत कार्यान्वयन योजना तयार गरी समयबद्ध रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो। बैठकले महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेखित बेरुजु फर्छ्योट तथा न्यूनीकरणका लागि कार्ययोजना बनाउन, उपभोक्ता ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play