Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

वार्षिक कार्ययोजना प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालयलाई तथा निकायलाई निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
वार्षिक कार्ययोजना प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालयलाई तथा निकायलाई निर्देशन
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडाैं । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना र नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय तथा निकायलाई निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय, सिंहदरबारमा आज मुख्यसचिवज्यूको अध्यक्षतामा बसेको सचिव बैठकले सरकारी कार्ययोजनाको विस्तृत कार्यान्वयन योजना तयार गरी समयबद्ध रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो। बैठकले महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेखित बेरुजु फर्छ्योट तथा न्यूनीकरणका लागि कार्ययोजना बनाउन, उपभोक्ता ठगी, मिसावट र कृत्रिम अभाव नियन्त्रण गर्न सघन बजार अनुगमन गर्न निर्देशन दिएको छ। त्यस्तै, तिहार तथा छठमा शान्ति सुरक्षा चुस्त राख्ने, सार्वजनिक खरिदमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने र सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३ कार्यान्वयन गर्ने निर्णय गरेको छ। नागरिकले सरल, सहज र प्रभावकारी ढंगले सेवा पाउने सुनिश्चितताका लागि नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने कार्यालयहरूमा एकल बिन्दु सेवाको प्रबन्ध गरी नागरिकमैत्री सेवा प्रवाह गर्नुपर्ने निर्णय पनि बैठकले गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
हवाई फायर गरेर लागुऔषध कारोबारी पक्राउ
Latest NewsJust now

हवाई फायर गरेर लागुऔषध कारोबारी पक्राउ

काठमाडौँ। प्रहरीले सिन्धुलीको सुनकोशी गाउँपालिका–१ स्थित नेपालथोकाबाट एक जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–४ घर भएका २९ वर्षीय मन्जित योञ्जन छन्। लागुऔषध नियन्त्रण ब्यूरोको शाखा... ...

रातोपाटी
एन प्याब्सन विवाद : कसरी पुग्यो निलम्बन स्थितिमा ?
Latest NewsJust now

एन प्याब्सन विवाद : कसरी पुग्यो निलम्बन स्थितिमा ?

काठमाडौँ । दुईपक्षीय समानान्तर गतिविधिकै कारण सरकारले आधिकारिक रूपमा निलम्बन गरेपछि निजी विद्यालयहरूको संस्था ‘एन प्याब्सन’को वैधानिकतामा गम्भीर संकट उत्पन्न भएको छ । एन प्याब्सनको सातौँ महाधिवेशनमा भएको १८–१८ महिना... ...

रातोपाटी
रुद्धवेनी—बुर्तिबाङ सडकखण्ड अवरुद्ध
Latest NewsJust now

रुद्धवेनी—बुर्तिबाङ सडकखण्ड अवरुद्ध

तिलाचन पाण्डेतम्घास (गुल्मी), कात्तिक १६ गते । गुल्मीमा सडक माथिबाट ठुलो ढुङ्गासहितको लेदो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्... ...

गोरखापत्र
बाख्रा चोरीको आरोपमा दुई जना पक्राउ
Latest NewsJust now

बाख्रा चोरीको आरोपमा दुई जना पक्राउ

विराटनगर। मोरङको विराटनगर महानगरपालिकाका विभिन्न स्थानबाट बाख्रा तथा खसी चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका वडा नं. ३ बस्ने ३६ वर्षीय प्रकाश राजवंशी र... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play