Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

भक्तपुरमा ग्यास अभाव कायमै, सिलिन्डर खोज्दै उपभोक्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
भक्तपुरमा ग्यास अभाव कायमै, सिलिन्डर खोज्दै उपभोक्ता
Photo / Coverage: नेपालन्युज

भक्तपुर।जिल्ला प्रशासन कार्यालयले खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज भएको दाबी गरे पनि भक्तपुरका उपभोक्ताले अझै सहज रूपमा ग्यास पाउन सकेका छैनन्। महिनौंदेखि ग्यासको प्रतीक्षामा रहेका उपभोक्ता एउटा भरिएको सिलिन्डरका लागि पसल र डिलर धाउन बाध्य छन्। भक्तपुरकी स्थानीयवासी सविना बोहजुले तीन महिनादेखि घरमा ग्यास पाउन नसकेको बताइन्। यसअघि आधा मात्रै भरिएको सिलिन्डर पाएकी उनले त्यसयता अर्को सिलिन्डर पाउन नसकेको गुनासो गरिन्। बजारमा ग्यास सहजै पाइन्छ भन्ने सुने पनि आफूले अहिलेसम्म नपाएको उनको भनाइ छ। “अहिले पनि ग्यास खोज्दै भौंतारिरहेकी छु। ग्यास डिलरदेखि खुद्रा बिक्रेतासम्म धाउँदा पनि पाइँदैन। फोन गर्दा ग्यास नै आएको छैन भन्नु हुन्छ”, उनले भनिन्, “बजारमा ग्यास सहज भयो भन्छन्, तर हामी जस्ता उपभोक्ताले कहाँबाट पाउने ?” आफूसँग भएको सिलिन्डरको ग्यास सकिन लागेपछि अर्को सिलिन्डरको व्यवस्था गर्न खोज्दा पनि समस्या भएको उनले सुनाइन्। केही थप शुल्क तिरेर भए पनि अर्को कम्पनीको सिलिन्डरसँग साटेर ग्यास लिन सकिन्छ कि भनेर बिक्रेतालाई अनुरोध गर्दा सहयोग नपाएको उनको गुनासो छ। सविनाको जस्तै समस्या अर्का उपभोक्ता सुनील दुवालले पनि भोग्नु परेको छ। ग्यासका लागि पसलमा नाम टिपाएको लामो समय भइसक्दा पनि सिलिन्डर पाउन नसकेको उनले बताए। “ग्यास पसलका साहुजीलाई जहिले सोधे पनि ग्यास आएपछि खबर गर्छु भन्नु हुन्छ। महिनौं बितिसक्यो, तर अहिलेसम्म पाएको छैन”, उनले भने, “हामीले पैसा तिरेर किन्ने हो, सित्तैमा दिनुस् भनेका होइनौं। पैसा तिर्दा पनि एउटा सिलिन्डर नपाउनु कस्तो अवस्था हो ?” सरकारी निकाय र सामाजिक सञ्जालमा ग्यासको आपूर्ति सहज भएको सूचना सार्वजनिक भइरहे पनि उपभोक्ताले भने ग्यास पाउन नसकेको उनको भनाइ छ। बजारमा ग्यास आइरहेको भनिए पनि कहाँ वितरण भइरहेको छ र वास्तविक उपभोक्तासम्म किन पुग्न सकेको छैन भन्ने उनको प्रश्न छ। दैनिक खाना पकाउन ग्यासमा निर्भर परिवारका लागि यसको अभावले घरायसी कामकाज प्रभावित भएको छ। ग्यास नपाउँदा समयमै खाना पकाउन नसकिने र वैकल्पिक इन्धनको व्यवस्था गर्नुपर्ने बाध्यता रहेको उपभोक्ताको भनाइ छ। विशेष गरी लामो समयदेखि एउटै सिलिन्डर प्रयोग गर्दै आएका परिवारलाई ग्यास सकिएपछि तत्काल अर्को व्यवस्था गर्न कठिन भएको छ। भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जिल्लामा ग्यासको आपूर्ति सहज भइसकेको दाबी गरे। कुनै एउटा कम्पनीको ग्यास नपाएको अवस्थामा उपभोक्ताले अर्को कम्पनीको डिलरबाट सिलिन्डर साटेर पनि ग्यास लिन सक्ने उनले बताए। दसैंअघि जिल्ला प्रशासन कार्यालयले सामाजिक सञ्जालमार्फत कुन कम्पनीको ग्यास कहाँ र कहिले वितरण हुँदैछ भन्ने सूचना सार्वजनिक गर्दै आएको उनले जानकारी दिए। दसैंपछि ग्यासको आपूर्ति सहज भएको ठानेर त्यस्ता सूचना सार्वजनिक गर्न छाडिएको उनको भनाइ छ। प्रशासनले आपूर्ति सहज भएको दाबी गरे पनि उपभोक्ताले ग्यास पाउन नसकेको गुनासो गरिरहेका छन्। प्रशासनको दाबी र बजारको वास्तविक अवस्थाबीच तालमेल नहुँदा उपभोक्तामा अन्योल देखिएको छ। आपूर्ति सहज भएको हो भने ग्यासको प्रतीक्षामा रहेका उपभोक्ताले किन पाउन सकेका छैनन् भन्ने प्रश्न उठेको छ। ग्यासको उपलब्धता र वितरणबारे स्पष्ट सूचना उपभोक्तासम्म नपुग्दा समस्या थप जटिल बनेको देखिन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एकैदिन १३ हजार ३०० रुपैयाँले बढ्यो सुनको भाउ, कति पुग्यो ?
Latest NewsJust now

एकैदिन १३ हजार ३०० रुपैयाँले बढ्यो सुनको भाउ, कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको... ...

रातोपाटी
चलचित्र प्रदर्शनमा मौलाउँदो ‘फेक हाउसफुल’ : लाखौँ खर्चिर आफैँ किन्छन् टिकट !
Latest NewsJust now

चलचित्र प्रदर्शनमा मौलाउँदो ‘फेक हाउसफुल’ : लाखौँ खर्चिर आफैँ किन्छन् टिकट !

काठमाडौं । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा ‘फेक हाउसफुल’को ट्रेन्ड निकै चर्चामा छ । निर्माताहरूले आफैँ लाखौँ रुपैयाँ खर्चिएर टिकट किन्ने र हल ‘राताम्मे’ (हाउसफुल) देखाउने प्रवृत्ति मौलाएको हो । यो... ...

रातोपाटी
नेपाल–बंगलादेशदेखि युरोपसम्म : युवा आन्दोलनका पाँच साझा आधार
Latest NewsJust now

नेपाल–बंगलादेशदेखि युरोपसम्म : युवा आन्दोलनका पाँच साझा आधार

बंगलादेश, श्रीलंका, नेपाल, भारत र युरोपका युवा आन्दोलनले दिएको साझा सन्देश- रोजगारी, सुशासन, सामाजिक न्याय र सम्मानजनक जीवन अब राजनीतिको किनाराको विषय होइन, राज्यको औचित्यसँग जोडिएको मूल प्रश्न हो। सडकमा उत्रिएको युवाको भिडलाई केवल सरकारविरोधी प्रदर्शनका रूपमा बुझ्नु आजको विश्वको बदलिँदो राजनीतिक र सामाजिक यथार्थलाई अधुरो बुझ्नु हो। त्यो भिडभित्र बेरोजगारीको प... ...

नेपालखबर
कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो, सरकारको भयले विचलित नहुने भनाइ
Latest NewsJust now

कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो, सरकारको भयले विचलित नहुने भनाइ

काठमाडौं बाहिर धार्मिक यात्रामा रहेका शिवाकोटीलाई फोन सम्पर्क गरी साइबर ब्युरोमा बोलाइएको हो । उनले आफू साइबर ब्युरोमा जाने बताएका छन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play