भक्तपुरको ब्रह्मायणी मन्दिरमा विजयादशमीको जात्रा, रातिदेखि नै दर्शनार्थीको घुइँचो

भक्तपुर । प्रत्येक वर्ष विजयादशमीका दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी जात्रामा रातिदेखि नै दर्शनार्थीको भीड लागेको छ । नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रह्मायणी मन्दिरमा आज त्रिपुरा सुन्दरी प्रकट हुने जनविश्वासअनुरूप परम्परादेखि नै विजयादशमीका दिन भव्य मेला लाग्ने गर्छ । भक्तपुरवासी धिमेबाजा बजाउँदै मध्यरातिदेखि नै घरघरबाट ब्रह्मायणीमा मेला भर्न पुगेका छन् । व्रत बसेकाहरू घरदेखि मन्दिरसम्म घस्रिँदै, पल्टिँदै र शरीरमा ५, ७ तथा १८ वटा दीप (दियो) बालेर ब्रह्मायणी मन्दिर जाने र पूजा गर्ने प्रचलन छ । यहाँका बासिन्दाले शरीरमा बत्ती बालेर र शरीर नापेर ब्रह्मायणीसम्मको यात्रा पूरा गरेका छन् । यो परम्पराले मनोकाङ्क्षा पूरा हुने र धर्म प्राप्त हुने जनविश्वास छ । मन्दिरमा आज नवदुर्गा प्रकट हुने विश्वासका साथ दिनभरि नै भव्य मेला लाग्ने गर्छ । नेवार समुदायमा आज मोहिनी नखः मनाउँदै घरघरमा कालो टीका लगाएपछि प्रत्येक घरबाट पूजा सामग्री लिएर मन्दिर जानैपर्ने परम्परा छ । ब्रह्मायणी मन्दिरमा पूजा गर्न भक्तपुर, मध्यपुरथिमि, ताथली, सुडाल, बागीश्वरी, चित्तपोल, सिपाडोल, नङ्खेल, गुण्डुललगायत काभ्रे, ललितपुर र काठमाडौँबाट समेत भक्तजन आउने गर्छन् । मन्दिरमा जमरा, हाँसको फूल, हाँस, बोका र कुखुराको भालेको बलिसमेत दिने गरिन्छ । गाँठेमङ्गलका दिन नवदुर्गा मन्दिरमा ल्याएर पालिएको महिषासुर दैत्यको प्रतीक खःमेय अर्थात् राँगोलाई मङ्गलबार साँझ नवदुर्गा मन्दिरबाट जाँड खुवाएर मत्ताई, अबिर र तेल दलेर दौडाउँदै तथा लखेट्दै ब्रह्मायणी मन्दिर पुर्याएर बध गरेपछि रातिदेखि नै यो जात्रा सुरु भएको थियो ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News
.jpg)
चाडपर्व राष्ट्रिय पहिचानका धरोहरः मुख्यमन्त्री थापा मगर
अनिल पराजुलीहेटौँडा, कात्तिक ४ गते । बागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले चाडपर्व धार्मिक तथा सांस्कृतिक आस्थाका साथै सामाजिक सद्भाव, आपसी एकता र राष्ट्रिय पहिचानको धरोहर भ... ...

भारतमा जीवित प्रमाणित गर्न सरकारी कार्यालय धाउँदै मतदाता सूचीबाट नाम हटेका 'मृतक' व्यक्ति
जीवितै रहेका कामतालाई मृतक भन्दै मतदाता सूचीबाट हटाइयो । दैनिक झन्डै २५० भारु ज्याला कमाएर परिवार पाल्ने गरेका कामता अहिले निर्वाचन आयोगको उक्त गल्ती सच्याउन आफ्नो काम छाडेर दिल्लीका विभिन्न कार्यालयहरू धाइरहेका छन् ...

राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् : सभापति लामिछाने
विपत्ति र शोकका बीच मनाइँदै गरेको यस वर्षको दशैँले नेपाली समाजलाई अझ सुदृढ एकताको सूत्रमा बाँध्ने विश्वास व्यक्त गरेका छन्। ...

दसैं : परम्परा, दर्शन र समकालीन जीवन
दसैं विगतमा भएको कुनै विजयको स्मरण मात्र होइन, वर्तमानमा पनि धर्म, विवेक र आत्मसंयमको पक्षमा उभिने संकल्प दोहोर्याउने अवसर हो। ...


