Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/ब्राजिलमा चुनाव हारेपछि अमेरिका पुगेर बोल्सोनारोले भने, ‘वैध नेता म नै हुँ, अपराधीहरुले धाँधली गरे’

ब्राजिलमा चुनाव हारेपछि अमेरिका पुगेर बोल्सोनारोले भने, ‘वैध नेता म नै हुँ, अपराधीहरुले धाँधली गरे’

Share:WhatsAppFacebookX (Twitter)Telegram
ब्राजिलमा चुनाव हारेपछि अमेरिका पुगेर बोल्सोनारोले भने, ‘वैध नेता म नै हुँ, अपराधीहरुले धाँधली गरे’

साओ पाउलो । ब्राजिलका सिनेटर फ्लाभियो बोल्सोनारोले बुधबार संयुक्त राज्य अमेरिका पुगेर आफू ब्राजिलको वैध नेता भएको घोषणा गरेका छन् । उनले आफू सर्वोच्च अदालत र राष्ट्रपति लुइज इनाचियो लुला डा सिल्भाको चुनावी कुको सिकार भएको दाबी गरेका छन् । राष्ट्रपति लुलाले ४० लाखभन्दा बढी मतान्तरले चुनाव जितेका थिए। बोल्सोनारो बुधबार ब्राजिलबाट मियामी आइपुगेका हुन् । उनले आफूलाई यात्रामा सहयोग गरेकोमा अर्जेन्टिनाका नेता जाभियर माइली र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई धन्यवाद् दिए । सुरुमा ’एक्स’ मा पोस्ट गरिएको खुला पत्रमा बोल्सोनारोले आफूलाई ‘निर्वाचित राष्ट्रपति’ लेखेका थिए पछि उनले उक्त पोस्ट हटाएर अर्को पोस्ट गरे, जहाँ ‘ब्राजिलको वैध नेता’ भनिएको छ । उक्त पोस्टमा उनले भनेका छन्, ‘म मेरा ६० लाख मतदातालाई मात्र होइन, समस्त ब्राजिलियाली जनतालाई यो भन्न चाहन्छु कि म नै नेता हुँ । ब्राजिलको चुनाव चोर्ने अपराधीहरू एउटा यस्तो आपराधिक संस्थाका हिस्सा हुन् ,जसले तानाशाही लादेको छ ।’ लुलाको जितलाई ब्राजिलको संघीय निर्वाचन अदालत, विश्वका नेताहरू, अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू र बोल्सोनारो आफैँ आबद्ध पार्टीले समेत मान्यता दिइसकेका छन् । यद्यपि, बोल्सोनारोले भने हार स्विकारेका छैनन् । ब्राजिलको निर्वाचन कानुनी र संवैधानिक आवश्यकताहरूको पूर्ण पालना गर्दै सम्पन्न भएको निर्वाचन आयोगका प्रमुख कासियो नुनेस माक्र्वेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ट्रम्पले टिप्पणी गरेनन् जोइन्ट बेस एन्ड्रयुजमा पत्रकारहरूले बोल्सोनारोको टिप्पणीबारे ट्रम्पसँग प्रतिक्रिया मागेका थिए । ट्रम्पले यसमा प्रतिक्रिया दिन अस्वीकार गरे । तर, चुनावी नतिजा अचम्मित पार्ने खालको रहेको बताए । यसअघि पनि उनले यस्तै अभिव्यक्ती दिएका थिए । बोल्सोनारोको घोषणाले अमेरिका–ब्राजिल सम्बन्धमा समस्या आउनसक्ने जोखिम बढेको छ । विश्वकै दोस्रो ठूलो दुर्लभ खनिज (रेयर अर्थ) को भण्डार रहेको ब्राजिलसँग अमेरिका सम्बन्ध सुधार्न चाहेको छ । किनकि, अहिलेसम्म दुर्लभ खनिजका लागि आफ्नो रणनीतिक प्रतिस्पर्धी चीनमै निर्भर हुनुपर्ने बाध्यता अमेरिकालाई छ । तर, राष्ट्रपति लुलासँग ट्रम्पको सम्बन्ध खासै राम्रो छैन । यसअघि बोल्सोनारो परिवारलाई पुनः सत्तामा फर्काउन वाशिङ्टनले उनीहरूसँग मिलेर षड्यन्त्र रचिरहेको आरोप लुलाले लगाएका थिए । अमेरिकाले भने ब्राजिलको आन्तरिक मामिलामा कुनै हस्तक्षेप नगरेको बताउँदै आएको छ । यसअघि सन् २०२२ मा लुलासँग पराजित भएपछि फ्लाभियोका बाबु जैर बोल्सोनारो पनि अमेरिका आएका थिए । उनले पनि त्यसबेला पराजय स्विकारेका थिएनन् । केही समय अमेरिका बसेर ब्राजिल फर्किएका उनलाई चुनाव नतिजा सार्वजनिक भइसकेपछि सत्ता कब्जा गर्ने नियतस्वरुप ‘कु षड्यन्त्र’ बुनेको अभियोगमा पक्राऊ गरिया । यस अभियोगमा उनलाई २७ वर्ष ३ महिना जेल सजाय सुनाइएको छ । फ्लाभियोको घोषणाबारे अहिलेसम्म अमेरिकी विदेश मन्त्रालय, ब्राजिली राष्ट्रपति लुलाको कार्यालय र त्यहाँको अदालतले कुनै पनि प्रतिक्रिया दिएका छैनन् । रोयटर्स

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप
ताजा खबरJust now

नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप

यस निर्णयसँगै नेपालले अति कम विकसित मुलुकको सूचीबाट स्तरोन्नति हुनुअघि आवश्यक संरचनात्मक तथा संस्थागत सुधारलाई थप प्रभावकारी रूपमा अघि बढाउन अतिरिक्त समय प्राप्त गरेको छ। ...

कान्तिपुर
जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा
ताजा खबरJust now

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम । जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भम्रणको क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा सो विशेष... ...

रातोपाटी
आजदेखि ८ दिनसम्म काठमाडौँका यी स्थानमा साढे ५ घण्टा विद्युत् आपूर्ति बन्द हुने
ताजा खबरJust now

आजदेखि ८ दिनसम्म काठमाडौँका यी स्थानमा साढे ५ घण्टा विद्युत् आपूर्ति बन्द हुने

कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्न आज कात्तिक १३ गतेदेखि २० गतेसम्म काठमाडौँका  विभिन्न स्थानमा साढे ५ घण्टा अर्थात् बिहान १०:३० बजे देखि अपराह्न ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।  सार्वजनिक सूचनाअनुसार आज शुक्रबार बलम्बु, थानकोट तथा मातातीर्थ फिडरअन्तर्गत हाई भि... ...

नेपालखबर
इजरायली चुनावमा विदेशी हस्तक्षेप बारे छानबिन शुरु, कतारले के भन्यो ?
ताजा खबरJust now

इजरायली चुनावमा विदेशी हस्तक्षेप बारे छानबिन शुरु, कतारले के भन्यो ?

काठमाडौं । कतारले इजरायलको पछिल्लो निर्वाचनमा हस्तक्षेप गरेको र अरब राजनीतिक दलहरूलाई प्रभावित पार्न आर्थिक सहयोग गरेको आरोप अस्वीकार गरेको छ । कतारले इजरायलका केही नेताले आफ्नो घरेलु राजनीतिक असफलताबाट जनताको ध्यान हटाउन कतारको नाम विवादमा तानेको आरोप लगाएको छ । इजरायलको सुरक्षा निकाय शिन बेटले निर्वाचनमा विदेशी हस्तक्षेप र कथित विदेशी आर्थिक सहयोगसम्बन्धी आरोपको अनुसन्धान सुरु गरेपछि यो विवाद सार्वजनिक ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play