Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

बैतडीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
बैतडीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते
Photo / Coverage: नेपालन्युज

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । डडेल्धुराबाट बैतडीको पञ्चेश्वरतर्फ जाँदै गरेको जिप बुधबार साँझ पाटन–पञ्चेश्वर सडकखण्डअन्तर्गत मेलौली नगरपालिका–१ स्थित सौडानी खोलामा दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता सुरज सिंहका अनुसार दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका–२ की ३५ वर्षीया सुना मङ्गोलाको मृत्यु भएको हो । गम्भीर घाइते भएकी मङ्गोलाको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा जिप चालकसहित छ जना घाइते भएका छन् । घाइते हुनेमा पञ्चेश्वर गाउँपालिका–२ का सोमन मङ्गोला, अविनाश राम लुहार, निरज बस्केल, करन सिंह मङ्गोला, सुनिल बस्केल र जिप चालक सन्तोष राम लुहार रहेका छन्। घाइते सबैको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जिप अनियन्त्रित भएर सडकबाट तल खसेको थियो । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
यस्तो आउँदैछ मानसिक स्वास्थ्यसम्बन्धी विधेयक
Latest NewsJust now

यस्तो आउँदैछ मानसिक स्वास्थ्यसम्बन्धी विधेयक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नागरिकको मानसिक स्वास्थ्य अधिकार सुनिश्चित गर्न भन्दै ‘मानसिक स्वास्थ्य सम्बन्धी विधेयकको अवधारणा–पत्र’ तयार पारेको छ । नेपालको संविधानले स्वास्थ्य, समानता र सम्मानपूर्वक बाँच्न पाउने... ...

रातोपाटी
प्रहरी नेतृत्वको कानुनी सीमा
Latest NewsJust now

प्रहरी नेतृत्वको कानुनी सीमा

प्रहरी संगठनको सर्वोच्च नेतृत्व परिवर्तन हुनु आफैँमा असाधारण घटना होइन। राज्यको सुरक्षा नीति, प्रशासनिक आवश्यकता र संगठनात्मक कार्यक्षमताका आधारमा नेतृत्व परिवर्तन हुन सक्छ। तर कुनै संस्थाको प्रमुखलाई निर्धारित कार्यकाल पूरा हुनुअघि जिम्मेवारीबाट अलग गरिन्छ भने त्यसलाई सामान्य प्रशासनिक फेरबदल भनेर मात्र बुझ्न मिल्दैन। त्यस्तो निर्णयले संस्थाको कानुनी संरचना, नेतृत्वको स्थायित्व, नियुक्तिकर्ताको अधिकार र सार्वजनिक पदमा आसीन व्यक्तिको सेवा सुरक्षाबारे स्वाभाविक प्रश्न ...

नेपालन्युज
दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन
Latest NewsJust now

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन

दाङ । दाङमा पछिल्लो समय अण्डा उत्पादन बढ्दै गएको छ । कुनै समय दैनिक पाँचदेखि छ हजार कार्टुन अण्डा उत्पादन हुने जिल्लामा उचित बजारीकरणको अभावमा उत्पादन घटेर एक हजार कार्टुनमा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play