Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

ईयूको प्रतिबन्ध हटाउन कूटनीतिक पहल भइरहेको छ : पर्यटनमन्त्री पौडेल

Share:WhatsAppFacebookX (Twitter)Telegram
ईयूको प्रतिबन्ध हटाउन कूटनीतिक पहल भइरहेको छ : पर्यटनमन्त्री पौडेल
Photo / Coverage: पर्दाफास

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज (गणेश) पौडेलले युरोपेली संघ (इयु) ले नेपाली वायु सेवाहरुमाथि लगाउँदै आएको प्रतिबन्ध फुकुवाका लागि पनि सरकारले कूटनीतिक पहल जारी राखेको बताएका छन् । ब्रिटेन नेपाल चेम्बर अफ कमर्सद्वारा मङ्गलबार लन्डनमा आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यसै महिना ब्रसेल्समा हुन लागेको बैठकमा नेपालले उक्त प्रतिबन्ध हटाउन जोडदार माग गर्ने बताए। उनले त्यसपछि बेलायत लगायत अन्य युरोपेली मुलुकमा राष्ट्रिय झण्डावाहक, नेपाल एअरलाइन्स, को उडान सुरु गर्न सजिलो हुने बताए । सन् २०१३ देखि ईयूको कालोसूचीमा रहेको नेपाली उड्डयन क्षेत्रलाई सन् २०१८ मा अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनले ुगम्भीर सुरक्षा चासोु बाट हटाए तापनि ईयूको प्रतिबन्ध भने अझै कायमै छ । मंत्री पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अहिले आफ्नो क्षमताभन्दा बढी (१२० प्रतिशत) मा सञ्चालन भइरहेकाले भैरहवा र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण उपयोग गर्ने योजना सरकारको रहेको स्पष्ट पारे ।र् लुम्बिनीमा बौद्ध धर्मावलम्बी पर्यटक भित्र्याउन श्रीलङ्का, भियतनाम, थाइल्यान्ड र जापानजस्ता बौद्ध बाहुल्य देशहरूसँग समन्वय भइरहेको छ,’ उनले थपे। नेपाललाई अन्तर्राष्ट्रिय ट्रान्जिट हबका रूपमा विकास गर्न निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आवश्यक रहेको धारणा पनि उनले राखे। उनले भैरहवास्थित लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय उडानका लागि भारतीय आकाश प्रयोग गर्न नेपाल सरकारले भारत सरकारसँग पहल गरिरहेको बताए। प्रधानमन्त्री बालेन्द्र शाहको आगामी भारत भ्रमणका क्रममा उक्त विषय उच्च स्तरमा उठाइने उनले जानकारी दिए । भारतले बिहारको मोतीहारीमा क्षेत्रीय विमानस्थल निर्माण गरिरहेको र त्यसका लागि नेपाली आकाश प्रयोग गर्नुपर्ने हुन सक्ने उल्लेख गर्दै मन्त्री पौडेलले भनेर्, हामीले पनि हाम्रा अन्तर्राष्ट्रिय उडानका लागि भारतीय आकाश प्रयोगको अनुमति मागिरहेका छौँ । यस विषयमा भइरहेका वार्ताहरू सकारात्मक दिशामा अघि बढिरहेका छन् ।’ विश्व ट्राभल मार्केट (डब्लुटीएम) मा सहभागी हुन बेलायत आएका मन्त्री पौडेलले विभिन्न देशका समकक्षीहरूसँग भेटवार्ता भएको जानकारी दिँदै नेपाललाई योग, ध्यान र ुवेलनेस टुरिजमु को केन्द्रका रूपमा स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताए। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा प्रवास समितिका प्रमुख मनिष झाले रास्वपाले गैरआवासीय नेपालीहरूलाई दाताका रूपमा नभई ुथिङ्क ट्याङ्कु को रूपमा हेरेको बताए। आगामी तीन महिनाभित्र गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनसम्बन्धी कानुन निर्माण गरी उनीहरूका चासो सम्बोधन गरिने प्रतिबद्धता जनाउँदै झाले भनेर्, एनआरएनहरूको सीप, सञ्जाल र स्रोतलाई नेपालको समृद्धिमा लगाउन आग्रह गर्दछौँ। हामी सबै सँगै अघि बढ्नुपर्छ ।’ ब्रिटेन–नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष बिराज भट्टले स्थापनाकालदेखि नै संस्थाले नेपाल र बेलायतबीच व्यापार तथा लगानी अभिवृद्धिमा काम गरिरहेको बताउँदै गैरआवासीय नेपालीहरूको लगानी सहज बनाउन र प्रशासनिक झन्झट हटाउन सरकारसँग माग गरे। कार्यक्रमको सुरुवातमा बीएनसीसीका उपाध्यक्ष इन्द्र गिरीले सहभागीहरूलाई स्वागत गर्दै वक्ताहरूको परिचय गराएका थिए भने बीएनसीसीका सीइओ स्टिभ बकलीले संस्थाको गतिविधिको बारेमा जानकारी दिएका थिए। अन्तरक्रियामा मन्त्री पौडेल र सांसद झाले सहभागीहरूले उठाएका जिज्ञासाको उत्तर दिएका थिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रौतहटमा स्रोत नखुलेको साढे ४४ लाख रुपैयाँसहित दुई जना पक्राउ
OthersJust now

रौतहटमा स्रोत नखुलेको साढे ४४ लाख रुपैयाँसहित दुई जना पक्राउ

रौतहटमा स्रोत नखुलेको ४४ लाख ६४ हजार ६०५ रुपैयाँ नगदसहित प्रहरीले एक भारतीय नागरिक र एक स्थानीय व्यवसायीलाई नियन्त्रणमा लिएको छ। प्रहरीले मोटरसाइकलको ट्याङ्कीभित्र फल्स बटम बनाएर लुकाई ल्याएको अवस्थामा ३० लाख र अनुसन्धानका क्रममा एक पसलबाट थप १४ लाख ६४ हजारभन्दा बढी रुपैयाँ बरामद गरेको हो। रौतहट प्रहरी नायव उपरीक्षक बसन्त गौतमका अनुसार कात्तिक १८ गते दिउँसो अन्दाजी ३ः३० बजेको ...

पर्दाफास
सेन्सरले पास गरिसकेको ‘पाँच पाण्डव’को प्रदर्शन रोक्न  गृह मन्त्रालयको ठाडो आदेश
OthersJust now

सेन्सरले पास गरिसकेको ‘पाँच पाण्डव’को प्रदर्शन रोक्न गृह मन्त्रालयको ठाडो आदेश

सबै कुरा ठीकठाक हुँदो हो त यतिबेला ‘पाँच पाण्डव’ टिम प्रचारप्रसारको अन्तिम तयारीमा जुटिरहेको हुन्थ्यो । किनभने, आउँदो शुक्रबारदेखि फिल्म प्रदर्शन हुँदै थियो । केन्द्रिय चलचित्र जाँच समितिले यो फिल्म सार्वजनिक रूपमा प्रदर्शन गर्न कुनै आपत्ति छैन भन्दै ‘युनिभर्सल सर्टिफिकेट’ दिइसकेको थियो । अर्थात्, सेन्सर बोर्डले भनेको थियो, ‘तिम्रो फिल्म प्रदर्शनमा कुनै समस्या छैन, निर्धक्क… ...

अनलाइन खबर
सुनसरीको मूलघाट–सुभाङ सडकको ठेक्का तोड्ने तयारी, निर्माण कम्पनीसँग १५ दिने स्पष्टीकरण माग
OthersJust now

सुनसरीको मूलघाट–सुभाङ सडकको ठेक्का तोड्ने तयारी, निर्माण कम्पनीसँग १५ दिने स्पष्टीकरण माग

१९ कात्तिक, काठमाडौं । तमोर कोरिडोरअन्तर्गत सुनसरीको मूलघाटदेखि सुभाङ गणेशचोकसम्मको सडकखण्ड कालोपत्रे गर्ने काममा ठेकेदार कम्पनीले ढिलाइ गरेपछि सडक विभागले ठेक्का किन नतोड्ने भनेर प्रश्न गरेको छ । सडक विभागको उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालयअन्तर्गत चतरा–मूलघाट–सुभाङखोला सडक योजना धरान सुनसरीले ठेक्का सम्झौताअनुसार काम सम्पन्न नगरेको भन्दै ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण सोधेको हो ।… ...

अनलाइन खबर
बैतडीमा जिप दुर्घटना हुदा एक महिलाको मृत्यु, ६ जना घाइते
OthersJust now

बैतडीमा जिप दुर्घटना हुदा एक महिलाको मृत्यु, ६ जना घाइते

बैतडीको मेलौली नगरपालिका–१ जिरो पोइन्टस्थित सौडानी खोलामा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । बुधबार राति करिब ८ बजे डडेल्धुरा अस्पतालबाट पञ्चेश्वरतर्फ जाँदै गरेको सु।प।प्र। ०१–००१ ज १६३८ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३० देखि ३५ मिटर तल खसेको हो । दुर्घटनामा पञ्चेश्वर गाउँपालिका–२ की ३५ वर्षीया सुना मंगोलाको मृत्यु भएको जिल्ला प्रहरी ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play