नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणको उपाधि विजेता सुदूरपश्चिम रोयल्सले आफ्नो ट्रफी यात्रा अछामको बैजनाथ धामबाट सुरु गरेको छ । सुदूरपश्चिम रोयल्सले एनपिएलको उपाधि जितेपछि सुदूरपश्चिमका नौ वटै जिल्लामा ट्रफी प्रदर्शन गर्ने कार्यक्रमअनुसार शनिबार बिहान अछामको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बैजनाथ धाममा पूजाआराधना र स्वस्तिवाचन गर्दै ट्रफी यात्रा सुरु गरेको हो । बैजनाथ मन्दिरदेखि साँफेबगरसम्म ट्रफीसहित र्‍याली निकालिएको थियो । र्‍यालीमा क्रिकेट खेलप्रेमी, समर्थक तथा सर्वसाधारणको सहभागिता रहेको थियो । ...
बैजनाथ धामबाट सुरु भयो सुदूरपश्चिमको ट्रफी यात्रा, नौ जिल्लामा प्रदर्शन गरिने

Read Complete Original Article
Published originally on फरकधार






