Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

गगन थापाको चेतावनी– पार्टीको नीति मानेनन् भने जनप्रतिनिधिलाई फिर्ता बोलाउँछौँ

Share:WhatsAppFacebookX (Twitter)Telegram
गगन थापाको चेतावनी– पार्टीको नीति मानेनन् भने जनप्रतिनिधिलाई फिर्ता बोलाउँछौँ
Photo / Coverage: पर्दाफास

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले स्थानीय तहमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई पार्टीको नीति, नियम र घोषणापत्रअनुसार काम नगरेमा फिर्ता बोलाउने बताएका छन् । पार्टी मुख्यालय सानेपामा जारी ‘हामी तयार छौँ अभियान अन्तर्गतको’ स्थानीय तहका प्रतिनिधिहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आगामी स्थानीय निर्वाचनमा पार्टीको उम्मेदवार बनेर जाने व्यक्तिले टिकट लिँदै गर्दा पार्टीको नीति, नियम र अनुशासन पालना गर्ने प्रतिबद्धता जनाउनुपर्ने बताए । पार्टीको विधानविपरित काम गरेमा र आर्थिक अनियमिततामा संलग्न भएमा पदबाट हटाउने उनको भनाई छ । स्थानीय सरकार सञ्चालनमा पार्टीको प्रभावकारी निगरानी र सहजीकरण आवश्यक रहेको उल्लेख गर्दै उनले पाँच वर्षसम्म जनप्रतिनिधिको कामको अनुगमन, मूल्यांकन र सहयोग गर्न पार्टीले गभर्नेन्स इन्स्टिच्युट स्थापना गरेको जानकारी दिए। निर्वाचनअघि तयार गरिने घोषणापत्र कार्यान्वयन गर्न पनि पार्टीले गभर्नेन्स इन्स्टिच्युट स्थापना गरेको बताए । निर्वाचनमा पार्टीले घोषणा पत्र तयार गर्ने तर निर्वाचनपछि जनप्रतिनिधि पार्टीसँग सम्पर्कविहीन हुने पुरानो अभ्यास अन्त्य गर्नुपर्ने उनको भनाई छ । उनका अनुसार निर्वाचित जनप्रतिनिधिले पाँच वर्षसम्म गभर्नेन्स इन्स्टिच्युटको सहकार्य र निगरानीमा रहेर काम गर्नुपर्नेछ । उनले भने, ‘एउटाले आउँछ घोषणापत्र लेख्छ, त्यसपछि निर्वाचन हुन्छ । निर्वाचन भइसकेपछि पाँच वर्ष सकियो । अनि पार्टीले बेलाबेलामा हामी पत्राचार गर्छ, तपाईँहरूले घोषणापत्र सम्झिनुभएको छ कि छैन ? भन्छ, पत्राचार गर्छ, बेलाबेलामा जान्छौँ, भेट्छौँ, कुराकानी गर्छौँ । स्थानीय सरकारमा आएको साथीहरू निर्बाध रूपले आफ्नो हिसाबले चल्छ । पार्टीको कुरा कहाँ छ, के छ भन्ने थाहा पनि हुँदैन । अब नेपाली काँग्रेस पार्टीले स्थानीय निर्वाचनमा जित्दै गर्दा त्यो स्थानीय सरकारले के गर्ने, कसो गर्ने काम भन्ने पनि गभर्नेन्स इन्स्टिट्युटले तयार गर्छ । अब स्थानीय निर्वाचनमा जितेर गएको साथीले पहिलाको जस्तो फुक्काफाल काम गर्न मात्र पाउँदैन । यसपालि नेपाली काँग्रेस पार्टीको तर्फबाट उम्मेदवार लिएर जाँदै गर्दाखेरि पार्टीको नीति, नियमभन्दा बाहिर गयो भने पार्टीको विधान व्यवस्था छ, रिकलको व्यवस्था, पार्टीले मलाई फिर्ता बोलाउन सक्छ, त्यो कुरालाई उसले मानेर लेखेर लान्छ । कुनै आर्थिक अनियमिततामा मुछियो भने पार्टीले उसलाई हटाउँछ, त्यो कुरामा उसले लेखेर लान्छ । उसले टिकट लिने बेलामा के भन्छ भने, ‘मैले यदि जिम्मेवारी पाए भने म गभर्नेन्स इन्स्टिट्युटको माताहतमा रहेर काम गर्छु’ भन्ने कुरा उसले भनेर जान्छ ।’ उनले स्थानीय निर्वाचनको लागि पार्टीको निर्वाचन ब्युरोले देशभरका ७ सय ५३ स्थानीय तहमध्ये केही पालिकामा प्रारम्भिक सर्वेक्षण समेत गरेको जानकारी दिए। उपसभापति पुष्पा भुसालको नेतृत्वमा रहेको निर्वाचन ब्युरोले वैज्ञानिक विधि र तथ्यांकमा आधारित अध्ययन गरिरहेको उनको भनाई छ । सर्वेक्षणबाट कुन पालिकामा काँग्रेसको अवस्था कस्तो छ, कुन समुदाय र उमेर समूहमा पार्टीको प्रभाव कति छ तथा महिला उम्मेदवारको जित्ने सम्भावना कहाँ बढी छ भन्ने विषय पहिचान गरिएको उनले जानकारी दिए। निर्वाचन ब्युरोमा राजनीतिक नेतृत्वसँगै निर्वाचन, तथ्यांक, अनुसन्धान र अन्तर्राष्ट्रिय निर्वाचन अनुभव भएका विज्ञहरू संलग्न रहेको उनले बताए । उनले भने, ‘हाम्रो उपसभापति पुष्पा भुसालको नेतृत्वमा रहेको अब इलेक्सन ब्युरोले ७५३ पालिकामध्येको केही पालिकाहरूको एक पटक सरर सर्भे गरिसक्यो । त्यो सर्वे गरेको कुरा तलको पार्टीको साथीहरूलाई थाहा छैन । सर्भेको आफ्नै मेथोडोलोजीहरू छ । सर्भेको आफ्नै विज्ञान छ, त्यसलाई फलो गरेर उसले कुन ठाउँमा हाम्रो अवस्था के छ ? को साथी हाम्रो लागि उपयुक्त छ ? समुदायको कुरा छ, काहीँ उमेर समूहको कुरा छ, हामीले महिलाहरू उठाउने भनेर भन्यौँ । कहाँ हाम्रो महिलाको विनिबिलिटी बढी छ ? उठाउने कुरा मात्र होइन, जिताउने कुरा पनि त हो । कहाँ हाम्रो सम्भावना बढी छ, यो सबै इन्डिपेन्डेन्ट अलिकति अलिकति इन्डिपेन्डेन्ट नभनौँ तर थोरै स्वायत्तताको उपयोग गर्दै इलेक्सन ब्युरोले यसमा पनि पोलिटिकल साथीले लिड गर्नुभएको छ, केही पोलिटिकल साथीहरू हुनुहुन्छ, बाँकी सब प्रोफेसनल साथीहरू हुनुहुन्छ । यसमा विषयका विज्ञहरू हुनुहुन्छ, इलेक्सनमा काम गरेका साथीहरू हुनुहुन्छ, बाहिर विभिन्न देशमा इलेक्सनको अनुभव गरेर आएका, हैन, स्टाट्समा काम गरिरहेका साथीहरू, रिसर्चमा काम गरिरहेका साथीहरू, यी साथीहरूले यसमा मद्दत गरिराख्नुभएको छ, डेटामा काम गरिराख्नुभएको छ ।’ उनले आगामी स्थानीय निर्वाचनमा उम्मेदवार छनोट गर्दा पार्टीका क्रियाशील सदस्य र तल्लो तहका कमिटीलाई बढी अधिकार दिने पनि जानकारी दिए। उनका अनुसार सम्बन्धित पालिकाका क्रियाशील सदस्यले डिजिटल प्रणालीमार्फत आफूले मेयर वा अन्य पदमा देख्न चाहेको उम्मेदवार छनोट गर्न पाउनेछन् । सदस्यहरूले गरेको छनोटको विवरण पार्टीको केन्द्रीय डिजिटल प्रणालीमा पुग्नेछ । कसले कसलाई मत दियो भन्ने व्यक्तिगत विवरण भने गोप्य राखिने उनले जानकारी दिनुभयो । सदस्यहरूले गरेको छनोटपछि सम्बन्धित नगर कार्यसमितिले उम्मेदवारहरूको मूल्यांकन गर्ने र अन्तिम निर्णयका लागि पार्टीले तोकेको निकायले प्रक्रिया अघि बढाउने उहाँले जानकारी दिए । यसअघिको व्यवस्थामा वडा तहको टिकट क्षेत्र, पालिकाको टिकट जिल्ला र मेयरको टिकट प्रदेश तहबाट वितरण हुने अभ्यास अब नहुने उनको भनाई छ । उनले भने, ‘जुन तहको उम्मेदवार हो त्यो तहको उम्मेदवारलाई त्यहीका वडा, पालिकाको क्रियाशील सदस्यहरूले डिजिटल माध्यमबाट भोटिङ हुन्छ । ओपन गरेर गर्ने भोटिङ होइन, पार्टीको सेन्ट्रल सिस्टम छ, सेन्ट्रल सिस्टमबाट हुन्छ । त्यसका लागी एउटा निश्चित विधि अलि पछाडि बनाइन्छ, पार्टी सदस्यले कसलाई मेयर वा वडाध्यक्ष बनाउने भनेर छानेको कुरा पार्टीको सिस्टममा आउँछ । कसले कसलाई छान्यो भन्ने कुरा त्यहाँ थाहा हुँदैन । यसपालि पहिलाको जस्तो विधानमा वडाको टिकट क्षेत्रले बाँड्ने, पालिकाको टिकट जिल्लाले बाँड्ने, अनि मेयरको टिकट प्रदेशले बाँड्ने भन्ने छैन । यसपालि मूल अधिकार तलको पार्टीको सदस्यहरूसँग रहन्छ । यसको बारेमा कसरी गर्ने, के गर्ने, कहिले गर्ने भन्ने बारेमा फेरि अलि पछाडि केन्द्र समितिको बैठक बसेर हामीले स्थानीय निर्वाचन सम्बन्धी निर्देशिका बनाउँछौँ । कुन तहले कसरी गर्ने, कुन तहले टुङ्ग्याउने, तर पार्टीको तलको क्रियाशील सदस्यहरूको ठुलो अधिकार रहन्छ । पार्टीको तल्लो कमिटीहरूको ठुलो अधिकार रहन्छ ।’ स्थानीय निर्वाचनमा उम्मेदवार छनोटको विस्तृत प्रक्रियाका विषयमा पार्टीको केन्द्रिय समिति बैठकबाट स्थानीय निर्वाचनसम्बन्धी निर्देशिका तयार गरिने उनले जानकारी दिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
तत्कालै छैन प्रधानमन्त्रीको चीन भ्रमण तयारी
OthersJust now

तत्कालै छैन प्रधानमन्त्रीको चीन भ्रमण तयारी

प्रधानमन्त्री बालेन तत्काल बेइजिङ जाने कुनै कार्यसूची तय नभएको, त्यसपछि नेपालमा स्थानीय चुनाव आउने भएकाले भ्रमण सम्भव भएछ भने त्यसपछि मात्रै तयारी हुने सरकारी सूत्रले बताएको छ । ...

अनलाइन खबर
दशौँ राष्ट्रिय खेलकुदको सुरक्षामा दुई हजार सुरक्षाकर्मी परिचालन गरिने
OthersJust now

दशौँ राष्ट्रिय खेलकुदको सुरक्षामा दुई हजार सुरक्षाकर्मी परिचालन गरिने

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्न कर्णाली प्रदेशमा करिब दुई हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ । मंसिर १६ गते प्रधानमन्त्रीबाट हुने प्रतियोगिताको उद्घाटन समारोहदेखि खेल सञ्चालन अवधिभरको सुरक्षा व्यवस्थापनलाई केन्द्रमा राखेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतमा प्रदेश सुरक्षा समितिको बैठक बसेको छ । मुख्यमन्त्री मंगलबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकमा सामाजिक विकासमन्त्री जितबहादुर मल्ल, प्रदेश सरकारका प्रमुख ...

पर्दाफास
इसेवामा अब सन नेपाल लाइफको ‘स्क्यान एन्ड केयर’ बीमा योजना उपलब्ध, १ लाखसम्मको बीमा सुरक्षा
OthersJust now

इसेवामा अब सन नेपाल लाइफको ‘स्क्यान एन्ड केयर’ बीमा योजना उपलब्ध, १ लाखसम्मको बीमा सुरक्षा

काठमाडौं । नेपालको भुक्तानी सेवा प्रदायक इसेवा र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीचको सहकार्यमा ‘स्क्यान एन्ड केयर’ (Scan & Care) बीमा योजना अब इसेवामार्फत सजिलै किन्न सकिने भएको छ । सन नेपाल लाइफले इसेवासँगको सहकार्यमा आफ्नो ‘स्क्यान एन्ड केयर’ सेवालाई डिजिटल माध्यमबाट समेत उपलब्ध गराएको हो । डिजिटल माध्यमबाट सर्वसाधारणसम्म बीमा सेवाको पहुँच सहज […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement