बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

म्याग्दी। बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब रु. सात करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। पश्चिम म्याग्दीका मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने यस सडकका विभिन्न स्थानमा गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरो र म्याग्दी नदी कटानले ठूलो क्षति पुर्याएको हो। बेनीदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुनासम्मको सडकमा करिब २२ स्थानमा क्षति पुगेको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ। बाढीपहिरो र नदी कटानले सडकको सतह भासिनुका साथै ग्यावियन जाली, टेवा पर्खाल र कालोपत्र सडक बगाउँदा पूर्वाधारमा ठूलो क्षति पुगेको कार्यालयका इन्जिनियर मोहन रुवालीले जानकारी दिए। उनका अनुसार बेनीदेखि मंगला गाउँपालिका–२ पानाबगरसम्म १५ स्थानमा साना तथा ठूला पहिरो खसेर सडक संरचनामा क्षति पुगेको छ। नदी कटानका कारण दुई स्थानमा सडक भत्किएको छ। यस खण्डमा मात्रै सडक पूर्वाधारमा रु तीनदेखि चार करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ। मालिका गाउँपालिका–६ स्थित बलौटेमा म्याग्दी नदी कटानले करिब एक सय मिटर कालोपत्र सडक बगाएर क्षतविक्षत बनाएको छ। पानाबगरदेखि दरवाङसम्म चार स्थानमा पहिरो खसेर सडकमा क्षति पुगेको छ। त्यस्तै, दरवाङदेखि मुना खण्डको धारापानीमा करिब एक सय ५० मिटर ढलान गरिएको सडक भासिएको छ भने थापाचौरमा पहिरोले सडक संरचनामा क्षति पुर्याएको छ। सडकमा क्षति पुगेपछि बेनीदेखि मुना सम्मको सिधा यातायात प्रभावित भएको छ। बलौटेदेखि तोलाबाङसम्मको सडकमा ठूलो क्षति पुगेपछि मंगला र मालिका गाउँपालिकाको सिमानामा रहेको दुखुखोला पुलदेखि दुखुबेँसी हुँदै तोलाबाङ जोड्ने वैकल्पिक सडकबाट यातायात सञ्चालन गरिएको छ। साँघुरो, कच्ची र उचित ग्रेड नमिलेको वैकल्पिक सडकमा ठूला सवारीसाधन आवतजावत गर्न समस्या हुने गरेको छ। पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर राजेश उलकले बलौटेमा करिब एक सय मिटर सडक नदी कटानले डिलदेखि कुनासम्मै भत्किएकाले तत्काल नियमित सडक सञ्चालन गर्न कठिन भएको बताए। उनका अनुसार क्षतिग्रस्त सडकमा पैदलयात्रा गर्नसमेत जोखिम छ। सडकलाई पुनः सञ्चालनयोग्य बनाउन खोलाको किनारतर्फ पक्की पर्खाल निर्माण गरी सडक पुनर्निर्माण गर्नुपर्ने आवश्यकता छ। बेनी–पानाबगर खण्डको पुननिर्माणका लागि रु. चार करोड ६२ लाख ५६ हजार २० र पानाबगर–दरवाङ खण्डको बालौटे खण्डमा पुनःनिर्माणका लागि रु. दुई करोड २७ लाख ४३ हजार पाँच सय ९९ लागन अनुमान गरिएको कार्यालय प्रमुख उलकले बताए। बालौटेको सडक पुननिर्माणका लागि प्रदेश सरकारले रु. २५ लाख स्रोत सुनिश्चित गरेको र दसै लगत्तै काम शुरु गरिने उनले बताए। म्याग्दी १(ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीले बस्तीलाई असर नपर्ने गरी सडक पुनर्निर्माण गर्ने र आगामी वर्षायामअघि नदी नियन्त्रणको काम गर्नुपर्ने बताए। प्रदेशसभा सदस्य जुग्जालीले आवश्यक बजेट ब्यवस्था गरेर क्षतिग्रस्त सडक एक वर्षभित्र पुनर्निर्माण गर्न पहल भइरहेको बताए। अहिले पहिरो पन्छाएर बेनीदेखि दुखुखोला पुलसम्म र त्यहाँबाट वैकल्पिक सडक हुँदै तोलाबाङ, दरवाङ र मुना सम्म एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको कार्यालयले जनाएको छ। फापरखेत पहिरोको कारण शनिबार यता पखेर–बरंजाङ–सातबिसे–बाबियाचौर बैकल्पिक सडक सञ्चालन गरिएको छ। बेनीदेखि दरवाङसम्म २४ किलोमिटर दूरी रहेको सडकको १६ किलोमिटर चार सय मिटर खण्ड कालोपत्र भएको छ। मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि मुना सम्मको १८ किलोमिटर मध्य धारापानी–झिनडाडा खण्डको छ किलोमिटर बाहेक बाँकी निर्माणाधिन छ। मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्पसमेत मानिने बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन हुँदै पूर्वी रुकुम जोड्ने सडक पश्चिम म्याग्दीका बासिन्दाका लागि महत्वपूर्ण मार्ग हो। धवलागिरि गाउँपालिकाको केन्द्र मुनाबाट खोरिया, मरेनी, जलजला र गुर्जाघाट हुँदै ढोरपाटन उपत्यका जोड्ने सडकको मार्ग गत पुसमा खुलेको थियो।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

जोर्डनको चर्चमा अन्त्येष्टिका क्रममा गोली चल्दा ७ जनाको मृत्यु, दर्जनौँ घाइते
काठमाण्डु – जोर्डनको काराक क्षेत्रमा रहेको ग्रीक अर्थोडक्स चर्चमा अन्त्येष्टि भइरहेका बेला बन्दुकधारीहरूले गोली चलाउँदा कम्तीमा सात जनाको मृत्यु भएको छ। घटनामा दर्जनौँ घाइते भएका छन्। जोर्डनका अधिकारीहरूले घटनालाई चरमपन्थीसँग जोड्दै अनुसन्धान अघि बढाएका छन्। बीबीसीकाअनुसार, घटनापछि अस्पताल र चर्च आसपासको सुरक्षा व्यवस्था कडा पारिएको छ। आफन्त गुमाएका परिवारका सदस्यहरू शोकमा डुबेका छन्। अस्पताल परिसरमा […] ...

देव परियारले चरितार्थ गरे– खाने मुखलाई जुँगाले छेक्दैन
बुटवल । नेपाली समाजमा प्रचलित उखानमध्ये एक हो– खाने मुखलाई जुँगाले छेक्दैन । सुन्दा सामान्य लागे पनि यो उखान साहस तथा दृढ इच्छाशक्तिपछिको सफलताका सन्दर्भमा प्रयोग हुने एउटा विम्ब हो... ...

वेस्ट इन्डिजका ब्याट्सम्यान सेरफेन रदरफोर्ड सुदुरपश्चिम रोयल्समा अनुबन्धित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले वेस्ट इन्डिजका आक्रामक ब्याटर सेरफेन रदरफोर्डलाई टोलीमा अनुबन्ध गरेको छ । सुदूरपश्चिमले आज सामाजिक सञ्जालमार्फत आधिकारिक घोषणा गर्दै यसपटकको सिजनका लागि आफ्नो विदेशी खेलाडीको रूपमा रदरफोर्डलाई भित्र्याएको जानकारी दिएको हो । बायाँहाते मध्यक्रमका ब्याटर रदरफोर्ड टि–२० क्रिकेटमा आफ्नो निर्भीक र आक्रामक ब्याटिङ तथा उत्कृष्ट फिनिसिङ क्षमताका लागि परिचित छन् ...

लोमन्थाङमा फुलेको फापरले जनजीवन मनमोहक
हरिकृष्ण शर्मामुस्ताङ, कात्तिक ७ गते । उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ स्थित खेतबारीमा फुलेको फापरले जनजीवन मनमोहक बनाएको छ । मुस्ताङको रैथाने खाद्यबाली फापर समुन्द्री सतहको... ...


