Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

बेनीको खानेपानी आयोजना पुनःनिर्माण गर्न १३ करोडको ठेक्का

Share:WhatsAppFacebookX (Twitter)Telegram
बेनीको खानेपानी आयोजना पुनःनिर्माण गर्न १३ करोडको ठेक्का
Photo / Coverage: नेपालन्युज

म्याग्दी। हालैको भीषण बाढीबाट क्षतिग्रस्त बेनी खानेपानी आयोजनाको पूर्वाधार पुनःनिर्माण प्रक्रिया सुरु भएको छ। सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय, कास्कीले आगामी बर्खाअघि नै पुनःनिर्माण सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का आह्वान गरेको छ। बेनी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष रमेश गिरीका अनुसार अन्नपूर्ण गाउँपालिका–८ स्थित रिठाखर्क र डाँडाखर्कका मुहानबाट बेनी बजारमा पानी ल्याउने १४ किलोमिटर पाइपलाइन पुनःनिर्माणका लागि १३ करोड रुपैयाँको ठेक्का आह्वान गरिएको हो। बाढीका कारण असोज ११ गतेदेखि खानेपानी आपूर्ति अवरुद्ध भएको थियो। करिब डेढ महिनापछि अस्थायी पाइपलाइन मर्मत गरी कात्तिक २७ गतेदेखि पानी वितरण सुरु गरिएको अध्यक्ष गिरीले बताए। “कात्तिक ५ गते म्याग्दी आउनुभएका पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसमक्ष पुनःनिर्माणको प्रस्ताव राखेका थियौँ। उहाँको पहलपछि सम्बन्धित निकायले सर्वेक्षण र लागत अनुमान तयार गरी ठेक्का प्रक्रिया अघि बढाएको हो,” उनले भने। संस्थाले तत्कालीन योजनाका लागि १४ करोड ७० लाख रुपैयाँ र दीर्घकालीन योजनाका लागि ७० करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरेको थियो। सोही लागत अनुमानसहित संस्थाले खानेपानी तथा ढल व्यवस्थापन विभागमा प्रस्ताव पेस गरेको थियो। पहिलो चरणमा तत्काल आवश्यक पुनःनिर्माणका लागि ठेक्का आह्वान गरिएको हो। बेनी नगरपालिकाका वडा नं. २, ७ र ८ का एक हजार दुई सय घरपरिवारका करिब २५ हजार बासिन्दालाई प्रतिसेकेन्ड २० लिटर खानेपानी आवश्यक पर्ने संस्थाले जनाएको छ। रिठाखर्क र डाँडाखर्कका मुहानबाट प्रतिसेकेन्ड २२ देखि २५ लिटरसम्म पानी आपूर्ति हुँदै आएको थियो। बाढीले ती मुहानबाट पानी ल्याउने पाइपलाइनमा क्षति पुर्‍याएपछि आपूर्ति बन्द भएको थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
गरिमा विकास बैंकले पायो अन्तर्राष्ट्रिय स्तरको ‘सर्टिफिकेट अफ मेरिट’ सम्मान
Latest NewsJust now

गरिमा विकास बैंकले पायो अन्तर्राष्ट्रिय स्तरको ‘सर्टिफिकेट अफ मेरिट’ सम्मान

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले दक्षिण एसियाली स्तरमा प्रतिष्ठित ‘सर्टिफिकेट अफ मेरिट’ सम्मान प्राप्त गरेको छ। दक्षिण एसियाली लेखा व्यवसायीहरूको महासंघद्वारा आयोजित ‘साफा बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२५’ अन्तर्गत बैंकले वित्तीय सेवा क्षेत्र (वित्तीय सेवा क्षेत्र) विधामा उक्त सम्मान प्राप्त गरेको हो। नोभेम्बर २८ तारिखमा बंगलादेशको ढाकामा इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ बंगलादेशको आतिथ्यतामा आयोजित एक विशेष समारोहका बीच ...

कर्पोरट खबर
सरकार संवेदनशील नभएको भन्दै आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी
Latest NewsJust now

सरकार संवेदनशील नभएको भन्दै आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी

सरकारका सहमति कार्यान्वयनमा इमान्दार नदेखिएको भन्दै नेपाल शिक्षक महासंघले आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।  आइतबार महासंघका अध्यक्ष सुन्दर पन्त र महासचिव तुलाबहादुर थापाले संयुक्त प्रेस विज्ञप्ति जारी गरी यसअघि भएका सहमति सरकारले कार्यान्वयन नगरेको गुनासो गरेका छन्। सहमति कार्यान्वयनमा सरकार इमान्दार नबनेको उनीहरू आरोप छ।  ‘शिक्षक आन्दोलनपछि वा... ...

नेपालखबर
दक्षिण एशियामा लाखौँ महिला वैवाहिक बलात्कारको असुरक्षामा रहेको अध्ययनको निचोड
Latest NewsJust now

दक्षिण एशियामा लाखौँ महिला वैवाहिक बलात्कारको असुरक्षामा रहेको अध्ययनको निचोड

Getty Images दक्षिण एशियामा वैवाहिक बलात्कारसँग जुध्न अपर्याप्त कानुनका कारण लाखौँ महिलाहरू असुरक्षित छन् वैवाहिक बलात्कारलाई पूर्ण रूपमा अपराध मान्न विफल हुनाले दक्षिण एशियाका आठ वटा देशहरूमा लाखौँ महिला र युवतीहरूलाई असुरक्षित ...

बीबीसी नेपाली
केन्द्रीय कार्यसमितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व सुनिश्चित गरिएको छ : एनपी साउद
Latest NewsJust now

केन्द्रीय कार्यसमितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व सुनिश्चित गरिएको छ : एनपी साउद

काठमाडौँ । नेपाली कांग्रेसको देउवा समूहका नेता एनपी साउदले १५औँ महाधिवेशनमा विधान संशोधनमार्फत केन्द्रीय कार्यसमितिमा नेपाली जनसम्पर्क समितिको प्रतिनिधित्व सुनिश्चित गरिएको बताएका छन् । अस्ट्रेलियास्थित नेपाली जनसम्पर्क समितिको अधिवेशनलाई भर्चुअल माध्यमबाट... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement