Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

दक्षिण एशियामा लाखौँ महिला वैवाहिक बलात्कारको असुरक्षामा रहेको अध्ययनको निचोड

Share:WhatsAppFacebookX (Twitter)Telegram
दक्षिण एशियामा लाखौँ महिला वैवाहिक बलात्कारको असुरक्षामा रहेको अध्ययनको निचोड
Photo / Coverage: बीबीसी नेपाली

Getty Images दक्षिण एशियामा वैवाहिक बलात्कारसँग जुध्न अपर्याप्त कानुनका कारण लाखौँ महिलाहरू असुरक्षित छन् वैवाहिक बलात्कारलाई पूर्ण रूपमा अपराध मान्न विफल हुनाले दक्षिण एशियाका आठ वटा देशहरूमा लाखौँ महिला र युवतीहरूलाई असुरक्षित बनाएको एउटा नयाँ अध्ययनले देखाएको छ।जसमा ती देशहरूमा आफ्नो श्रीमान् (पार्टनर) ले गर्ने हिंसा विश्वव्यापी औसतभन्दा ३५ प्रतिशत बढी रहेको औँल्याइएको छ।एक सय भन्दा धेरै देशहरूले वैवाहिक बलात्कारलाई गैरकानुनी बनाएका छन् तर दक्षिण एशियाको ठूलो भूभाग ओगटेका भारत, अफगानिस्तान, श्रीलङ्का र बाङ्ग्लादेशसहित करिब तीन दर्जन देशहरूले त्यसो गरेका छैनन्।विवाहभित्रको बलात्कारलाई अन्य बलात्कारजस्तै सजाय पाउने दक्षिण एशियाली देशमा माल्दिभ्स पर्छ।नेपाल र भुटानले वैवाहिक बलात्कारलाई अपराध मानेका छन् तर सजाय कम मात्रै तोकिएको छ।महिला अधिकार समूहहरूको गठबन्धन 'समाज' ले यो अध्ययन गरेको हो। Getty Images तीन दर्जन देशहरूमध्ये भारत पनि पर्छ जहाँ वैवाहिक बलात्कार अझै पनि गैरकानुनी छैन विश्वव्यापी महिला अधिकार समूह 'समाज' मा संलग्न रहेको 'इक्वालिटी नाउ' की रञ्जिता सिलवाल दक्षिण एशियाका धेरैजसो वैवाहिक बलात्कार कानुनहरू ब्रिटिश उपनिवेशकालमा बनेको बताउँछिन्।भारत र बाङ्ग्लादेशमा सन् १८६० देखि श्रीलङ्कामा सन् १८८५ सम्मको कानुनले बलात्कारका अपवादहरू सूचीबद्ध गरेको छ जसमा पुरुषले आफ्नी वयस्क पत्नीसँग यौन सम्बन्ध राख्नु पनि उल्लेख छ।अभियानकर्मीहरू यो कानुन पुरानो भइसकेको र जबरजस्ती यौन सम्बन्ध राख्न खोज्नु बलात्कार भएको र त्यो अपराध हुने बताउँछन्।वैवाहिक यौन हिंसाले महिलालाई शारीरिक, मानसिक, भावनात्मक र उनीहरूको समग्र कुशलतामा समेत हानी पुर्‍याउने विज्ञहरूको धारणा छ।एक सय भन्दा बढी देशहरूले वैवाहिक बलात्कारलाई अपराध मानेका छन् जसमा यूके पनि पर्छ।यूकेले सन् १९९१ मा आफ्नो कानुन परिवर्तन गर्‍यो। तर भारत, श्रीलङ्का र बाङ्ग्लादेशमा अहिले पनि यसलाई अपराध मानिएको छैन। काठमाण्डूमा दुई सातामा दुई वैवाहिक बलात्कारका मुद्दा दर्ता, कसरी टुङ्गिन्छन्?भारतमा नयाँ 'वेबसिरिज'ले जन्मायो वैवाहिक बलात्कारबारे बहस पाकिस्तानले सन् २००६ मा वैवाहिक बलात्कारसम्बन्धी छुट हटाएको छ तर कुनै पनि माथिल्ला अदालतले बलात्कारसम्बन्धी कानुनहरू वैवाहिक सम्बन्धमा लागु हुन्छन् वा हुँदैनन् भन्नेबारे स्पष्ट पारेका छैनन्।हालै एउटा उच्च अदालतको फैसलाले पीडितलाई गैर सहमतिमा हुने यौन सम्बन्धका लागि व्यापक प्रतिरक्षा गरेको छ।अफगानिस्तानमा सन् २०२१ मा तालिबान सत्तामा फर्किएपछि उसले महिलाहरूको सुरक्षा क्रमशः खुम्चाउँदै लगेको छ। ज्यानुअरीमा लागु गरिएको नयाँ संहिताले अवस्था झन् खराब बनाएको सिलवाल बताउँछिन्।त्यसअनुसार पतिले पत्नीविरुद्ध गरिएको हिंसामा पुरुषमाथि अभियोजन त्यति बेला मात्रै गर्न सकिन्छ जब पत्नीको हड्डी भाँचिएको हुन्छ, देखिने गरी घाउ लागेको हुन्छ वा गम्भीर चोट पुगेको हुन्छ।त्यसरी मुद्दा लागेर दोषी भएपछि पनि जम्मा १५ दिनका लागि मात्रै जेल बस्नुपर्छ।उक्त संहितामा वैवाहिक बलात्कारबारे उल्लेख छैन भन्नेमा कुनै आश्चर्य छैन।तर दण्डनीय हिंसाको साँघुरो परिभाषाले प्रभावकारी रूपमा महिलाहरूलाई यसले सुरक्षा दिँदैन। AFP via Getty Images दक्षिण एशियाली देशहरूमा आफ्नो नजिकको पार्टनरबाट हुने हिंसा विश्वव्यापी औसतभन्दा धेरै छ "विवाहमा यौन सम्पर्कका लागि पहिल्यै सहमति भइसकेको विश्वासबाट यो धारणा आएको हो, अर्थात् विवाह त्यो बिन्दु हो जहाँ सहमतिको खाँचो रहिरहँदैन," सिलवालले बीबीसीसँग भनिन्।"यसले चेतनाको कमी दर्साउँछ, हामीले अझै पनि महिलालाई सम्पत्तिको रूपमा हेर्छौँ र हाम्रो मानसिकतामा अझै पनि गहिरो पितृसत्तात्मक छ भन्ने देखाउँछ।"यो क्षेत्रमा वैवाहिक बलात्कारबारे पुनः बहस चलिरहँदा यो अध्ययन प्रतिवेदन आएको छ।भारतमा प्रचलित कानुनलाई चुनौती दिने १० वटा निवेदनहरू सर्वोच्च अदालतमा विचाराधीन छन् जसको अन्तिम सुनुवाइ डिसेम्बर ९ तारिखमा सुरु हुनेछ।अदालतहरूले वर्षौँदेखि विरोधाभासपूर्ण निर्णयहरू गरेका छन्।केही न्यायाधीशहरूले कानुन पुरानो प्रकृतिको रहेको स्वीकार गर्दै वैवाहिक बलात्कारलाई अपराध बनाउन संसद्लाई आग्रह गरेका छन्।गत वर्ष आफ्नो श्रीमतीलाई निर्मम तरिकाले बलात्कार गरेर उनको मृत्यु भएको घटनामा अदालतले ती पुरुषलाई छोडिदिएपछि आक्रोश फैलिएको थियो।तर भारत सरकार, धार्मिक सङ्गठन र पुरुष अधिकार अभियानकर्मीहरूले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा विरोध गर्दै वैवाहिक बलात्कारलाई अपराधीकरण गर्दा "अत्यधिक रूपमा कठोर हुने" बताएका छन्। नेपाली महिलालाई खाडीमा बन्धक बनाएर 'बलात्कार र जबरजस्ती गर्भपतन'यसरी बन्दैछन् सामाजिक सञ्जाल ‘मानवतस्करीको माध्यम’ बाङ्ग्लादेशमा पनि अधिकारवादी समूहहरूले वैवाहिक बलात्कारको अपवादलाई चुनौती दिएका छन्।प्रतिवेदनअनुसार यसले जीवन, स्वतन्त्रता र यातना तथा क्रूर व्यवहारबाट सुरक्षा गर्ने संवैधानिक अधिकारहरू उल्लङ्घन गरेको उनीहरूको तर्क छ।"वैवाहिक बलात्कारलाई अपराध मान्न हुँदैन भनेर विरोध गर्नेहरूले यसले परिवारको एकता कमजोर पार्ने र विखण्डन निम्त्याउने बताउँछन्। र, हाम्रो देशहरूमा परिवार असाध्यै महत्त्वपूर्ण छ," सिलवालले भनिन्।"उनीहरू यसले हाम्रो धार्मिक र सांस्कृतिक मूल्यहरूमा असर पार्ने र पुरुषहरूविरुद्ध गलत आरोप लाग्ने डर रहेको ठान्छन्।"कानुनमा परिवर्तन गर्दैमा पीडितहरूले न्याय पाउँछन् भनेर सायद अर्थ्याउन नमिल्ने पनि उनी बताउँछिन्।भुटानमा वैवाहिक बलात्कार गर्नु आपराधिक कार्य भए पनि यसलाई सानो अपराधको रूपमा हेरिने र एक महिनादेखि एक वर्ष सजाय हुने गरेको उनले औँल्याइन्।नेपालमा बलात्कारमा दोषी पाइएकालाई ६ देखि २० वर्षसम्मको सजाय हुन्छ तर यदि श्रीमान्‌ले श्रीमतीलाई बलात्कार गरे पाँच वर्षसम्मको सजाय हुने व्यवस्था छ। 'सामाजिक कुरूपताको प्रतिविम्ब': मनोरोगी महिलामाथि सडकमै बलात्कार र अन्य हिंसानेपालमा नाबालिगको डिम्ब कारोबार : 'फिल्मी शैलीको अपराधको झझल्को' बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on बीबीसी नेपाली

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
गरिमा विकास बैंकले पायो अन्तर्राष्ट्रिय स्तरको ‘सर्टिफिकेट अफ मेरिट’ सम्मान
Latest NewsJust now

गरिमा विकास बैंकले पायो अन्तर्राष्ट्रिय स्तरको ‘सर्टिफिकेट अफ मेरिट’ सम्मान

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले दक्षिण एसियाली स्तरमा प्रतिष्ठित ‘सर्टिफिकेट अफ मेरिट’ सम्मान प्राप्त गरेको छ। दक्षिण एसियाली लेखा व्यवसायीहरूको महासंघद्वारा आयोजित ‘साफा बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२५’ अन्तर्गत बैंकले वित्तीय सेवा क्षेत्र (वित्तीय सेवा क्षेत्र) विधामा उक्त सम्मान प्राप्त गरेको हो। नोभेम्बर २८ तारिखमा बंगलादेशको ढाकामा इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ बंगलादेशको आतिथ्यतामा आयोजित एक विशेष समारोहका बीच ...

कर्पोरट खबर
सरकार संवेदनशील नभएको भन्दै आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी
Latest NewsJust now

सरकार संवेदनशील नभएको भन्दै आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी

सरकारका सहमति कार्यान्वयनमा इमान्दार नदेखिएको भन्दै नेपाल शिक्षक महासंघले आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।  आइतबार महासंघका अध्यक्ष सुन्दर पन्त र महासचिव तुलाबहादुर थापाले संयुक्त प्रेस विज्ञप्ति जारी गरी यसअघि भएका सहमति सरकारले कार्यान्वयन नगरेको गुनासो गरेका छन्। सहमति कार्यान्वयनमा सरकार इमान्दार नबनेको उनीहरू आरोप छ।  ‘शिक्षक आन्दोलनपछि वा... ...

नेपालखबर
केन्द्रीय कार्यसमितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व सुनिश्चित गरिएको छ : एनपी साउद
Latest NewsJust now

केन्द्रीय कार्यसमितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व सुनिश्चित गरिएको छ : एनपी साउद

काठमाडौँ । नेपाली कांग्रेसको देउवा समूहका नेता एनपी साउदले १५औँ महाधिवेशनमा विधान संशोधनमार्फत केन्द्रीय कार्यसमितिमा नेपाली जनसम्पर्क समितिको प्रतिनिधित्व सुनिश्चित गरिएको बताएका छन् । अस्ट्रेलियास्थित नेपाली जनसम्पर्क समितिको अधिवेशनलाई भर्चुअल माध्यमबाट... ...

रातोपाटी
चीनका ग्रामीण बस्तीमा एआई प्रतिभा केन्द्र
Latest NewsJust now

चीनका ग्रामीण बस्तीमा एआई प्रतिभा केन्द्र

चीन, मङ्सिर १३ गते । चीनका स्थानीय अधिकारीले कम जनसङ्ख्या भएका ग्रामीण बस्तीलाई कृत्रिम बौद्धिकता (एआई) प्रतिभा केन्द्रका रूपमा विकास गर्न थालेका छन् । सहरको व्यस्त जीवनबाट टाढा शा... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement