प्रहरी निरीक्षक भएको दाबी गर्दै मुद्दा नचलाई छुटाइदिने प्रलोभनमा दुई लाख रुपैयाँ मागेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग काँडाघारीबाट खटिएको टोलीले कागेश्वरी मनोहरा नगरपालिका-९, वीरेन्द्र चोकबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ओखलढुङ्गाका ३४ वर्षीय टेकराज श्रेष्ठ, रामेछापका २९ वर्षीय इन्द्रबहादुर भुजेल, पाल्पाका ३३ वर्षीय धिरज रानाभाट, सिन्धुपाल्चोकका २५ वर्षीय खेलबहादुर मगर र सिन्धुलीका ३० वर्षीय हर्कसिंह भोलन छन् । गत मङ्सिर १० गते प्रहरी प्रभाग काँडाघारीमा सोधपुछका लागि बोलाइएका एक व्यक्तिलाई भेट्न पुगेका उनका भाइसँग उनीहरूले दुई लाख रुपैयाँ मागेको प्रहरीले जनाएको छ । उनीहरूले होटेलको खर्चसमेत तिर्न लगाएको र रकम तिर्न अस्वीकार गरेपछि फोन तथा म्यासेजमार्फत विभिन्न धम्की दिई मानसिक तथा आर्थिक तनाव दिएको भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका पाँचै जनाविरुद्ध अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट चार दिनको म्याद थप अनुमति लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रहरी निरीक्षक हुँ भन्दै दुई लाख रुपैयाँ माग्ने पाँच जना पक्राउ

Read Complete Original Article
Published originally on पर्दाफास






