बुढानीलकण्ठमा बालेन र रविबिच चार विषयमा छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबिच बुधबार दिउँसो भेटघाट भएको छ। लामिछानेको निवास बुढानीलकण्ठमा दिउँसो उनीहरूबिच लामो छलफल भएको प्रधानमन्त्री शाह निकट स्रोतले नेपालखबरलाई जानकारी दिएको हो। सभापति लामिछानेसँगको छलफलमा प्रधानमन्त्री शाहले प्रमुख सल्लाहकार कुमार बेनलाई पनि साथमै राखेका थिए। स्रोतका अनुसार उनीहरूबिच मुख्यगरी चार विषयमा छलफल भएको थियो। सरकारको समीक्षा, संघीय निजामती सेवा सम्बन्धी अध्यादेश, सांसद खगेन्द्र सुनार प्रकरण, नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीका विषयमा छलफल भएको हो। प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच मन्त्रिमण्डल हेरफेरको विषयमा समेत कुराकानी भएको स्रोतले बतायो। सभापति लामिछानेले केही मन्त्री परिवर्तन गर्नुपर्ने प्रस्ताव प्रधानमन्त्री शाहसामु गरेका थिए। रविको प्रस्तावमा बालेन सकारात्मक नै देखिए पनि यो छलफलमा मन्त्रिपरिषद् पुनर्गठनबारे सहमति भइनसकेको स्रोतको भनाइ छ। बालेनले निजामती सेवासहित केही अध्यादेश ल्याउने विषयमा जानकारी गराएका थिए। सभापति लामिछानेले निजामती सेवा सम्बन्धी विधेयक संसदमा दर्ता भइसकेको अवस्थामा अध्यादेश ल्याउन नहुने धारणा राखेका थिए। सभापति लामिछानेले सांसद तथा पार्टीका केन्द्रीय सदस्य खगेन्द्र सुनारमाथि लागेको गम्भीर आरोपमाथि भइरहेको अनुशासन र आचरण सम्बन्धी छानबिनपछि कसरी जाने भन्ने विषय राखेका थिए। एक महिलामाथि ज्यान मार्ने धम्कीसहित अश्लील गालीगलौज गरेको अडियो बाहिरिएपछि रास्वपाले सांसद सुनारमाथि आन्तरिक छानबिन गरिरको छ। यता नेपाल प्रहरीका प्रमुख दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको टिमले हटाउन खोजेको चर्चाका विषयमा पनि उनीहरूबीच छलफल भएको थियो। केही व्यक्तिसँगको सम्पर्क–सम्बन्ध र सार्वजनिक रूपमा उठेका प्रश्नलाई आधार बनाएर प्रधानमन्त्री शाहको सचिवालयले आईजीपी कार्कीमाथि दबाब बढाएको छ। रास्वपाका नेताहरूका अनुसार सभापति लामिछाने आइजीपी कार्कीलाई हटाउन नहुने पक्षमा देखिन्छन्। पछिल्लो समय प्रधानमन्त्री शाह सभामुख डीपी अर्यालको भूमिकाप्रति पनि असन्तुष्ट रहेको उनीनिकट स्रोतले नेपालखबरलाई बतायो। प्रधानमन्त्री शाहले सरकारलाई संसद् र पार्टीबाट पर्याप्त सहयोग नभएको गुनासो गरेका थिए।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

नेपालबाट भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु बरामद
रौतहट । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाई गोरु बरामद गरिएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय प्रहरीले संयुक्त रूपमा ती गोरु बरामद गरेका... ...

‘अर्नब’ चक्रवात कमजोर भए पनि नेपालमा जोखिम कायमै
काठमाडौँ । छिमेकी मुलुक भारतमा सक्रिय चक्रवात ‘अर्नब’ का कारण नेपालको मौसममा बदली भई वर्षा र हिमपातको सम्भावना बढेको छ। मौसम पूर्वानुमान महाशाखाले मौसम प्रतिकूल बन्दै गएकाले आगामी दुई दिनसम्म धानबाली... ...

बैंकिङ प्रणालीबाट १ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप खिच्दै राष्ट्र बैंक
काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न १ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले बिहीबार आठ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम संकलन गर्न बोलकबोल आह्वान गरेको हो । बोलकबोलमा सहभागी हुन इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले तोकिएको समयभित्र अनलाइन बिडिङ प्रणालीमार्फत आवेदन पेस ...



