बीवाइडी सिगलको मूल्य पहिलेभन्दा सस्तियो

काठमाडौं । बीवाइडीले आफ्नो लोकप्रिय ह्याचब्याक सिगल (नेपालमा एटो १)को दोस्रो पुस्ता सार्वजनिक गरेको छ । कम्पनीले चिनियाँ बजारमा अपडेटेड एटो १ को बिक्री सुरू गरेको हो । कम्पनीले नयाँ सिगल विभिन्न ५ भेरियन्टमा उपलब्ध गराएको छ । जसको सुरूआती मूल्य ९ हजार ८०० अमेरिकी डलर रहेको छ । जुन मूल्य हाल बिक्री भइरहेको सिगलको तुलनामा ७०० डलर सस्तो हो । चीनमा २०२५ मोडलको सिगलको मूल्य १० हजार ५०० डलर रहेको छ । बीवाइडीले नयाँ एटो वान व्यापक अपडेट गरेर ल्याएको छ । नयाँ एटो वान ठूलो साइज, ठूलो मोटर, प्रिमियम क्याबिन, फ्ल्यास चार्जसहितको दोस्रो पुस्ताको ब्लेड ब्याट्री प्रविधि र वैकल्पिक लाइडार प्रणाली जस्ता धेरै फिचर थपिएका छन् । नयाँ एटो वानमा पुरानो ५५ किलोवाटको मोटरको सट्टा शक्तिशाली ९५ किलोवाटको ‘टीजेड १६४ एक्सवाईबी’ मोटर प्रयोग गरेको छ । जसले गर्दा गाडीको अधिकतम स्पीड १५० किमी प्रतिघण्टा पुगेको छ। नयाँ सिगलमा फिनड्रिम्सले बनाएको ३०.१ किलोवाट आवर र ३९.२ किलोवाट आवरको लिथियम आइरन फोस्फेट ब्याट्रीप्याक छ । यी ब्याट्रीले एकपटकको फुलचार्जमा क्रमश: ३२० किमीदेखि ४२० किमीसम्म सीएलटीसी रेन्ज दिने कम्पनीको दाबी छ । ३९.२ किलोवाट ठूलो ब्याट्री भएको ३ भेरियन्टमा फ्ल्यास चार्जिङ सुविधा छ । जसबाट यो कारलाई ५ मिनेटमै १० प्रतिशतबाट ७० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । बीवाइडीले नयाँ एटो वानको बाहिरी वनावट मरिन एस्थेटिक्स डिजाइन ल्यांग्वेजलाई निरन्तरता दिएको छ । जसमा कम उचाइको स्पोर्टी लुक र ट्रिडेन्ट पोजिसन लाइट डिजाइन समावेश छ । ग्राहकले विभिन्न ६ कलर अप्सन पाउने छन् । नयाँ सिगल पहिलोपटक रियर ह्वील ड्राइभट्रेनमा ल्याएको छ । यसमा मल्टि लिंक इन्डिपेन्डेन्ट रियर सस्पेन्सन र ४.९५ मिटरको टाइट टर्निङ रेडियस पनि रहेको छ । नयाँ सिगलको लम्बाइ ४२०५ एमएम, चौडाइ १८१० एमएम, उचाइ १५७० एमएम र ह्वीलबेस २६५० एमएम रहेको छ । यसको लम्बाइ पहिलाकोभन्दा ४२५ एमएम र ह्वीलबेस १५० एमएम धेरै हो । यसको अगाडि बोनेट मुनि ९४ लिटरको अतिरिक्त फ्रंक उपलब्ध छ। पछाडिका सिटहरू फोल्ड गर्दा कारको स्टोरेज क्षमता १,३८० लिटरसम्म पुग्छ । यसको क्याबिन पनि प्रियिमम र आकर्षक छ । क्याबिनमा परिष्कृत सामग्रीहरू र तीन वटा नयाँ रङ संयोजनहरू (शेल ह्वाइट, क्लियर स्काई पिंक र पोलर स्टार ग्रे)सहितको होरिजेन्टल लेआउट रहेको छ । यसमा डिपसिक एआईद्वारा संचालित १५.६ इन्चको डिस्प्लेमा आधारित डिलिंक १५० इन्टेलिजेन्ट ककपिट प्रणाली छ । नयाँ एटो वानमा कम्फर्ट सुविधाहरूलाई पनि अपग्रेड गरिएको छ । जसमा चालकको लागि ६ तरिकाले एडजस्ट गर्न मिल्ने सिट र अगाडि बस्ने यात्रीको लागि ४ तर्फबाट पावर एडजस्टेबल सिट, अगाडिका दुवै सिटमा हिटेड र भेन्टिलेटेड सुविधा, चालकका लागि मसाज सिट, ५० वाटको वायरलेस फोन चार्जिङ, १२७ रङको एम्बियन्ट लाइटिङ र ८ स्पीकर अडियो सिस्टम छ । नयाँ सिगलमा वैकल्पिक रुपमा लाइडार सुविधा उपलब्ध छ । यो प्रणाली बीवाइडीको डीपाइलट ३०० (गड्स आई बी) लेभल २ ड्राइभिङ एसिस्टेन्स प्रणाली (एडास)सँग सम्बन्धित छ। The post बीवाइडी सिगलको मूल्य पहिलेभन्दा सस्तियो appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

नेपालमा ३९७ हिउँचितुवा, बासस्थानमा चुनौती
काठमाडौं।दुलर्भ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३ अक्टोबरमा अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस मनाइन्छ। ‘उच्च हिमाली पारिस्थितिकीय प्रणालीको संरक्षक, हिमचितुवाको संरक्षण’ नाराका साथ यस वर्षको हिउँ चितुवा दिवस विश्वभर मनाइएको छ। नेपालसहित विश्वका १२ देशमा मात्र पाइने हिउँचितुवा स्वच्छ हिमाली पर्यावरणको सूचक मानिन्छ। हिउँचितुवा नेपाल, अफगानिस्तान, भूटान, चीन, काजकिस्तान, किर्गिस्तान, भारत, मङ्गोलिया, रसिया, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तानमा पाइन्छ। कृषि, वन तथा पर्यावरण ...

वर्षापछि अवरुद्ध बेँसीसहर-चामे सडक पुनः सञ्चालन
मनाङ । मनाङ मस्र्याङ्दी हाइड्रोपावर कम्पनीको सहयोगमा अविरल वर्षापछि अवरुद्ध बेँसीसहर–चामे सडक पुनः सञ्चालनमा आएको छ । हाइड्रोपावर कम्पनीले आवश्यक उपकरण, जनशक्ति, इन्धन तथा अन्य सामग्री परिचालन गरी छ दिनमै सो सडक खुलाएको हो । दुर्गम हिमाली जिल्ला मनाङमा गत असोजमा चार दिनसम्म लगातार परेको भारी वर्षाका कारण सो सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्नाका साथै बाढीले सडक कटान गरेको थियो । सडकखण्डको ...

प्रविधि, नैतिकता र मानवीय रूपान्तरणको यात्रा(अनुभूति)
आज म आफ्नै अन्तरात्माको कठघरामा उभिएर एउटा असहज प्रश्न गरिरहेको छु—मानिसले विकास गरेको हो कि विकासका नाममा मानिस स्वयं... ...

हानि–नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने
भोटेकोशी–त्रिशूली नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत, पुनर्मूल्याङ्कन, पुनःस्थापना र पुनर्निर्माणका लागि सो रकम उपयोग गरिनेछ। ...


